काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
सचिवहरूलाई प्रधानमन्त्री कार्कीको कडा निर्देशन : कामको गति बढाउनुस्, नतिजाले बोल्नुपर्छ
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणमा दृढतापूर्वक लाग्न स्पष्ट निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालयका सचिवहरूलाई सिंहदरबारमा बोलाई उनले विशेष रूपमा कार्यशैलीमा तीव्रता ल्याउन आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले मन्त्री नहुँदा काम रोकिएको जनगुनासो बढ्दै गएपछि सचिवहरूलाई अधिकार प्रत्यायोजन गरिएको बताइन्। आवश्यक परे थप अधिकार दिन आफू तयार रहेको उल्लेख गर्दै उनले सचिवलाई अरुको मुख नताकी जिम्मेवारी पूरा गर्न निर्देशन दिइन्।
कुलमानले भने- ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ अर्ब ८९ करोड ४६ लाख बजेट पारित
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ अर्ब ८९ करोड ४६ लाख बजेट पारित
सरकारले सात लाख विद्युतीय राहदानी किन्ने
सुरक्षा परिषद् बैठक : प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने
राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१)बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दे आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ । उक्त प्रतिवेदनलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए ।
सरकारविरूद्ध पोल लिएर राष्ट्रपतिकहाँ जेन-जीको समूह, सुशीला कार्की असफल भएको जिकिर
टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध हुँदैन : सञ्चारमन्त्री
यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने
सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : मन्त्री अर्याल
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा
सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।
राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो ।
अधिवक्ता प्रेम सिलवालले दायर गरेको सो मुद्दाको सुनुवाइ यही मङ्सिर ७ गते हुनेगरि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो ।
सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने
अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री कुलमान घिसिङलाई राजीनामाको दबाब बढेको छ।
पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर ५१ केन्द्रीय कमिटीसहितको पार्टी दर्ता गराएका उनीमाथि मन्त्री छाड्न दबाब बढेको हो ।

कुलमानले पार्टीमा अधिकांश नेताहरू डक्टर, इन्जिनियर र विभिन्न विषयका विज्ञहरू राखेका छन् । त्यस्तै उनले दोस्रो चरणमा अन्य व्यक्तिसहित केन्द्रीय कमिटी विस्तार गर्ने तयारी गरेका छन् ।
राजीनामा दिनुपर्ने मत
तर घिसिङले जतिसक्दो चाँडो अन्तरिम सरकारबाट राजीनामा दिएर पार्टी निर्माण अभियानमा लाग्नुपर्ने मत बलियो बन्दै गएको छ। शनिबार बौद्धको एक होटलमा बसेको केन्द्रीय कमिटी बैठकले कुलमानलाई जतिसक्दो चाँडो मन्त्रीबाट राजीनामा दिएर पार्टी जिम्मेवारी सम्हाल्न सुझाव दिएका छन्।
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिने
सिमराको तनाव घटाउन सशस्त्र प्रहरीको तालिम केन्द्रमा वार्ता (तस्बिरहरू)
आयोगले भन्यो- निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भए
राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी
नेशनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीका १२ हाउभाउ (तस्बिरहरू)
फेरि विद्रोह हुने भनेपछि प्रधानमन्त्रीलाई ओलीको जवाफ : अर्को विध्वंश मच्चाउने सपना देख्न छाड्नुस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार असफल भए देशमा झन् ठूलो विद्रोह हुने भनेर प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

एमालेको स्वयम्सेवी दस्ता नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधनका क्रममा ओलीले कार्कीको भनाइमा आपत्ति प्रकट गरेका हु्न् ।
दुई दिनअघि राजनीतिक दलका नेताहरूसँगको बैठकमा कार्कीले यो सरकार असफल भए देशमा झन् ठूलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्तिसहित ओलीले प्रतिप्रश्न गरेका हु्न् ।
‘देशमा थप विध्वंश मच्चाउने तपाईंको योजना हो कि सपना हो ?’ अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरे, ‘तपाईंको योजना हो भने त्यो पूरा हुन दिइदैँन । यदि सपना देखेको भए यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस ।’
अष्टलक्ष्मीको घोषणा : केपी ओलीलाई नेतृत्वबाट हटाउन ईश्वर कमरेडलाई साथ दिन्छौँ
माधव नेपाल, भीम रावलजस्तो नहोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ: केपी ओली
एमाले बैठक : ओलीको अडान ‘म नेतृत्व छोड्दिन, तर एक मन भएर एकताका साथ जाऊँ’
अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ
ओलीलाई बिदा हुनुस् भन्दै ईश्वर पोखरेलले भनेः अध्यक्षमा मेरो दाबी रहन्छ
एमाले बैठक : ओलीको अडान ‘म नेतृत्व छोड्दिन, तर एक मन भएर एकताका साथ जाऊँ’
जेन-जीले उठाएका मागहरू शान्ति सम्झौताको मूल मर्मसँग मिल्छन् : प्रचण्ड
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी
सर्वोच्चलाई ओलीको जवाफ : सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्स्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् । गत भदौ २३ र २४ गते जेन-जीका नाममा आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले यो अवस्थाको सृजनाकर्ता पनि उनीहरू नै भएको दाबी ओलीले गरेका छन् ।
अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ फर्काउँदै उक्त कुरा उल्लेख गरेका हुन्। प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रिमण्डलका सदस्यहरूले राज्य सत्ता कब्जा गर्ने दृश्य-अदृश्य कार्य गरेको कुरा घटनाक्रमले पुष्टि गरेको अध्यक्ष ओलीको जवाफमा उल्लेख छ ।

पूर्व महान्याधिवक्ता रमेश बडालले अध्यक्ष ओलीले बुधबार सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफअनुसार संविधानको पूर्ण बफादार रहन्छु भनेर शपथ खाएको एक घण्टा नबित्दै त्यसको उल्लंघन गर्दै कार्कीले संसद् विघटन गरेकोले यो पूर्णत असंवैधानिक भएको उल्लेख गरेका छन् ।
सिमरा फेरि अशान्त, विरोध प्रदर्शन गर्दै सडकमा युवा (तस्बिरहरू)
एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल
मधेशमा एमालेको छवि सुधार गर्न नयाँ जिम्मेवारीका साथ जानुपर्छ : सचिव भट्टराई
अहिले निर्वाचनमा ध्यान दिऔँ, महाधिवेशन पछि पनि गर्न सकिन्छ : विमलेन्द्र निधि
महेश बस्नेतले भने- एमाले आलोचना सहने भएपनि अवरोध सहँदैन
कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते
च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा
सिमरा तनाव : जेन-जीलाई कुटेको आरोपमा प्रहरीले समात्यो दुईजना वडाध्यक्ष
महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद
शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज
नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको छ। एमालेको कार्यक्रममा सहभागी हुन बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन(जीका नाममा तोडफो र प्रदर्शन गरेको हो ।
जेन-जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन-जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ ।

सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ । बस्नेत र पोखरेल सवार भएर सिमरा जान लागेको जहाज काठमाडौंमै रोकेर यात्रुलाई प्रतिक्षालयति लगिएको एकजना यात्रु राजक कुइँकेलले बताएका छन् ।
‘सिमरा विमानस्थलमा प्रदर्शन गरेको खबर आएको छ। त्यसपछि हामीलाई नउडाई विमानबाट उतारिएको छ’, कुइँकेलले भने, ‘अहिले हामीलाई बुद्धको
एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन : सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू
निष्पक्ष र चुस्तदुरुस्त ढङ्गबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई ओलीको निर्देशन
ओलीले सरकारलाई भने- बोल्दैमा कसैलाई थुन्न पाइँदैन, दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नू
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित
सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित
जेन[-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात
जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो राजनीतिक अभियानका सञ्चालनका लागि खोलेको कार्यालयमा आक्रमण भएको हो।

मिराजले भनेका छन्, ‘साँझ हाम्रो अभियानको कार्यालयमाथि आक्रमण भएको छ । हाम्रा साथी र महिला साथीमाथिसमेत हातपात भएको छ ।’
उनले यो के गर्न खोजेको हो भनेर सामाजिक सञ्जाल फेसबुकमा प्रश्नसमेत गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्याे
क्रान्तिकारीका महासचिवले छोडे संगठन, जोडिए जनार्दनको प्रगतिशील अभियानमा
कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ
दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत
काठमाडौं महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन
ट्रम्पको २८–बुँदे युक्रेन शान्ति योजना सार्वजनिक
युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८–बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुटहरू प्रदान गर्नुपर्ने प्रावधान रहेको छ । सो योजना अनुसार रुसलाई पुनः जी–८ मा फर्काइनेछ र विभिन्न प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाइनेछ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटका अनुसार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा विदेशमन्त्री मार्को रुबियोले लगभग एक महिनादेखि यस योजनामा ‘शान्त तर सक्रिय’ रूपमा कार्य गर्दै आएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूले ‘छुट्टै संवादमार्फत’ आगामी दिनमा ट्रम्पसँग योजनाबारे छलफल गर्ने अपेक्षा व्यक्त गरे ।
इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु
कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु
जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी
रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन लबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ। रूसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रयासलाई ओझेलमा पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ टर्कीमा हुने वार्तामा सहभागी नहुने भएका छन्। सन् २०२२ मा मस्कोले टेर्नोपिलमाथि हप्तौँसम्म आक्रमण गरेयता बुधबार भएको आक्रमण सबैभन्दा घातक र देशको पश्चिममा भएको सबैभन्दा ठूलो आक्रमण हो।

आक्रमणपछि दर्जनौं उद्धारकर्ताहरू भग्नावशेषमा खोजी गरिरहेका प्रत्यक्षदर्शी पत्रकार तथा स्थानीयले बताएका छन्। ध्वस्त भएको भवनमा पुग्न पत्रकारहरूसमेतले क्रेनको प्रयोग गरेका थिए। बिहान ७ बजे विस्फोटको आवाज सुनिएपछि बाक्लो खैरो धुवाँको मुस्लोले सडक ढाकिएको थियो।
अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन यमनलाई अमेरिकाको आग्रह
ट्रम्प र मेयर–निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने
चुनावअघि बंगलादेश प्रहरीद्वारा नयाँ वर्दी सार्वजनिक, जनविश्वास पुनर्निर्माणको प्रयास
नितिश कुमारले लिए बिहारको मुख्यमन्त्री पदको शपथ
पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु
अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ
अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त
पाकिस्तान र इराकको जेलबाट ५६० अफगानी कैदी जेलमुक्त
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित













प्रतिक्रिया