आजका समाचार : किशोरीको उम्मेदवारी खारेज नगर्न आदेश, ग्यास अभावले उपभोक्तालाई तनाव, इनिसालाई न्याय माग्दै प्रदर्शन र पश्चिम एसियामा युद्ध चर्किँदै « Khabarhub

आजका समाचार : किशोरीको उम्मेदवारी खारेज नगर्न आदेश, ग्यास अभावले उपभोक्तालाई तनाव, इनिसालाई न्याय माग्दै प्रदर्शन र पश्चिम एसियामा युद्ध चर्किँदै


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा भएको मन्त्रालयको सङ्ख्या घटाएर विज्ञ मन्त्री नियुक्त गर्ने विषय उल्लेख गरेको छ ।

फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा एक्लैले झण्डै दुई तिहाइ मत प्राप्त गरेपछि अब सो विषय कसरी कार्यान्वयन होला भन्ने कुराको चासो धेरैले राखेका छन् । रास्वपाले आफ्नो घोषणापत्रलाई कसरी कार्यान्वयन गर्ला त ?

रास्वापाले आफ्नो चुनावी बाचापत्रको १७ नम्बर बुँदामा ‘संघीय मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्दै ‘विज्ञ मन्त्री’ र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित’ गर्ने उल्लेख गरेको छ । बाचापत्रमा स्पष्ट रूपमा गैर सांसदलाई मन्त्री बनाउने भने भनिएको छैन ।

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच आर्थिक विषयमा छलफल

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजार व्यवस्थापनका लागि आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरिएको हो।

पछिल्लो दुई महिनादेखि नेपालि बजारमा ग्यासको अभाव देखिएको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दो युद्धको प्रभाव नेपालमा पनि देखिएको हो ।

निगमले इण्डियन आयल निगमबाट ग्यास खरिद गरी नेपालमा बिक्री गर्दै आएको छ।

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

निर्वाचन प्रहरीको सम्मान पत्रसहित बिदाइ (तस्बिरहरू)

रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारबाट हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न कारण देखाऊसहित अन्तरिम आदेश दिएको हो ।

साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेको थियो । त्यहीकारण उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । साहले गत फागुन १९ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनको नाम उम्मेदवारको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

उत्पीडित जेन-जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपाल लगायतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानबिनका साथै उक्त घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले इनिशा बिकको हत्यारालाई कारबाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृ सत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरूले सबै बलात्कारका घटनाहरूको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन् ।

इनिसाको न्यायका लागि बोले कलाकार

प्रतिकूल मौसमले रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

रातो मच्छिन्द्रनाथ रथ निर्माणको काम अन्तिम चरणमा

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार भएको छ । जर्मन जहाज कम्पनी ‘ह्यापाग-ल्योड’ का अनुसार ‘सोर्स ब्लेसिङ’ नामक कन्टेनर जहाज रणनीतिक रूपमा महत्वपूर्ण मानिने उक्त जलमार्ग नजिकै यात्रा गरिरहेको आक्रमण भएको हो ।

कम्पनीले जनाए अनुसार जहाजमा प्रत्यक्ष प्रहार नभए पनि क्षेप्यास्त्रका अवशेषहरू खस्दा जहाजमा आगलागी भएको थियो ।

विश्वको ठूलो कन्टेनर जहाज कम्पनीमध्येको एक ह्यापाग-ल्योडले हाल उक्त आगलागी नियन्त्रणमा आइसकेको र चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको जनाएको छ ।

ऊर्जा सुरक्षामा चीनको कडाइ

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

रुस–अमेरिका वार्ता ‘फलदायी’

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

फारसको खाडीमा आक्रमणकारीको रगत बग्नेछ : इरानी सभामुख कलिबाफ

इराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधारमा हमला

मध्यपूर्व युद्धको प्रभाव : भारतीय रेस्टुरेन्टमा ग्यास संकट

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

ऊर्जा सुरक्षामा चीनको कडाइ























प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ७ : ५७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी