गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु भएको छ । गरिमाका बुवा मनोज र आमा मानमती चौधरीसँग गृहमन्त्रीले छलफल गरिरहेका छन् । वार्तामा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीताकुमारी चौधरी पनि सहभागी छिन् ।
बाराको सिमराकी गरिमाको बलात्कारपछि हत्या भएपछि उनका आमाबाबु केही दिनदेखि आन्दोलित थिए । उनीहरु वार्ता गर्न शनिबार विमान चढेर राजधानी आएका हुन् ।
गत साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी गरिमाको शव तीन दिनपछि फेला परेको थियो ।
जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
हाल गरिमालाई न्याय माग्दै राजधानी काठमाडौंसँगै देशका विभिन्न स्थानहरुमा आन्दोलन र प्रदर्शन चर्किरहेको छ ।

काठमाडौं उड्नुअघि मृतक बालिकाका बुवा मनोजले छोरीको न्यायका लागि जारी आन्दोलन नरोक्न स्थानीय बासिन्दालाई आग्रह गरेका थिए ।
बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध
गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन
जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग
गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू)
गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन
गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा
निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सवारी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनाबाट अगाडि बढेको छ ।
मुस्ताङ आउजाउ गर्ने पर्यटक यो झरनामा फोटोरभिडियो खिचेर यात्रा अघि बढाउँछन् । प्रधानमन्त्री बालेन र उनको टिम झरनामा नरोकिई सिधै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ लागेको छ । म्याग्दीको तातोपानीस्थित होटेल न्याचुरल स्प्रिङमा एक घण्टा विश्रामपछि प्रधानमन्त्री बालेन जोमसोमतर्फ अघि बढेका हुन् ।

मुस्ताङ जाने सडक म्याग्दीको बेनी-जोमसोम खण्डमा दुई ठाउँमा पहिरो खसेर अवरूद्ध भएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा लेदोसहित पहिरो खस्दा उनको यात्रा अन्यौलमा परेको थियो । यद्यपि दुबै पहिरो हटाएर बाटो सुचारु गरिएको छ ।
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड
रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो
कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताएका छन्।
भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले देश सङ्कटपूर्ण अवस्थामा रहेकाले पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्ने बताए।
उनले व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा केन्द्रित हुनुपर्ने समय आएको बताउँदै जनसङ्गठनहरू एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।

देश र जनताको हितमा सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए। दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर तथा एमालेबाट मन्त्री पदमा शपथ लिएका दुई मन्त्रीलाई सम्मान गरे।
कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा
नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत
युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु
युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। राजधानी किएभ र दक्षिणी सहर जापोरिझियामा भएका छुट्टाछुट्टै आक्रमणमा उनीहरूको मृत्यु भएको हो।

किएभको सैन्य प्रशासनका अनुसार ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी भएको केही समयपछि राजधानीको डार्निट्स्की जिल्लास्थित एक गोदाममा आगलागी भएको थियो। प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा एक जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्।
यसैगरी, जापोरिझिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुखका अनुसार दक्षिणी सहर जापोरिझियामा रूसी ड्रोन आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी
इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो












प्रतिक्रिया