आजका समाचार : गृहमन्त्रीको राजीनामा माग, एमालेका पोस्टरबाट हराउन थाले ओली, विद्यार्थी संगठन खारेजीविरूद्ध प्रधानमन्त्रीलाई पत्र र मध्यपूर्व युद्धविराम संकटमा « Khabarhub

आजका समाचार : गृहमन्त्रीको राजीनामा माग, एमालेका पोस्टरबाट हराउन थाले ओली, विद्यार्थी संगठन खारेजीविरूद्ध प्रधानमन्त्रीलाई पत्र र मध्यपूर्व युद्धविराम संकटमा


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय
सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई बुझाइयो

सुधारमार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ गरिने : प्रधानमन्त्री शाह

परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणबारे छलफल

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने 

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार


एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग

नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। गुरुङ जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेको एमालेले गृहमन्त्रीबाट राजीनामा मागेको हो।

एमालेले सबै विषयहरूको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन पनि सरकारलाई आग्रह गरेको हो। प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै सार्वजनिक पदाधिकारीसँग सम्बन्धित विषयहरू पारदर्शी, विश्वसनीय र निष्पक्ष ढंगले कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

पार्टीले प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको भन्दै सुशासन, जवाफदेहिता र उत्तरदायित्वलाई संस्थागत गर्न आवश्यक रहेको उनले बताएका छन् ।

उनले गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयहरूले केवल आशंका मात्रै नभई विगतका सम्भावित अनियमितता र विसंगतिहरू उजागर गर्न सक्ने संकेत देखिएको उल्लेख गरेका छन् ।

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

गृहमन्त्रीलाई बर्खास्त र पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग, आईजीपीकहाँ पुग्यो निवेदन

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

विद्यार्थी संगठन खारेजीविरूद्ध उभिए पूर्णबहादुर

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संघ–संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । वक्तव्य जारी गर्दै उनले यस्तो निर्णय लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध र अधिनायकवादी कदम भएको बताएका छन् ।

खड्काले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र लोकतन्त्र सुदृढीकरणमा विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै विद्यार्थी संगठनहरू लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

उनले निर्दलीय पञ्चायती व्यवस्थाको समयमा विद्यार्थी संगठनहरूले लोकतन्त्रको मशाल जलाइराख्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । उनले २०३६र०३७ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२र६३ को ऐतिहासिक जनआन्दोलनमा विद्यार्थीहरूको योगदान निर्णायक रहेको बताएका छन् ।

ती आन्दोलनहरूकै बलिदानबाट आजको संघीय लोकतान्त्रिक व्यवस्था स्थापित भएको उनले बताएका छन् । खड्काले अहिलेको सरकारले लोकतन्त्रको ‘नर्सरी’ मानिने विद्यार्थी संघ–संगठन तथा स्ववियुको अस्तित्वमाथि प्रहार गर्ने निर्णय गर्नु विरोधाभासपूर्ण भएको बताए ।

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि सुरु भएको छ ।

मंगलबार ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइएको छ । रथ तान्नुअगाडि गुरुज्यूको पल्टनले सलामी दिनुका साथै विभिन्न टोलमा रहेका बाजागाजा समूहले रथको अघिपछि बसेर पुलचोकदेखि गाःबहालसम्म पुर्‍याउने परम्परा छ ।

साइतअनुसार रथ तान्न शुरु गरी विभिन्न रुटमा गाःबहालबाट फेरि मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलमा पुर्‍याइन्छ ।

थटीटोलमा नरिवल खसाल्ने जात्रा सकिएको केहि दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् ।

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबीच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरियासम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ । दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले गत महिना संसदमा उत्तर कोरियाको उत्तरपश्चिमी कुसोङ क्षेत्रमा युरेनियम संवर्धन स्थल सञ्चालन भइरहेको आशङ्का व्यक्त गरेका थिए ।

यही अभिव्यक्तिलाई लिएर अमेरिकाले असन्तुष्टि जनाएको र संवेदनशील सूचनाको अनुमतिविना खुलासा भएको ठहर गर्दै प्रतिक्रिया दिएको दक्षिण कोरियाली समाचार संस्था योन्हापसहितका विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । रिपोर्टअनुसार यस घटनापछि अमेरिकाले पहिले नियमित रूपमा सियोललाई दिँदै आएको केही उपग्रह सूचनामा सीमितता लगाएको छ । उक्त प्रतिबन्ध यसै महिनाको सुरुदेखि लागू भएको बताइए पनि यसले समग्र सैन्य तयारीमा ठूलो असर नपारेको एक अज्ञात दक्षिण कोरियाली सैन्य अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ ।

ती अधिकारीका उत्तर कोरियाको सैन्य गतिविधिबारे गुप्तचर सङ्कलन र आदानप्रदान भने अझै सामान्य रूपमा जारी छ ।

इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

इरानले भन्यो : अमेरिकाले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्छ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’






















प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ७ : ५७ बजे

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस्

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक

यूएईविरुद्धको खेलमा कुशल बने प्लेयर अफ द म्याच

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलमा नेपालका कुशल

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने

गायक रामकृष्णको फिल्म ‘मालती मंगले’को गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं – वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती