आजका समाचार : धमाधम ढल्ने दिशामा प्रदेश सरकार, कांग्रेस नेकपा नजिकिँदै, राजेन्द्रसँग बालेनको अर्थपूर्ण भेट र हर्मुजमा अमेरिकी आक्रमण तीव्र « Khabarhub

आजका समाचार : धमाधम ढल्ने दिशामा प्रदेश सरकार, कांग्रेस नेकपा नजिकिँदै, राजेन्द्रसँग बालेनको अर्थपूर्ण भेट र हर्मुजमा अमेरिकी आक्रमण तीव्र


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

सुशीलाले खारेज गरेको सुविधा बालेनले फर्काए, सांसदले अब स्वकीय सचिव राख्न पाउने

वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था फेरि फर्काएको छ। यससँगै तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गरेको सुविधा फेरि फर्किएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै सांसदलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संघीय सांसदहरूले पुनःस्वकीय सचिव राख्न पाउने जानकारी दिइन्। यसअघि २०८२ असोज ५ गते तत्कालीन अन्तरिम सरकारले सांसदको स्वकीय सचिवसम्बन्धी सुविधा खारेज गरेको थियो।

त्यसबेला जनदबाब र जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौतीका उपायस्वरूप उक्त सुविधा हटाएको थियो।

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

श्रम ऐन संशोधनबारे निजी क्षेत्रसँग छलफल, मन्त्रीले भनेऔतपाईँहरू विना सरकार चल्न सक्दैन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

बिहीबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम ऐन संशोधन, सीप विकास तालिम र रोजगारीका अवसरहरू सुधार गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ लगायतसँग छलफल गरेका हुन् ।

उनले देशमा ८० प्रतिशत भन्दा बढी रोजगारी सिर्जना र जिडिपीमा ठूलो योगदान निजी क्षेत्रकै भएकाले निजी क्षेत्र बिना सरकार चल्न नसक्ने बताए । ऐनलाई सबैको अपनत्व हुने गरी व्यापक छलफल गरेर ३५ दिनभित्र एउटा मूर्त रूप दिने उनको भनाइ छ ।

उनले मागमा आधारित तालिम र रोजगारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । मन्त्रालयले अब केवल तालिम दिने मात्र नभई तालिम पश्चात् रोजगारीको ग्यारेन्टी हुने गरी नयाँ कार्यविधि बनाउन लागेको समेत उनले बताए ।

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा
कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।

२०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धन भएको थियो ।

सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भइरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न लागेको हो ।

नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय भएकाले तत्कालै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

कांग्रेस कोशी प्रदेशका सभापति एवम् संसदीय दलका नेता उद्धव थापाले एमालेसँगको गठबन्धन अन्त्य भईसकेको भए पनि नयाँ सरकार गठनका लागि एमाले, नेकपा र अन्य दलसँग विकल्पबारे छलफल गरिने जानकारी दिए ।

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने
साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा आवश्यक तयारी गरिएको छ ।

साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्दछन् । भक्तजनको सहजताका लागि आवश्यक सबै तयारी भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

तीर्थयात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ ।

सुकुम्वासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र (तस्बिरहरू)

ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना (तस्बिरहरू)

प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु

प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रूख कटान सुरु

कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

पर्यटकको चापसँगै बुकीपाटनमा फोहाेर बढ्दो, स्थानीय भन्छन्- घाँस खाँदा वस्तुभाउ बिरामी परेर मर्न थाले

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) कार्यान्वयन गर्दै वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै वर्तमान सङ्कट समाधानको सबैभन्दा प्रभावकारी माध्यम भएको जनाएको छ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीपत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताए।

उनले हर्मुज जलघाँटीको अवस्था छिट्टै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षाका साथै अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गरे।

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु

पदत्यागअघि युक्रेन पुगे स्टारमर, युक्रेनप्रति बेलायतको समर्थन कायम रहने सन्देश

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
























प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ८ : ०० बजे

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार