यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०
नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ऐतिहासिक(सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार १० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
सभापति गगनकुमार थापा, उपसभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी भिजन १० का बुँदाबारेमा जानकारी गराएको छ ।

कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ ।कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे ।
पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ । प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको छ ।
यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०
कांग्रेसको भिजन : मुलुकको समृद्धिको मुख्य सारथी किसानलाई बनाउने
ममता शर्मा भन्छिन् : दागैदाग भएकाको बिगबिगी देखेपछि रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेँ
लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा
रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा
कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार
छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउँछौ : कांग्रेस
गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने
कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने
कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने
गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने
कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्यो चुनावी प्रतिज्ञा पत्र
ड्रोनबाट यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)
एमाले उम्मेदवार र नेताहरूलाई ओलीको निर्देशन : भ्रम चिर्दै जनताको घरघरमा पुग्नू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिएका छन् । फागुन २१ का लागि घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घर घरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिएका हुन् ।
काठमाडौं फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर ओलीले जनस्तरका भ्रम चिर्ने गरी जनताका घरमा पुग्न उम्मेदवार र अगुवा नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उम्मेदवार र अगुवा नेता कार्यकर्ताको छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीले परिणाम निकाल्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिएको बताए।
‘सबै नेता कार्यकर्ता परिणाम निकाल्ने गरी निर्वाचनमा खटिनुपर्छ’, अध्यक्ष ओलीको भनाइ उल्लेख गर्दै संयोजक ताम्लीले भने, ‘जनस्तरमा रहेका भ्रम चिर्न जनताका घर(घरमा पुग्न पनि उहाँको विशेष निर्देशन छ ।’
निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए
भोजपुरमा चुनावी गस्तीमा निस्केको सेनाको टोली सवार बस दुर्घटना, ११ जना घाइते
मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै
पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री
निर्वाचन अस्वीकार गर्दै पूर्वराजाले भने : पहिले राष्ट्रिय समस्याको समाधान हुनु पर्छ
प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बडिमालिका स्वीजरल्याड भन्दा बढी सौन्दर्यताले भरिपूर्ण रहेको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाललाई स्वीजरल्याड बनाउँछु भन्ने प्रचण्डलाई व्यङ्ग्य गर्दै उक्त कुरा भनेका हुन् ।

‘मान्छेले देशलाई स्वीजरल्याड बनाउनुपर्छ भन्छन्, स्वीजरल्याडको बाउ बढीमालिका यहीँ छ किन बनाउनुपर्यो स्वीजरल्याड, स्वीजरल्याडको पराकाष्ट रामारोसन यहीँ छ किन बनाउनुपर्यो स्वीजरल्याड, खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनुर्यो स्वीजरल्याडरु,’ भन्दै उनले प्रश्न समेत गरे ।
पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो
धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ
झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु – बालेनले सुदूरपश्चिममा जे भने
बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव
बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि तनाव भएको छ। स्थानीयले स्कुटरलाई ठक्कर दिने टिपरमा आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो।
काभ्रे प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। प्रहरीले स्कुटर चालकको शव अस्पताल पठाएको छ। ट्रक चालक भने फरार छन्।

बनेपा बजारमा टिपरले ठक्कर दिँदा ज्यान गुमाएका स्कुटर चालक पुरुषको पहिचान खुलेको छैन। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ।
दुर्घटनापछि अरनीको राजमार्ग अन्तर्गत बनेपा क्षेत्रको यातायात ठप्प भएको छ।
टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए
बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै
यातायातको चाप घटेसँगै उपत्यकामा घट्यो वायु प्रदूषण
शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् ।
अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ ।

स्विट्जरल्यान्डमा जारी वार्ता अमेरिकाद्वारा आयोजित प्रत्यक्ष वार्ताको तेस्रो चरण हो । यसअघि यसै वर्ष अबु धाबीमा भएको बैठक रचनात्मक भए तापनि सफल हुन सकेको थिएन । अमेरिकी प्रतिनिधि स्टिभ विटकफले सामाजिक सञ्जालमा गत वर्ष युक्रेनमा शान्तिका लागि वासिङ्टनले गरेको दबाबले ‘अर्थपूर्ण प्रगति’ ल्याएको बताए तर लडाइँ जारी रहेको पुष्टि पनि गरे ।
व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति
बङ्गलादेशका प्रधानमन्त्री रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा
दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा
चिनियाँ रोबोटलाई भारतको गलगोटिया विश्वविद्यालयले आफ्नो भनेपछि…
इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी













प्रतिक्रिया