आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी  | Khabarhub Khabarhub

आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी 


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमाले
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका युवा नेताहरू भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रप्रति आक्रामक ढंगले पेस भइरहेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि सहमति जनाएको साता दिन नबित्दै एमालेका नेताहरू कटाक्षमा उत्रिएका हुन् ।

एमाले सांसद सूर्यबहादुर थापाक्षेत्रीले दुई बुँदे सहमतिपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विगत ६–७ महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको टिप्पणी गरेका छन् ।

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

‘कुलिङ पिरियड’बारे पत्रकारलाई प्रधानमन्त्रीको जवाफ- मैले प्रतिक्रिया बोकेको छैन बाबु

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

सभामुखसँग कांग्रेसको माग-रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न माग गरेका छन् । मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गरेका हुन् ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ’ नीलो स्कार्फसहित प्रतिनिधिसभा बैठकमा पुगेका रास्वपा सांसदहरूतिर लक्षित गर्दै उनले भने, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

उनले रास्वपाका सांसदहरूलाई चेतावनी दिएर सभामुख घिमिरेले निष्काशन गर्नुपर्ने बताए । ‘सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्न सक्नुपर्छ’, उनले भने, ‘यो संसद्को मर्यादाबाहिरको विषय हो । यसमा उचित निर्णय लिनुपर्छ ।’

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

संसद् बिहीबारसम्मका लागि स्थगित

आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो

रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ

कांग्रेसलाई रास्वपाको प्रश्न : नीलो मफलर नलगाऊ कुन नियमावलीले भन्छ ?

रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?

रास्वपाको विरोधपछि आधा घण्टालाई संसद् स्थगित

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन
नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा जारी सिप मेलाको अवलोकन गरेका छन् । सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले उनले प्रशिक्षणका क्षेत्र, पेशा, पाठ्यक्रम र अहिलेसम्म प्राप्त उपलब्धीबारे जानकारी गराएका छन् ।

मेला अवलोकनका क्रममा राजदूत फेनले प्रशिक्षणका लागि प्रशिक्षकको क्रियाकलाप, प्रशिक्षार्थीहरुको रुचि, प्रशिक्षणबाट उत्पादन भएका बस्तु तथा सामग्रीका बारेमा रुचिपूर्वक जानकारी लिएका थिए ।

अवलोकन पछि उनले भने, ‘उद्योग, उद्यम, रोजगारीका अवसरका लागि सिप मेला वृहत् अनुभूति भयो । यो ठूलो र महत्वपूर्ण काम हो । महानगरपालिकाको यो प्रयास सराहनीय छ ।’ उनले आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक रहेको पनि बताए । ‘सिप मेलाले साझेदारीको सम्भावनालाई अझ व्यापक बनाएको छ,’ राजदूत फेनले भने, ‘हामी आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक छौँ ।’

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : प्रचण्ड

नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’

सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना बनाउन सबैको सहयोग आवश्यक : मुख्यमन्त्री शाह

पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो 

दिगो आर्थिक रूपान्तरण आजको आवश्यकता हो : प्रवक्ता महत

एक महिना हिँडेर काठमाडौं आएका बोहरालाई प्रधानमन्त्रीले नभेटेपछि‘
अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियान चलाउँदै सुर्खेतदेखि खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा प्रधानमन्त्री कार्यालय पुगेका छन् । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसँग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्ना कुरा राखेका छन् ।

बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकी बास बेसेका थिए भने ३१ औँ दिन मंगलबार सिंहदरबार पुगेका हुन् । कर्णालीमा सुशासन निम्ति अनियमितता र भ्रष्टाचार विरुद्ध जनचेतनामुलक अभियान सुरु गर्दै बोहरा जेठ ४ गते सुर्खेतबाट पैदल हिँडेका थिए ।

सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

 ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि (तस्बिरहरू)

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ

इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई इराकका पूर्वशासक सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिने चेतावनी दिएका छन् । उनले आयातोल्लाह अली खामेनेईको अन्त्य पनि सद्दाम हुसैनकै जस्तो हुने दाबी गरेको इजरायलका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २००३ मा इराकमा अमेरिकाले आक्रमण गरेपछि पदच्युत गरिएका सद्दाम हुसैनलाई फासी दिइएको थियो । ‘म इरानी तानाशाहलाई युद्ध अपराध नगर्न र इजरायली नागरिकमाथि क्षेप्यास्त्र प्रहार नगर्न चेतावनी दिन चाहन्छु ।’ रक्षामन्त्री कट्जलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजीराले जनाएको छ ।

शुक्रबार इजरायलले इरानमाथि गरेको हमलाका कारण सयौँ इरानी मारिएका छन् भने त्यसको प्रतिकारस्वरुप इरानले गरेको हमलामा पनि दर्जनौँ इरजरायली मारिएका छन् । दुई मुलुकबीच अझै पनि आक्रमण प्रत्याक्रमण जारी छ ।

डेनमार्कमा भाइकिङ चिहान फेला

इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई भारतले निकाल्यो

अष्ट्रेलियाले इरानबाट आफ्ना नागरिक निकाल्ने तयारी गर्दै

इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए

रूसद्वारा युक्रेनको राजधानी कियभमा आक्रमण, १५ जनाको मृत्यु

‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

नेपाल हिन्दू राष्ट्र नहुनुमा भारतीय कांग्रेसको अहङ्कारी र वंशवादी नीति जिम्मेवार : भाजपा सांसद दुबे

म्याक्रोंले गलत बोले, म जी–७ बाट फर्किनु र इजरायल-इरान युद्धविरामबीच कुनै सम्बन्ध छैन : ट्रम्प

इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘आगोमा घ्यू थपे’ : चीन




























प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ५१ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज