आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला « Khabarhub

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोध)विधेयक, २०८३ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ ।

गृह प्रशासनलाई सुशासन र विकासको आधार बनाइने : गृहमन्त्री गुरुङ

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री लम्साल

मौद्रिक नीति : ब्याजदर र नीतिगत दरहरू यथावत्

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा अधिकांश नीतिगत दर, बैंकदर र स्थायी निक्षेप सुविधालाई यथावत राखेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विद्यमान आर्थिक परिदृश्यलाई मध्यनजर गर्दै नीतिगत दर, बैंक दर र स्थायी निक्षेप सुविधा दरलाई यथावत् राखेको हो । 

यसैगरी, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात  सम्बन्धी व्यवस्थालाई पनि निरन्तरता दिइएको छ । नीतिगत दरहरूलाई स्थिर राखेर बैंकले बजारमा ‘न्यून–लागत अर्थतन्त्र’ कायम गर्ने र निजी क्षेत्रको मनोबल उच्च राख्ने ‘लचिलो’ कार्यदिशा अवलम्बन गरेको छ ।

मौद्रिक नीतिले बैंकिङ क्षेत्रको नियामक ढाँचामा केही महत्त्वपूर्ण परिवर्तनहरू प्रस्ताव गरेको छ । कर्जा सुरक्षाका लागि व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्व हटाउने व्यवस्था गरिने भएको छ ।

चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाबाट वञ्चित हुने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गरिने र सार्वजनिक ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपातमा सहजीकरण गरिने र रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन र दबाबमा रहेका कर्जाहरूको पुनरुत्थानका लागि विशेष नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले वित्तीय लागत घटाउन र सेवाको गुणस्तर बढाउन डिजिटलाइजेसनलाई जोड दिएको छ । व्यक्तिगत क्रेडिट स्कोरिङमा आधारित पियर टु पियर लेनदेन सञ्चालन गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने नीतिमा उल्लेख छ ।

तरलता व्यवस्थापनका लागि वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने र भारतीय रूपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको ‘अङ्कुश’ का रूपमा यथावत् राखिएको छ ।

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडामा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गरे ।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

मनाङमा चामलको माग उच्च
जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलको बिक्री गरिएको छ।

जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत चामल, चिनी, दाल, खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रामाशंकर कुशवाहाले जानकारी दिए ।

तथ्यांकअनुसार २०८३ असार २१ गतेसम्म जनता बिक्रीअन्तर्गत स्टिम जिरा मसिनो चामल ४४२.७५ क्विन्टल बिक्री भएको छ ।

अन्नपूर्ण सोना मन्सुली चामल ३०३.५० क्वीन्टल, एफआर सोना मन्सुली चामल ११२ क्वीन्टल, एफआर स्टिम जिरा मसिनो चामल ८८.७५ क्विन्टल, लङ्ग ग्रेन चामल १३.८५ क्वीन्टल र बासमती चामल छ क्वीन्टल बिक्री भएको कुशवाहाले जानकारी दिए ।

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

ठमेलमा बढ्यो भारतीय पर्यटकको चहलपहल, पर्यटन व्यवसाय चलायमान

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो
विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक एलएनजी ९तरलीकृत प्राकृतिक ग्यास० बोकेको ट्याङ्करमाथि प्रहार भएको छ। ओमानको तट नजिक मङ्गलबार बिहान भएको आक्रमणपछि ट्याङ्करमा आगलागी भएको बेलायती सेनाले जनाएको छ।

बेलायतको युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्रनजिक दक्षिणतर्फ गइरहेको ट्याङ्करको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो। आगलागी भए पनि घटनाबाट वातावरणीय क्षति नभएको र सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।

पर्सियन खाडी र ओमानको खाडी जोड्ने हर्मुज जलघाँटी विश्वकै सबैभन्दा व्यस्त ऊर्जा व्यापारिक मार्गमध्ये एक हो। विश्वको करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँ हुने सुरक्षा घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्याङ्कर आक्रमणमा परेको जनाएको भए पनि आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। यसअघि इरानले स्वीकृत समुद्री मार्गबाहेक अन्य मार्ग प्रयोग गर्ने जहाजलाई चेतावनी दिँदै आएको थियो।

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

विवादित सेन्काकु टापुनजिक चिनियाँ जहाज प्रवेशपछि जापान–चीन तनाव चर्कियो

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर
























प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ७ : ५८ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन