आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार « Khabarhub

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो ।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई आज पदमुक्त गरेका थिए ।

योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेका छन् ।

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

श्रीमतीको नियुक्तिले चौध दिनमै जाने भयो साहको मन्त्री पद, रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : जिम्मेवारीबाट हटाइदिनू

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने
प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद् सचिवालय परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाही निराश देखिए ।

पटक पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर उपसभामुखमा समर्थन जुट्ने कुराले ढुक्क उनी अन्तिम समयमा जिल्लिन पुगे।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि यसअघि उपसभामुखमा खुश्बु ओलीको चर्चा थियो । तर राप्रपाले अन्तिम समयमा नेता बुद्धिमान तामाङकी पत्नी सरस्वती लामालाई अघि सार्‍यो । तर मुस्किल कस्तो भयो भने राप्रपाले अन्य कुनै पनि दलको साथ पाउन सकेन ।

रविसँग भेटेरै पनि संवाद गरेका उनी उपसभामुख पद मिल्नेमा आफू ढुक्क थिए । बिहीबार पनि उपसभामुखमा समर्थन रहेको बताउँदै रविले फोन गरेपछि मात्रै सांसद लामाले उम्मेदवारी दिएको उनले जिकिर गरे ।

उपसभामुखमा श्रमसंस्कृतिकी रुबीलाई रास्वपापछि नेकपाको पनि समर्थन

रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी

उपसभामुख पदका लागि रुबीको उम्मेदवारी दर्ता

राप्रपाकी सरस्वतीद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता

रुबीकुमारी भन्छिन् : मलाई यति माथिसम्म पुर्‍याइदिनु भयो, हर्क साम्पाङलाई भगवान् नै मान्छु

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली
नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो ।

उनीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमै छन् । उनलाई पनि हाजिर जमानतमा छाड्ने तयारी भएको छ।

ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव
ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरेर दाजुभाइको ज्यान लिएको घटनाको अनुसन्धान अघि बढेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार ललितपुर महानगरपालिका-९ भूलढोकाका सञ्जीव नेपाली र नवलपरासी (गैँडाकोट) का गगन सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार ‘रङ नम्बर’मा डायल भएर सुरू भएको फोन संवादपछि विवाद चर्किएको थियो।

यो विवादमा नेपालीले झापाको कमल गाउँपालिका–६ घर भई ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान लिएका छन् ।

दाजुभाइले डायल गरेको फोन गलत नम्बर परेर सञ्जीव नेपालीको मोबाइलमा पुगेपछि भनाभन सुरू भएको थियो । त्यहीकारण उनीहरूबीचको झगडा ज्यान लिने क्रुर घटनासम्म परिणत भएको खुलेको छ।

रङ नम्बरमा डायल भएपछि उठेको फोनमै चुनौती दिएपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाएको खुलेको छ।

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

दैनिक ४० हजार लाइसेन्स छपाइ

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

मध्यपूर्व युद्ध : तनाव, वार्ता र अनिश्चितता

अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन । लेबनानमा तीव्र आक्रमण, इजरायल–हिजबुल्लाहबीच प्रतिकारात्मक कारबाही, तथा कूटनीतिक पहलहरू एकसाथ अघि बढिरहेका छन्, जसले क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको स्पष्ट संकेत दिएको छ ।

इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले बिहीबार इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ । उसले यस कदमलाई अमेरिका–इरान युद्धविरामको ‘उल्लङ्घन’ विरुद्धको प्रतिक्रिया भनेको छ । एक दिनअघि मात्र लेबनानभरि भइरहेको इजरायली आक्रमणको घातक शृङ्खलाप्रति प्रतिक्रिया दिने ‘अधिकार’ रहेको उसले सार्वजनिक रूपमा बताएको थियो ।

यसैबीच, इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होरमुज जलडमरूमध्य क्षेत्रमा समुद्री जोखिम बढेको भन्दै जहाजहरूका लागि वैकल्पिक समुद्री मार्ग घोषणा गरेको छ । सो मार्गमार्फत आवतजावतका लागि नयाँ निर्देशिका समेत सार्वजनिक गरिएको छ, जसले क्षेत्रीय व्यापार र ऊर्जा आपूर्तिमा असर पार्ने संकेत देखाएको छ ।

लेबनानमा भएको आक्रमणप्रति अन्तर्राष्ट्रिय रेड क्रस समितिले तीव्र आक्रोश व्यक्त गरेको छ । लेबनानस्थित प्रतिनिधिमण्डल प्रमुख एग्नेस धुरले नागरिकहरू युद्धविरामको प्रतीक्षामा रहेका बेला भएको ‘विनाशकारी आक्रमण’ ले देशलाई त्रास र अराजकतामा धकेलेको बताए।

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

क्लस्टर वारहेडसहित उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

फ्रान्समा चार आप्रवासीको मृत्यु

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

















प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ७ : ५९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान