आजका समाचार : वालेन्द्र र सरकारलाई रविको चेतावनी, लुम्बिनीमा तीन दलको सहमति, कोशीमा कांग्रेसका ५ मन्त्रीले दिए राजीनामा र रूस-युक्रेन युद्ध झन् बढ्यो  « Khabarhub

आजका समाचार : वालेन्द्र र सरकारलाई रविको चेतावनी, लुम्बिनीमा तीन दलको सहमति, कोशीमा कांग्रेसका ५ मन्त्रीले दिए राजीनामा र रूस-युक्रेन युद्ध झन् बढ्यो 


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले फागुन २१ को निर्वाचनबाट पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके फेरि ‘भदौ २३’ जस्तो परिस्थिति आउन सक्ने संकेत गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले मंगलबार काठमाडौंस्थित पर्यटन बोर्डको हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्व र राजनीतिक सहभागितामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन आफूहरूले परिणाम देखाउनुपर्ने बताए।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई स्मरण गर्दै राजनीतिक परिस्थिति रातारात बदलिन सक्ने चेतावनी पनि दिएका छन् ।

 भदौ २३ र २४ को आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार नराम्रोसँग पल्टिएको थियो। त्यसबेला नेताहरू हेलिकप्टरमा भाग्नुपरेको थियो भने राष्ट्रियस्तरमा इतिहासकै ठूलो विध्वंश मच्चाइएको थियो ।

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि १५–२० वर्षलाई जग खन्दै छ : रवि

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष
नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ ।

झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर पुगेका थिए । त्यसपछि चैत ७ मा उनी सिंगापुरबाट हङकङ पुगेर त्यहीँ बसेका थिए

इतर समूहले साउन २९ गते राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् ।

कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्नेछन् । उनी थाई एयरको उडानमार्फत स्वदेश फर्किन लागेका हुन् ।

जेन(जी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका देउवा उपचारका लागि गत फागुन १३ गते राति सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए ।

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै बागमतीमा एमाले दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ
राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘एक्स्प्रेस गाडी’सँग तुलना गर्दै चालक अनुभवी र स्वस्थ नभए तीव्र गतिले दुर्घटना निम्त्याउन सक्ने टिप्पणी गरेका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै आले मगरले अहिले ‘एक्स्प्रेस गाडी’को चर्चा भइरहेको भन्दै सरकार तीव्र गतिमा अघि बढे पनि त्यसको चालक कस्तो छ भन्ने मुख्य प्रश्न रहेको बताए।

‘एक्स्प्रेस गाडी गुडिरहेको होला, उसकै गतिमा। ट्राफिक नियममा एउटा नारा पनि छ, विस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न,’ उनले भने, ‘छिटो गए दुर्घटना हुन सक्छ, पुगिन्छ कि पुगिन्न ठेगान हुँदैन।’

चालक राम्रो भए एक्स्प्रेस गाडी ठीक हुने भए पनि चालकले गाँजा, भाङ र धतुरो खाएको अवस्थामा गाडी कहाँ ठोक्किन्छ र कसलाई कुल्चिन्छ भन्ने निश्चित नहुने उनले बताए। ‘लोकल गाडीभन्दा एक्स्प्रेस गाडी राम्रो हुन्छ, तर ड्राइभरले मापसे गरेको रहेछ भने के होला रु’ उनले प्रश्न गरे।

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै नेपाल कम्युनिष्ट पार्टी (मसाल) पनि मिसिएको छ। बुधबार तीन दलबीच लुम्बिनी प्रदेश सरकार गठनसहित राष्ट्रिय राजनीतिक विषयमा सहकार्य गर्ने सहमति भएको हो ।

तीन दलका शीर्ष नेताले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र त्यस प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख गरिएको छ। त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने सहमति गरिएको छ।


बुधबार तीन दलबीच भएको छलफलपछि दुई बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।

यो सहमतिबाट लुम्बिनी प्रदेश सरकार गठनमा तीन दलबीच सहकार्यको आधार तयार गरेको छ। सहमतिअनुसार लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले निरन्तरता पाउनेछ।

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा खतरा रहेकाले आफ्नो विमान परिवर्तन गर्नुपरेको स्वीकार गरेका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफू टर्कीमा आयोजित नेटो सम्मेलनमा सहभागी हुन गएको विमानमा आक्रमणको जोखिम सबैभन्दा बढी रहेको बताएका हुन्।

सुरक्षा निकायको सुझावअनुसार आफूलाई विमानस्थलमा सामान तथा खाना ओसार्ने क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि उनले स्वीकारेका छन् ।

‘यदि कुनै आक्रमण भएको भए त्यही विमानलाई निशाना बनाइन्थ्यो। म सुरक्षा निकायले भनेअनुसार गर्छु। मलाई निरन्तर धम्की आइरहन्छ,’ ट्रम्पले भने।

यसअघि ‘द वाशिङ्टन पोस्ट’ले ८ जुलाईमा अंकाराबाट प्रस्थान गर्दा ट्रम्प क्यामेराको अगाडि बोइङ ७४७ -८ ‘एयर फोर्स वन’ मा चढेको दाबी गरेको थियो। उक्त विमान कतारले अमेरिकालाई उपहार दिएको थियो।

लाल सागरमा हुथी आक्रमण : यमनी मालवाहक जहाजमा ६ जनाको मृत्यु

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

अमेरिकी हेलिकप्टरले होर्मुजमा कार्गो जहाजमाथि मिसाइल प्रहार गरेको दाबी

भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी
















प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : ५९ बजे

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक

सेती पुल निर्माणले गति लियो

गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’