आजका समाचार : देउवासँग संवाद थाले सभापति थापाले, वामदेव राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर र चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै « Khabarhub

आजका समाचार : देउवासँग संवाद थाले सभापति थापाले, वामदेव राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर र चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाटै प्रतिनिधिसभाका लगि कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका पूर्व सहायक मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य कनौडियालाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।

शनिबार दिउँसो काठमाडौंमा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस दुई टुक्रा भएसँगै माथिल्लोस्तरका नेताले पार्टी छाडेका हुन् । कनौडियाले एमाले प्रवेश गर्दा कपिलवस्तु क्षेत्र नम्बर ३ को टिकट पनि पक्का गरेका छन् । उनलाई ओलीले कपिलवस्तु ३ मा तयारी थाल्न भनिसकेका छन् । एमालेले शनिबार नै १६५ क्षेत्रको टिकट तय गर्दैछ ।

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग सम्बन्ध सुधारमा जुटेका छन् ।

सभापति थापाले शनिबार उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर शनिबार निवर्तमान देउवालाई उनको निजी निवास महाराजगञ्ज पुगेर भेटेका हुन् ।

दुईजना शीर्ष नेताले निवर्तमान सभापति देउवालाई भेटेको पुष्टि महामन्त्री गुरुराज घिमिरेले गरेका छन् ।

शुक्रबार मात्रै निर्वाचन आयोगले पुस २७ देखिमा माघ १ गतेसम्म काठमाडौंमा भएको विशेष महाधिवेशनमार्फत निर्वाचित थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो ।

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)


यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार चयन गर्न थालेको छ। नेकपाले नेता डा.भीम रावलको पकड भएको सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि उम्मेदवार चय गरिसकेको छ।

नेकपाले फागुन २१ को चुनावका लागि कैलाली क्षेत्र नम्बर ५ मा प्रेम आले, कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा वीरमान चौधरी र २ मा राजेन्द्र साउदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर १ बारे कुरा मिलिसकेको छैन ।

नेकपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा बीना मगर, क्षेत्र नम्बर २ मा लालबहादुर खड्का र क्षेत्र नम्बर ३ मा मानबहादुर सुनाको नाम तय गरेको छ।

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास
काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेका हुन् ।

४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ । भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२।३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो ।

काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ । शीलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले, लामो समयदेखिको प्रयत्नबाट वडाबासीले सुविधा सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताए ।

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

पाल्पामा चुनावी चहलपहल बढ्यो

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने देशहरूविरुद्ध आर्थिक शुल्क लगाउन सकिने संकेत दिएका छन् ।

यो टिप्पणी त्यतिबेला सार्वजनिक भएको हो, जब दुई पार्टीका अमेरिकी संसद सदस्यहरू डेनमार्कको राजधानीमा सम्बन्ध सुधार र संवादलाई प्रवर्द्धन गर्न पुगेका थिए।

ट्रम्पले लामो समयदेखि अमेरिका ग्रीनल्याण्डको नियन्त्रणमा रहन आवश्यक रहेको विषयमा जोड दिएका छन् । यसै सन्दर्भमा, उनले यस हप्ता स्पष्ट रूपमा भने आर्कटिकको उक्त टापु अमेरिकी नियन्त्रणमा नहुँदा ‘स्वीकार्य छैन।’

ह्वाइट हाउसमा ग्रामीण स्वास्थ्य सम्बन्धी कार्यक्रममा उनले भने, ‘ग्रीनल्याण्डको मामिलामा पनि हामी आवश्यक कदम चाल्न सक्ने अवस्था छ। यदि देशहरूले सहयोग गरेनन् भने आर्थिक शुल्क लगाउने विकल्पमा विचार गर्न सकिन्छ। राष्ट्रिय सुरक्षाका दृष्टिले ग्रीनल्याण्ड महत्वपूर्ण छ।’

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना






















प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५७ बजे

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर