आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी « Khabarhub

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन् ।

भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशको बहुआयामिक सम्बन्धलाई थप सृदृढ गर्न सरकार तत्पर रहेको बताएका हुन्।

नेपाल र भारतबीच खुला सीमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए।

मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी एस जयशङ्करसँग भएको भेटको सन्दर्भ उल्लेख गर्दै उनले सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए। मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राखे ।

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री 

रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल

क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन् । आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा उनले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको बताएका छन् ।

‘पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ’, सभापति लामिछाने भने

अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उनले महाधिवेशन प्रक्रिया पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताए । ‘यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ’, उनले लेखे । रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदैछन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् ।

पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सभापति लामिछानेले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार भएको बताए । लोकतान्त्रिक प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उनको भनाइ छ ।

रास्वपामा नातावाद र कृपावादलाई स्थान छैन : महामन्त्री बुर्लाकोटी

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य आवश्यक : सभामुख

दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै (तालिकासहित)

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग
पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्।

उनले प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिएका थिए। सो क्रममा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। मृतक भुजेल पूर्वमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का स्थानीय बासिन्दा भएको बताइएको छ।

प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीय कुमार थापा मगरले गए राति आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेका हुन्।

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान संकलन

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक स् सांसदहरू
प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन्।

विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सांसदहरूले वातावरण संरक्षणका लागि कानून र नीति निर्माण मात्र पर्याप्त नहुने, त्यसको प्रभावकारी कार्यान्वयन तथा व्यवहारिक परिवर्तन अपरिहार्य रहेको बताए।

दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपाल र गोल्डेन गेट कलेजद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सजिदा खातुन सिद्धिकीले नेपालमा वातावरण प्रदूषणको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि आवश्यक कानुन निर्माणमा सरकारलाई सचेत गराउने बताइन्।

उनले वातावरण प्रदूषण सबैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै नीति निर्माण तथा आवश्यक ऐन तर्जुमाका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

ट्राफिक कारबाहीमा एकैदिन करिब २१ लाख राजस्व सङ्कलन

सडक सञ्जालमा जोडियो अपि

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन् । एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताएका हुन् ।

उनले भने, “तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।” इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो ।

यसअघि, उनले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आएका थिए । इरानको सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ । दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको बताएको थियो ।

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

मध्यपूर्व तनाव चुलिँदै, अमेरिकाद्वारा इरानी रडार साइटमा आक्रमण 

कोलम्बियाको कोइला खानीमा विस्फोट, सात मजदुरको मृत्यु

ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

रूस–युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

अफ्रिकामा इबोलाको खतरा बढ्दो, कङ्गोमा २० हजार संक्रमित पुग्न सक्ने चेतावनी





























प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ७ : ५७ बजे

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका