आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, २३ सचिवको जिम्मेवारी हेरफेर, हर्कलाई कारबाही, लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन र फिलिपिन्समा ठूलो भूकम्प « Khabarhub

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, २३ सचिवको जिम्मेवारी हेरफेर, हर्कलाई कारबाही, लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन र फिलिपिन्समा ठूलो भूकम्प


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा भोलिसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

विपक्षी दलको अवरोधका कारण सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी जेठ २६ गते मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३)बमोजिम सभामुखले जेठ २६ गते मंगलबार बस्ने गरी समय निर्धारण गरेको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि सोमबार बसेको बैठकमा सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने विपक्षीको माग छ ।

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

ज्ञानेन्द्र शाहीले भने : अर्थमन्त्रीले राजद्रोह गरे, संसदीय समितिबाट छानबिन गरौँ

हर्कले भने : नेपालले भारतीय भूमि मिचेको प्रमाण प्रधानमन्त्रीले दिऊन्

रविले डाकेको सर्वदलीय बैठकमा विपक्षीले भने : प्रधानमन्त्रीले जवाफ दिए संसद् खुल्छ

प्रतिपक्षको सुझाव- संवैधानिक निकाय भत्काउने काम नहोस्

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री खोज्दै प्रतिनिधिसभामा विपक्षीको अवरोध (तस्बिरहरू)

प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छ : सभामुख यादव

मिलेन विपक्षीसँग रास्वपाको कुरा, रविले भने : प्रधानमन्त्री सदनमा आउनु हुन्‍न, परराष्ट्रमन्त्री र म बोलौँला

अर्थमन्त्री डा. वाग्लेमाथि बन्ला छानबिन समिति ?
आर्थिक विधेयकमाथि मनलाग्दी छेडखानी गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग उठेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदले सो माग गरेका हुन् ।

आगामी आर्थिक वर्ष ०८३-८४ को लागि बजेटसँगै अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक अर्थमन्त्रीले झण्डै आधा दर्जनपटक मनलाग्दी संशोधन गरेका छन् । उनले आर्थिक विधेयक संशोधनमा सुरु विधेयकको १७ पृष्ठ घटाउनेदेखि नयाँ व्यवस्था समेत थप गरेका छन् ।

सोही विषयलाई लिएर सोमबार प्रतिनिसभामा बोल्दै नेकपा एमालेकी सचिव तथा सांसद पदमाकुमारी अर्यालले आर्थिक विधेयकमा पृष्ठ परिवर्तदेखि करका दर हेरफेर गरिएको बताइन् । अर्यालले चिनियाँ सीमाबाट आउने गाडीमा पनि कर छली गरि घोटाला गरिएको भन्दै प्रश्न गरिन् ।

‘विधेयकमा १६ पृष्ठ गायब भयो, आज बजारमा चर्चा चलेको छ, त्यसैगरी करका दरहरू फेरबदल गरियो, चाइनको बिवाइडी गाडीको घोटाला त्यही ढंगले छताछुल्ल भएको छ, भन्सारलाई सेटिङ मिलाएर कागज मिलाएर घोटालाको खेल भएको छ’ उनले भनिन्, ‘गाडीको प्रकरणको कुरामा शंका मात्रै होइन स्पष्ट संकेत देखिएको छ, त्यहाँ घोटाला भएको छ हामीले ठोकेर भन्न सक्छौँ, संसदमा पेस भएको विधेयकलाई संसदमा एउटा अंक राख्ने मन्त्रालयमा अर्को अंक राख्ने यो के कामको निम्ति यस्ता व्यवहार गरिन्छ ?’

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी

सरकारले गर्‍यो २३ सचिवको जिम्मेवारी हेरफेर

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले

हुम्ला र बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न निर्देशन

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

हिरासतमै बित्न लाग्यो दीपक भट्ट र शुलभ अग्रवालको तीन महिना, फेरि थपियो म्याद
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालको हिरासत म्याद थप गरिएको छ। विशेष अदालतको प्रशासन शाखाका अनुसार दुवै प्रतिवादीको म्याद सोमबार थप गरिएको हो।

भट्टको हकमा आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक ३–३ दिनका लागि म्याद थप भएको हो। विशेष इजलासमा न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको उपस्थितिबाट यो आदेश भएको हो ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा उनीहरू लामो समयदेखि प्रहरी हिरासतमा रहेका छन्। व्यवसायी दीपक भट्टलाई चैत १८ गते ललितपुरबाट पक्राउ गरिएको थियो । शुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको हो।

अनुसन्धानमा संलग्न निकायका अनुसार दुवै जना सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धानको दायरामा छन्। हाल भट्टलाई प्रहरी वृत्त बौद्ध र अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

ट्राफिक प्रहरीको कारबाहीमा परे श्रमसंस्कृतिका अध्यक्ष हर्कराज राई, तिराइयो जरिवाना

दुई जनालाई डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ : गुरु बराल

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

एमालेमा अनेक हुन्छ : आफ्नै निर्देशनविपरीत अन्तिम समयमा ओलीको हस्तक्षेप, मन्त्रीको शपथ लिन तयार भएकाहरू जिल्लिए

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको लिएका छन् ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख घर्तीमगरले नवनियुक्त पाँच जना नवनियुक्त मन्त्रीलाई शपथ दिलाएका हुन् ।

शपथ लिनेमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्री र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर रहेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानबमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक जना नयाँ मन्त्री छन् ।

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

श्रमदानबाट मुस्याँडा खोलामा काठे पुल निर्माण

निजामती अस्पतालको सेवा भरतपुर अस्पतालबाट

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

विधानसम्मत नै इप्पानको अधिवेशन हुने, दुलालको भनाइ संस्था हित विपरित : अध्यक्ष कार्की

सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान

शिवपुरी राष्ट्रिय निकुञ्जस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

युद्ध चर्किँदै गर्दा ट्रम्प भन्छन् : इरान र इजरायल दुवै युद्धविराम चाहन्छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयपछि तनाव चुलिँदै गर्दा इजरायल र इरान दुवै तत्काल युद्धविरामको पक्षमा रहेको बताएका छन् ।

उनले सोमबार दुवै पक्षबीच शान्ति सम्झौताका लागि अन्तिम चरणको वार्ता चलिरहेको पनि बताएका छन् ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्ममा लेखेका छन्, ‘इजरायल र इरान दुवै तुरुन्त युद्धविराम चाहन्छन्। शान्तिका लागि अन्तिम वार्ता अघि बढिरहेको छ, यसमा बेवकूफीले बाधा नगरोस्।’

उनले अन्तिम सम्झौता नभएसम्म इरानमाथि लगाइएको नाकाबन्दी पूर्ण शक्तिका साथ जारी रहने पनि बताएका छन्।

ट्रम्पले वार्ता छिटो गतिमा अघि बढिरहेको बताउँदै छिट्टै नतिजा आउन सक्ने उल्लेख गरे। उनले दुवै पक्षले द्वन्द्व समाप्त गर्ने दिशामा कदम चाल्ने विश्वास लिएका छन् ।

इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना

पश्चिम बङ्गालबाट ५ हजार बङ्गलादेशी फिर्ता

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी







प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ७ : ५५ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न