तराईमा खडेरी सङ्कट, सिंहदरबारमै थुप्रियो बजेट !
अन्न भण्डार तराईले मध्य मनसुनमा सुख्खा खडेरी भोगिरहँदा जलस्रोत तथा सिँचाइतर्फको बजेट भने सिंहदरबारले ओगटेको पाइएको छ ।
खडेरीबाट नागरिक र कृषि क्षेत्रलाई जोगाउन द्रूत कारबाही (र्यापिड एक्सन) मा जानुपर्ने प्रदेश र स्थानीय तहमा कनिका छरेर सरकारले जलस्रोत तथा सिँचाइ क्षेत्रतर्फ छुट्याएको बजेट सङ्घमै राखेको हो ।

जलस्रोत तथा सिँचाइ क्षेत्रका लागि सरकारले चालु आर्थिक वर्षका जम्मा ३७ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक विकास कार्यक्रममा यो तथ्य उल्लेख छ ।
यो बजेटमध्ये सङ्घले नै ३६ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ राखेको छ । प्रदेशमा एक अर्ब ३६ करोड आठ लाख र स्थानीय तहमा २३ करोड ३८ लाख रुपैयाँमात्रै पठाएको छ ।
चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन
बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन
प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन
विद्यालाई छेक्ने ओलीको अभियान, च्यासल बैठकले नपुगेर नेताहरूलाई बालुवाटारमै बोलाएर निर्देशन
शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता उनको सम्मानका लागि नवीकरण नगरिएको जिकिर गरेका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाती महासंघद्वारा काठमाडौंमा आयोजित जातीय घटक संघहरूको विस्तारित बैठकमा आइतबार सम्बोधनका क्रममा पोखरेलले यस्तो तर्क गरेका हुन् ।

महासचिव पोखरेलले नीति र विधिको छलफल हुने नवौँ केन्द्रीय कमिटी बैठकमा सञचार माध्यम र सामाजिक सञ्जालको हल्लका कारण पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयले अचानक प्रवेश पाएको बताए ।
पूर्वराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति पार्टी राजनीतिकमा आउन नहुने तर्क उनले गरे । ‘हल्लाकै भरमा चर्चामा आएको त्यही विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर निचोडमा पुर्याउनु पर्ने अवस्था आयो’, उनले भने, ‘नेपाली सेनाको सुरक्षामा रहने पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकीय भूमिकामा राखिरहनुपर्ने निचोडमा पार्टी रहेको थियो ।’
आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक : महासचिव पोखरेल
संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला
‘एआई’ भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : सभापति देउवा
निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुन्छ : मन्त्री न्यौपाने
भूमि ऐन संशोधन विधेयकमा जसपाको आपत्ति, दुवै सदनमा १० बुँदे संशोधन प्रस्ताव दर्ता
प्रचण्ड-नेपाल भेटवार्ता, सहकार्य तथा एकताको सम्भावनाबारे छलफल
बागमती प्रदेशमा कांग्रेसको झगडा मिलाउन खटिए राजेन्द्र केसी
कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन
थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)
मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको छ । मनसुन आएर पनि पानी नपरेपछि मधेशमा खेतीसमेत हुन सकेको छैन । कतिपय स्थानमा खानेपानीको चरम अभाव भएको छ ।

अहिले मधेश प्रदेशकै ठूलो वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा खानेपानीको चरम अभाव देखिएको छ । पालिकाको १९ नं वडा विन्ध्याबासिनी टोल, २४ नम्बर वडाको राम गडुवा टोलमा खानेपानीको चरम संक छ ।
उक्त क्षेत्रमा खानेपानीको अभाव टार्न नेपाली सेना, स्थानीय सरकार र खानेपानी संस्थानले पानी वितरण गरिरहेका छन् ।
नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरको २८ बाहिनीअन्तर्गत श्री श्रीजंग गणले दैनिक ती चरणमा पानी वितरण गरिरहेको छ । बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे ६ वटा दमकलमार्फत् दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।
सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी
मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने
लोडसेडिङको हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति
प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी
नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न थालेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म नेपाल प्रहरीबाट करिब २४ सयजना प्रहरीले राजीनामा दिएर अन्य पेशा अंगालेको विवरण नक्सालले नै आइतबार सार्वजनिक गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आर्थिक बर्ष २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म जवानदेखि अधिकृतसम्म २३ सय ६९ जनाले राजीनामा दिएका जनाएको छ ।
छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य
अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँ : वित्त आयोग
राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
नागरिक सहभागिता सुनिश्चित गरी कानुन बनाइरहेका छौँ : मन्त्री चौरसिया
जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान
कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत
रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’
नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवाद अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गर्ने तहसम्म पुगेको छ।

संरक्षक रेशम चौधरीले आइतबार दिउँसोका लागि डाकेको केन्द्रीय समिति बैठकबाट कारबाही गर्ने सूचना पाएसँगै विधानले दिएको अधिकार उपयोग गर्दै रञ्जिताले पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी हुन् ।
यसअघि नै नाउपाका बहुमत सदस्यहरूले रञ्जितालाई केन्द्रीय समिति बैठक डाक्न मागसहित २४ घण्टे अल्टिमेटम दिएका थिए । यदि बैठक डाकेर पछिल्लो समय उठेका विषयमा चित्त बुझ्दो जवाफ नदिएमा बहुमतले कारबाही गरेर हटाउने चेतावनी उनीहरूले दिएका थिए ।
रञ्जिताले दिइन् शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड
घण्टीघरमै पुगेर अमरेश सिंहले गरे रविको पक्षमा हस्ताक्षर
हितेन्द्रदेवको स्पष्टीकरण- चितवनमा लोडसेडिङ भएको होइन, सव-स्टेशन अपग्रेड हुँदैछ
युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप जारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ ।

लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सीमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा फसेका छन् । दुवै पक्षबीच झडप हुँदा कम्तीमा ३३ जनाको मृत्यु पुष्टि भएको छ र दुई लाखभन्दा बढी विस्थापित भएका छन् ।
शनिबार राति ढिलो ट्रम्पले दुवै प्रधानमन्त्रीसँग कुरा गरेपछि र उनीहरूले भेटेर युद्धविरामलाई ‘चाँडो समाधान’ गर्न सहमत भएको बताएपछि दुवैले लडाइँ अन्त्य गर्न वार्ता सुरु गर्न इच्छुक रहेको बताएका थिए ।
कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै
प्रतिबन्धित एमइके समूहसँग सम्बन्ध राखेको आरोपमा दुई इरानीलाई मृत्युदण्ड
अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास
रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु
भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने
मोदीद्वारा माल्दिभ्ससँग सम्बन्ध नवीकरण
अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो
हरिद्वारमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु
क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने
कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार
प्रतिक्रिया