आजका समाचार : एमालेको शक्ति पहिलेकै अवस्थामा फर्किएको ओलीको दाबी, बजेटबारे प्रश्नै प्रश्न र अमेरिकाबारे पुटिनको कडा टिप्पणी | Khabarhub Khabarhub

आजका समाचार : एमालेको शक्ति पहिलेकै अवस्थामा फर्किएको ओलीको दाबी, बजेटबारे प्रश्नै प्रश्न र अमेरिकाबारे पुटिनको कडा टिप्पणी


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका छन् ।

सोमबार ललितपुरमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूलाई सिद्ध्याउँछौँ भनेर प्रतिक्रियावादीहरू लागे पनि सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका हुन् ।

उनले अझै पनि एमालेलाई घेराबन्दीमा पार्ने र भ्रमपूर्ण प्रचार हुने गरेकाले त्यसका विरुद्ध लाग्न युवा संगठनलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए । सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठन उभिन पनि उनले युवा संघलाई आग्रह गरे ।

अध्यागमनमा मापदण्डअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेट

राप्रपासँगै रास्वपाले पनि गर्‍यो सदन बहिस्कार
प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले विरोध जारी राखेका छन् । यी दुवै दलहरूले आजको बैठक बहिष्कार गरेका छन् ।

आजको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए । रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्‍याएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।

रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन्

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ

ऊर्जामन्त्रीले भने- आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्छौँ

२०३० सम्म ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी पुर्‍याउँछौँ : खानेपानीमन्त्री यादव

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

 इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन
 इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कडा निन्दा गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गत असार ७ गते इरानमा भएको आक्रमणलाई ‘फासिस्ट, क्रूर र नाङ्गो हस्तक्षेप’ को संज्ञा दिएका छन्।

अमेरिकाको उक्त कार्यले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र राष्ट्रहरूबीचको सम्बन्धका आधारभूत मापदण्ड उल्लंघन गरेको पनि खनालले बताएका छन्।

सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए

एक दिनपछि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 

‘सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन चाँडो ल्याउन पहल गर्छु’

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

म्याग्दीलाई हेपेको गुनासो गर्दै माओवादी सांसदले सभामुखकै अगाडि च्याते बजेट पुस्तिका

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरसभाको सत्रौँ अधिवेशनअन्तर्गत आज बसेको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८२(८३ का लागि बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने बताए। बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा रु ९५ करोड आय हुने अनुमान पेस गरेको छ ।

बुटवलको बजेटले आगामी आव २०८२(८३ मा शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ । बजेटमा कलेजमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई पढाइसँगै रोजगार सिर्जना गरौँ, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ । जसका लागि ५० लाख व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।

प्रदेश अस्पतालका लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर

बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू)

मनाङमा रैथाने बाली उत्पादन घट्दै

एकल महिलाको हितमा योजनाबद्ध काम गरेका छौँ : चिरीबाबु महर्जन

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालन

पिलर ठड्याएर पनि बनेनन् आकाशे पुल (तस्बिरहरू)

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका आक्रमणहरूलाई अवैध र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।

पुटिनले सोमबार इरानी विदेशमन्त्री अब्बास अराक्चीसँग क्रेमलिनमा भेटवार्ता गर्दै इजरायल र अमेरिकी कारबाहीहरू निराधार र अनुचित भएको बताएका हुन्।

इरानी मन्त्री अराक्ची मस्को आइपुगेपछि पुटिनसँग भेट गरेका थिए। उनले विशेषगरि अमेरिकी आक्रमणपछि उत्पन्न परिस्थितिमा यस भ्रमणको उद्देश्य रूससँग अझ नजिकको, स्पष्ट र गम्भीर परामर्श गर्नु रहेको बताएका थिए।

भेटवार्ताको क्रममा पुटिनले इरानमाथिको आक्रमणलाई उक्साहटबिना गरिएको आक्रामकताको संज्ञा दिँदै भने, ‘यस्ता कार्यहरूको कुनै पनि औचित्य हुन सक्दैन।’

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न चीनलाई अमेरिकाको आग्रह

इरानका विदेशमन्त्री रूसमा, राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण

इरानका छ विमानस्थलमा इजरायली आक्रमण

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

‘इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण’ 

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’
































प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ५३ बजे

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठकअघि प्रधानमन्त्री

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु