साप्ताहिक ब्रिफिङ : प्रधानमन्त्रीले बल्ल बोलाए शिक्षकलाई, पूर्वराजा पछि नहट्ने पक्षमा र चीनसँग भिडिरहेको अमेरिकाले गर्‍यो युक्रेनसँग समझदारी | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : प्रधानमन्त्रीले बल्ल बोलाए शिक्षकलाई, पूर्वराजा पछि नहट्ने पक्षमा र चीनसँग भिडिरहेको अमेरिकाले गर्‍यो युक्रेनसँग समझदारी


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलित नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका छन् ।

देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा उत्रिएको १७ औँ दिन बितेपछि प्रधानमन्त्री ओलीले वार्ताका लागि महासंघलाई बोलाएका हुन् ।

महासंघका महासचिव तुलबहादुर थापाले शुक्रबार बेलुकी ७ बजे प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएको जानकारी दिए । उनले महासंघका प्रतिनिधिहरू छलफलका लागि जाने तयारीमा रहेका जानकारी दिएका छन् ।

शिक्षक आन्दोलन : १७ दिनदेखि मुख्य सडक ठप्प, भित्री बाटो र करिडोरमा चर्को जाम

शिक्षक आन्दोलनमा पुगे झलनाथ खनाल

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनमा उत्रिँदा देशभरका सामुदायिक विद्यालय बन्द (तस्बिरहरू)

बालबच्चा बोकेरै आन्दोलनको मोर्चामा शिक्षक-शिक्षिका (तस्बिरहरू)

शिक्षक आन्दोलन : के गर्दैछ कांग्रेस ?

देश विकास हामी सबै मिलेर गर्ने हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेका छन्।

नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगन्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।

केही दिअअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै कांग्रेसले बूढानीलकण्ठमा बसेको बैठकबाट यस्तो जवाफ दिएको हो ।

प्रधानमन्त्री भन्छन्- सरकार सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा छ

सञ्चारमन्त्री गुरूङ भन्छन्- दर्ता हुन नआए फेसबुकलाई प्रतिबन्ध लगाउँछौँ

शहरमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

मेयर रेनु र प्रधानमन्त्री ओलीबीचको सौहार्दता, सोधे- छोरी सन्चै छौ ?

बूढानीलकण्ठ बैठकपछि कांग्रेसले भन्यो- प्रचण्डले भन्दैमा सरकार ढल्ने र बन्ने हुँदैन

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भन्नेबितिक्कै सरकार नढल्ने जनाएको छ।

‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ बैठकपछि कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

कांग्रेस र एमालेबीचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।

प्रधानमन्त्रीले भने- द्वन्द्वकालका अमानवीय र जघन्य अपराधमा माफी हुँदैन

बूढानीलकण्ठमा मन्त्रीहरूसहित कांग्रेसको बैठक, सरकारको समीक्षा गरिँदै

गभर्नर नियुक्तिमा विचरा बन्यो ओली सरकार

चैत १५ को हिंसात्मक झडपबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले

गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक मुख खोलेका छन् ।

नयाँ वर्ष २०८२ को शुभकामना दिने क्रममा उनले चैत १५ को घटनाबारे मुख खोलेका हुन् ।

चैत १५ गते उनैलाई भेटेका दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले प्रदर्शन गर्दा भएको हिंसात्मक झडपमा २ जनाको ज्यान जाँदा २० जनालाई गोली लागेको थियो । त्यसक्रमा करिब ४६ करोडको क्षति हुने गरी तोडफोड र लुटपाट भएको थियो ।

‘समाजका सदस्य, राजनीतिक दल र समुदयाले आफ्ना धारणा राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, उनले भनेका छन्, ‘तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्छ ।’

पूर्वराजाको अर्को राजनीतिक सन्देश- २०८२ मा जनताले चाहेको व्यवस्था आउनेछ

तीनकुने घटनापछि पक्राउ राप्रपा महामन्त्री जबरा रिहा हुँदै

वीरगञ्जको कर्फ्यु लगाईयो

वर्षमानको दाबी : गभर्नर नियुक्तिमा कांग्रेस-एमालेले ठूलो आर्थिक चलखेल गर्दैछन्

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् ।

पार्टीसम्वद्ध रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरिमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए ।

यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो ।

प्रचण्डमाथि विष्णु रिमालको प्रहार- दुईतिहाइको नेकपा सरकार ढाल्नु चाहिँ नैतिकता थियो ?

प्रचण्डको टिप्पणी- राजावादीको हावा चैत १५ मै खुस्कियो, ओली सरकार बिचौलियाले चलाए

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षअघि प्रमुख निर्वाचन आयुक्त बनेका थपलियालाई शुक्रबार आयोगमा एक कार्यक्रम आयोजना गरेर अन्य पदाधिकारी र कर्मचारीहरुले विदाइ गरेका छन् ।

थपलियाले ०७६ सालदेखि निर्वाचन आयोगको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा ०७९ सालमा तीनवटै निर्वाचन सम्पन्न भएका थिए ।

खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे

गभर्नर नियुक्तिमा विचरा बन्यो ओली सरकार

गभर्नरमा नियुक्त नहुँदै भट्टको योग्यतामा प्रश्न उठाएर सर्वोच्चमा रिट, आइतबार सुनुवाइ

संसदीय समितिकै सदस्य भन्छन्, ‘पोखरा विमानस्थलको अपूरो प्रतिवेदन चुहाएर ‘स्टन्ट’ गरियो

संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गत ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन’ अध्ययनकै क्रममा बाहिरिएको सम्बन्धित समितिका सदस्यले बताएका छन् । समितिका सदस्य तथा नेकपा (एमाले) का सांसद तारा लामा तामाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे उपसमितिले अध्ययन गरिरहेकै अवस्थामा प्रतिवेदनलाई पूर्णता नदिई बाहिरिएको बताए ।

सांसद तथा उपसमितिका सदस्य तामाङले प्रतिवेदनलाई पूर्णता दिने काम नभइसकेको बताए । उनले सम्बन्धित पक्षसँग छलफल पनि बाँकी नै रहेको र मूलसमितिलाई पनि औपचारिक रूपमा हस्तान्तरण गरिनसक्दै कुनै व्यक्तिले चर्चाका लागि प्रतिवेदन सार्वजनिक गरेको बताएका छन् ।

पोखरा विमानस्थलमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन मिति सरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशनको नयाँ मिति तोकेको हो ।

सकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने जेल गएसँगै रास्वपाको महाधिवेशन वैशाखबाट आगामी फागुनसम्मलाई सारिएको हो । रास्वपा कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकले नयाँ महाधिवेश मिति तोक्दै २०८२ असोजसम्म वडा अधिवेशन गरिसक्ने निर्णय लिएको छ ।

त्यसैगरि कात्तिकसम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने नयाँ तालिकाले रास्वपाले तय गरेको छ । त्यसपछि आगामी फागुन ७ ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिले सर्वसम्मतरुपमा गरेको हो ।

यसअघि पहिलो महाधिवेशन यही वैशाख तेस्रो साता गर्ने निर्णय राष्ट्रिय भेलाले गरेको थियो । तर तयारी नपुगेको भन्दै रास्वपाले महाधिवेशन मिति सारेको हो । सहकारी ठगी आरोप लागेपछि साढे ५ महिनासम्म रवि पार्टी कामबाट बाहिर थिए । तर उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दियो ।

रास्वपा सहमहामन्त्री सुमनाले किन दिइन् राजीनामा ?

रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज

नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग राखेर राप्रपा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

आज बसेको कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । उनका अनुसार वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।

राजेन्द्र महतोको आरोप- सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गर्‍यो

भिमाका परिवारलाई प्रतिवादीबाट १५ लाख भराउन अदालतको आदेश

जिल्लामा दोषी ठहर रामबहादुर बमजनलाई उच्चबाट सफाइ, जेलबाट छुटेर कता गए ?

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसक्यो : श्रममन्त्री भण्डारी 

ढलको पाइप फुटेपछि अस्तव्यस्त थापाथली करिडोर

ढलको पाइप फुटेपछि काठमाडौंस्थित थापाथली करिडोर अस्तव्यस्त बनेको छ । पाइप फुटेर ढल सडकमा निस्किँदा उक्त सडकमा चल्ने गाडी र मोटरसाइकल डुबेका छन् ।

ढल निकासका लागि गाडिएको पाइप फुटेर सडक हिलाम्य हुँदा सवारी चालकले सास्ती पाएका छन्। अहिले त्यस सडकमा चारपांग्रे गाडी र मोटरसाइकल चलाउन मुस्किल भएको छ । ढल फुट्दा पैदल यात्रुलाई पनि मार परेको छ ।

गेटा आँखा अस्पताल बाजुरा शाखाका प्रमुख लागूऔषधसहित धनगढीमा पक्राउ

गेटा आँखा अस्पताल कैलालीका नेत्र सहायक अंकित कुमार निगम बानिया लागूऔषध सहित धनगढीमा पक्राउ परेका छन् ।

आँखा अस्पताल शाखा बाजुराको मार्तडी कार्यालयको प्रमुखसमेत रहेका बानियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागू‍औषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानियालाई पक्राउ गरिएको जानकारी दिए ।

अमेरिकाबाट निष्कासित भुटानी शरणार्थीलाई इच्छाविपरीत अन्य देशमा नपठाउन सर्वोच्चको आदेश

शनिबार कर्णालीका यी स्थानमा विद्युत् आपूर्ति नहुने

अमेरिकी राजदूत जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’

जापानी वाणिज्य दूतले वासिङ्टनको भ्रमण गरेपछि दुई देशबीच व्यापार सम्झौता हुनेमा आफू ‘अत्यन्त आशावादी’ रहेको जापानका लागि नवनियुक्त अमेरिकी राजदूतले बताएका छन् ।

जापानले ह्वाइट हाउसले घोषणा गरेको कडा कर फिर्ता लिन चाहेको बेला रयोसी अकाजावाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटवार्ता र छलफल गरेका छन् ।

तत्काल कुनै प्रगति नभए पनि अर्को चरणको वार्ता यसै महिनाको अन्त्यअघि हुने बताइएको छ । उनले भने, “मैले अहिले वार्तामा खटिएका करसम्बन्धी अधिकांश अधिकारीहरूसँग भेटेको छु ।”

यमनको बन्दरगाहमा अमेरिकाको हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु

पेरुकी पूर्वप्रथम महिला देश छाडेर भागिन्, पुगिन् ब्राजिल

ट्रम्प व्यापारिक युद्धमोर्चामा, डब्लूटीओ मृत्युशैयामा

युक्रेन र अमेरिकाले गरे संयुक्त समझदारी पत्रमा हस्ताक्षर

‘ट्रान्सजेन्डर महिला’ लाई ‘महिला’ मान्न नसकिने बेलायती सर्वोच्च अदालतको ठहर

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति

ट्रम्पका दूतले रुसको भाषा बोलेको जेलेन्स्कीको आरोप

ट्रम्प प्रशासनलाई अदालतको अपहेलना मुद्दा लगाउने न्यायाधीशको चेतावनी

एक अमेरिकी न्यायाधीशले अदालतको राष्ट्रपति ट्रम्प प्रशासन माथि अदालतको अपहेलनको मुद्दा लगाउने सकिने बताएका छन्।

गत महिना अदालतको आदेशको बेवास्ता गर्दै दुई सय भन्दा बढीलाई डिपोर्ट गर्दै एल साल्भाडोर लगेको विषयमा ती न्यायाधीशले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रशासनले २२७ वर्षअघि युद्धको समयमा सुरक्षित हुन पाउने कुरालाई बेवास्ता गरेको जनाइएको छ।

यस विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चुयङले राष्ट्रपति आतङ्कवादलाई निर्मूल गर्न चाहेको कारण यो डिपोर्ट भएको बताउँछन्।

भुल बस एल साल्भाडोर पुगेका गार्सिया फिर्ता नहुने अमेरिकी अधिकारीको ठहर

युद्ध विराम भङ्ग भएको एक महिनामा गाजाबाट पाँच लाख विस्थापित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : १४ बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित