राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो
काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् ।

उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम सम्पन्न भएको बताएका छन् ।
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
स्वास्थ्यमन्त्री भन्छिन्- ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ
प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण
हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?
एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल
प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई लिएर तीन नेतालाई गुन्डु झिकाएका छन्।
उनले प्रदेश इन्चार्ज एवम् सचिव शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनेश्याम खतिवडा र मुख्यमन्त्री हिक्मत कार्कीलाई गुन्डुमा बोलाएका हुन्।

कोशी प्रदेशमा मुख्यमन्त्रीलाई लिएर किचलो बढेको छ। ओलीकै निर्देशनमा हिक्मतलाई हटाउन शेरधनले कम्मर कसेपछि तनाव भएको छ।
एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन
सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग
‘सरकार पासपोर्ट घरैमा पुर्याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री
अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?
सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि
निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)
पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दिवंगत सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा आयोजित कार्यक्रममा दिवंगत आरोहीहरूको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले उनीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए।
विश्वका १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल अत्यन्त छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जाको निधनले नेपाली पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन् ।
गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु
मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री
प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’
अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरो
गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग
स्पेनी अदालतको फैसलाले आप्रवासन सङ्कट बढाएको मोरक्कोको दाबी
समुद्री मार्गबाट स्पेन प्रवेश गर्ने आप्रवासीलाई तत्काल फिर्ता नगर्न स्पेनको सर्वोच्च अदालतले गरेको फैसलाले समस्या निम्त्याउने चेतावनी आफूले पहिले नै दिएको मोरक्कोले जनाएको छ ।

मोरक्कोका एक वरिष्ठ अधिकारीका अनुसार स्पेनी अदालतको उक्त फैसलापछि गत साता कम्तीमा ५० हजार मानिस (अधिकांश मोरक्कोका नागरिक) फनिडेक सहरबाट पैदल वा पौडी खेलेर स्पेनको स्वायत्त क्षेत्र सेउटामा प्रवेश गरेका थिए ।
यस अभूतपूर्व आगमनले उत्तर अफ्रिकास्थित स्पेनको सेउटामा ठूलो दबाब सिर्जना गरेको थियो । त्यसपछि हजारौँ आप्रवासी मोरक्को फर्किएका थिए ।
स्पेनको सर्वोच्च अदालतले जुलाई ८ मा समुद्री मार्गबाट आएका आप्रवासीलाई अन्य अवस्थाजस्तै तत्काल फिर्ता गर्न नहुने फैसला गरेको थियो । त्यसपछि म्याड्रिडले उक्त फैसलाबारे गलत सूचना फैलाएको आरोप आपराधिक तस्कर समूहमाथि लगाएको थियो ।
पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु
बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी












प्रतिक्रिया