आजका समाचार : सभामुखको आग्रहका बावजुद प्रधानमन्त्री नगएपछि संसदमा विपक्षीको नाराबाजी, एमालेमा बादल शक्तिशाली र ट्रम्प-पुटिनपछि शरिफ पनि चीन जाने « Khabarhub

आजका समाचार : सभामुखको आग्रहका बावजुद प्रधानमन्त्री नगएपछि संसदमा विपक्षीको नाराबाजी, एमालेमा बादल शक्तिशाली र ट्रम्प-पुटिनपछि शरिफ पनि चीन जाने


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफावार छलफलका लागि बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।

उक्त विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरू लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो । अर्थमन्त्री डा वाग्लेले सांसदहरुले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताइन्।

संसद्‍मा प्रधानमन्त्री खोज्दै विपक्षीको नाराबाजी

सभामुखले आग्रह गर्दा पनि संसद् जान मानेनन् वालेन्द्र

नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

विपक्षीको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसद्

आशिकाले भनिन्- बाँदर आतङ्क रोक्न किसानलाई अदुवा, बेसारलगायत खेती गर्न लगाऔँ

हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस्

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख

केपी खनाल भन्छन्- हुम्ला र बाजुराको सीमा विवाद तत्काल समाधान गरौँ

संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ? 

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

सभामुखलाई नीलो स्कार्फ सम्झाउँदै निश्कलले भने- सदनको गरिमा बढाउने काम तपाईंको हो

एमालेमा पदाधिकारीको वरीयता : उपाध्यक्षतर्फ शक्तिशाली बने बादल
नेकपा एमालेले एघारौं महाधिवेशन भएको ६ महिनापछि पार्टी पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार गुण्डुमा बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावअनुसार उपाध्यक्षतर्फ पहिलो अर्थात् शक्तिशाली नेताका रूपमा रामबहादुर थापा ‘बादल’लाई अघि सारिएको छ ।

अध्यक्ष ओलीले पदाधिकारीहरूको वरियताक्रम निर्धारणसम्बन्धी प्रस्ताव अघि सारेका हुन् । त्यस्तै पछिल्लो समय आफूलाई बिदा गर्ने अभियानमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई तेस्रो वरीयता दिइएको छ । अध्यक्ष ओलीले पार्टीको एघारौँ राष्टिय महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको वरीयताक्रम निर्धारण नगरिएकोले यो प्रस्ताव गरिएको बताएका छन् ।

अब शुक्रबार बस्ने सचिवालय बैठकबाट पदाधिकारीहरूको वरीयताक्रम निर्धारण अनुमोदन हुनेछ । एमालेले महाधिवेशनपछि हालसम्म औपचारिक रूपमा पदाधिकारी तथा सदस्यहरूको वरीयताक्रम निर्धारण नगरेको भन्दै सचिवालय बैठकबाट त्यसलाई टुंगो लगाउन लागिएको हो ।

न्याय परिषद् सदस्यबाट हटाइयो बिदामा बसेकी प्रधानको नाम र फोटो

अर्थ प्रशासन सुधार र भ्याट प्रणालीमा एकल दरको सुझाव

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन

विद्युत् नियमन आयोगको पदाधिकारी पदपूर्तिका लागि उर्जा मन्त्रालयले माग्यो आवेदन
विद्युत् नियमन आयोगको रिक्त पदाधिकारी पदपूर्तिका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ । विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ अनुसार नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

इच्छुक उम्मेदवारले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ । आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयअन्तर्गत रहेको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा निवेदन बुझाउनुपर्नेछ ।

यसअघि आयोगका अध्यक्षसहित चार सदस्य ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । त्यसपछि सरकारले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो ।

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभामा सडक सुरक्षा, विपद् तयारी र मल अभावबारे सरकारको ध्यानाकर्षण

लेक लागेका युवाको उद्धार र क्यान्सरको औषधि उपलब्ध गराउन सांसदहरूको माग

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय  

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल 

इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा एकजनाआवासीय र तीनजना गैरआवासीय राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपालका लागि रुसी महासंघका आवासीय राजदूत अलेक्सेई व्लादिमिरोबिच सुरोवत्सेवसहित गैरआवासीय राजदूतहरू लम्जम्वर्गका क्रिश्चियन बिभर, अस्ट्रियाका डा.रोबर्ट जिस्किचजी र इरानका डा.मोहम्मद फतहलीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राजदूतहरूलाई लाजिम्पाटको होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। राष्ट्रपति कार्यालयले नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमार्फत सवारी गराइएको जनाएको छ।

योगेशसँग अझै मरेन केपी ओलीको रिस, नयाँ कार्यविभाजनमा बनाए भूमिकाविहीन

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

एमालेले बल्खुमै कार्यालय बनाउने, कलंकीको जग्गा मीनबहादुरलाई नै फिर्ता गर्ने

छिटै सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिने रास्वपा सभापति रविको दाबी

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल

ट्रम्प र पुटिनपछि पाकिस्तानी प्रधानमन्त्री सरिफ पनि चीन जाँदै
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् ।

अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री सरिफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा गहिरो विचार–विमर्श हुने बताए ।

उनका अनुसार दुवै पक्षले क्षेत्रीय स्थिरता र शान्तिसम्बन्धी मुद्दामा विशेष ध्यान दिनेछन् । प्रवक्ता गुओले चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सकारात्मक योगदान दिन पाकिस्तानसँग सहकार्य जारी राख्ने स्पष्ट पारे ।

भाजपा र कांग्रेसलाई पछि पार्दै सामाजिक सञ्जालमा ककरोच जनता पार्टीको कीर्तिमान

सी चिनफिङसँग ट्रम्प र पुटिनको एकपछि अर्को भेट : के भयो, अब के होला ?

अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए

इरान युद्ध : हमला रोक्ने वा जारी राख्ने विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद, फोन संवादमै दुई जनाबीच विवाद
















प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ७ : ५६ बजे

रोक्का सम्पत्ति फुकुवा गर्न इरानको माग

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा

प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक

स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

न्यूयोर्क- एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक

एमालेमा पदाधिकारीको वरीयता : उपाध्यक्षतर्फ शक्तिशाली बने बादल

काठमाडौं- नेकपा एमालेले एघारौं महाधिवेशन भएको ६ महिनापछि पार्टी पदाधिकारीहरूको