समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी
फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाइरहेका छन् । आयोगका अनुसार सोमबार साँझसम्म ५५ वटा दलले धरौटी बुझाइसकेका छन् । अन्तिम समय मध्यराति १२ बजेसम्म आयोगभित्र प्रवेश गरेकालाई सेवा दिइने आयोगले जनाएको छ।
सोमबार कार्यालय समयमस्म निस्सा लिइसकेकाहरूलाई मंगलबार कार्यालय समय खुल्दासम्म सूची बुझाउन दिइने भएको छ।

नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) सहितले बन्द सूची बुझाइसकेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी, नेपालले पनि सूची बुझाएका छन् । नागरिक उन्मुम्ति नेपाल, जसपासहितले पनि सूची बुझाएका छन् ।
निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहित यी नेता उपेन्द्रको पार्टीमा फर्किँदै
एकताका नाममा फुट्यो अशोक राईको जसपा, अधिकांश मधेशवादी नेता उपेन्द्रतिर फर्किए
रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’
दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू)
जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण
वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल
हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ : उपेन्द्र यादव
प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण
समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए
फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय गुज्रिँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच वार्ता भइरहेको छ।
उक्त वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि सहभागी छन् । यो वार्ताका लागि आफूलाई जेन(जी अभियन्ता बताउने सुधन गुरूङसहित केही युवाहरूले कुलमानलाई लिएर गएका बताइएको छ ।

कुलमानलाई सुधनसहितका युवकले बौद्धको अन्तरा होटलमा जारी केन्द्रीय समिति बैठकबाट लिएर गएको बताइएको छ ।
समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समयअघि नै कुरा मिलाउन यी तीनजना छलफलमा बसेका हुन् । कुलमानको उज्यालो नेपालले समानुपातिकका ११० जनाकै सूची तयार गरिसकेको अवस्थामा फेरि त्रिपक्षीय वार्ता भएको हो ।
एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी साझा चिह्न जाँतोबाट चुनाव लड्ने
उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे
एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची
कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर
बालेनबारे राजेन्द्र महतो भन्छन् : जनताले मत दिए भने प्रधानमन्त्री बन्लान्
समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्
रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन
कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै
‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँ, कानुनले पनि त्यसो गर्न दिँदैन’
पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन् ।
उनले ६ पृष्ठ लामो बयान सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म करिब दुई घण्टा आयोगसमक्ष दिएका हुन् । गौरीबहादुर कार्की संयोजक रहेको आयोगमा बयान दिएपछि उनले कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् ।
आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, त्यसबेलाको सुरक्षा व्यवस्था, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षाबारे स्पष्ट पारेका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा आफूले सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको बताएका छन् ।
‘मन्त्रीले गोली चलाउनु वा दमन गर्नु भनेर आदेश दिन मिल्दैन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो,’ उनले बयानमा उल्लेख गरेका छन् । यस्तो आदेश दिने कानुनी प्रावधान नै नभएको पनि उनले स्पष्ट पारेका छन् ।
यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान
भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?
‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँ, कानुनले पनि त्यसो गर्न दिँदैन’
रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु
जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै
समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् ।
स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रमलाई आज उनी सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सहभागी हुने सबै दलबाट निर्वाचन आयोगमा सूची दर्ता भएसँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताएका हुन् ।

मन्त्री खरेलले आगामी फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए।
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
सरकारको एकीकृत वित्तीय विवरण पेस
सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा
बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला
नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्ने
सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं
घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र
घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ्ग’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।
अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीले जनाएको छ ।

घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भए पनि पहिलो चरणमा सौडीकुलादेखि गुर्जेखोलासम्मको काम सुरु गरेको कम्पनीका कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुङ्गानाले बताए। उनका अनुसार सो क्षेत्रमा सडकमा पर्ने विद्युत्का खम्बालाई व्यवस्थापन गर्नका लागि विद्युत् कार्यालयलाई अनुरोध गरिएको छ ।
रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप
जेन-जी आन्दोलन : साहाराविहीन भयो सहिद थापाको परिवार
सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस
रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने
वर्षाले क्षतिग्रस्त इलामका सडक मर्मत–पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सहमति
युक्रेन संकट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यक : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताएका छन् ।
फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।’

सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने अपेक्षा छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘यो परिस्थितिमा भर पर्छ । मलाई लाग्छ सम्झौताका लागि आधार तयार भएको छ,’ तर युक्रेन संकट समाधान गर्न निकै कठिन भएको पनि उनले स्वीकार गरे।
राष्ट्रपति जेलेन्स्कीले भेटमा २० बुँदे शान्ति योजनाको पछिल्लो मस्यौदा र समाधान प्रक्रियाको चरणबद्ध कार्यान्वयनबारे छलफल हुने बताए।
थाइल्यान्डद्वारा युद्धविराम उल्लङ्घनको आरोप
गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित
ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध
रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण
थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास
मेक्सिकोमा यात्रुवाहक रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते













प्रतिक्रिया