नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी
सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।
नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त गरिएको जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा प्रहरी महानिरीक्षक (आइजिपी)नियुक्त गरेको हो ।

अर्याल आगामी १८ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछन् । नवनियुक्त आईजीपी पौडेल १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् ।
०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि एक पद बढुवा भएर उनी डीएसपीमा समायोजित भए । सशस्त्र महानिरीक्षकमा उनकै ब्याचका एआईजी वंशीराज दाहाल र त्यसपछिका गणेश ठाडा आकांक्षी थिए ।
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको भेटवार्ता
मन्त्री तिमिल्सिना र जापानी राजदूतबीच भेट, एआई र साइबर सुरक्षा सहयोगबारे छलफल
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छ : राष्ट्रपति
शिक्षामन्त्रीसँग चिनियाँ राजदूतको भेट, सहकार्यबारे छलफल
त्रिवि क्रिकेट मैदान नहटाइने, सरकारका प्रवक्ताले भने : नयाँ रूपमा सम्झौता नवीकरण हुन्छ
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे
नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने सहमति गरेको हो।
भीष्मराजको राजनीतिक यात्रा : विद्यालयमा पढ्दैदेखि थालेका थिए पञ्चचायतविरोधी संघर्ष
सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)
सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल
आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय
कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत
संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस प्रवक्ता चालिसे
यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६ बुँदामा विस्तृत स्थिति पत्र सार्वजनिक गरेका छन्। २०८२ चैत १३ गते अर्थमन्त्री नियुक्त वाग्लेले पदभार सम्हालेको एक महिनामै अर्थतन्त्रको अवस्था विश्लेषण गर्दै स्थिति पत्र ल्याएका हुन् ।
उनले आगामी वर्षदेखि ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएका छन्। उनले दीर्घकालीन लक्ष्यका रूपमा १०० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण गर्ने रोडम्याप पनि स्थिति पत्रमा उल्लेख गरेका छन्।

उक्त स्थिति पत्रमा अर्थतन्त्रका मुख्य चुनौती औँल्याउँदै उनले समाधानका लागि चार प्रमुख संवाहक क्षेत्र पनि पहिचान गरेका छन्।
यी क्षेत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा नेपाललाई ५ देखि ७ वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न सकिने उनको दाबी छ। यससँगै प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य उनले बोकेका छन् ।
डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता
सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं
सरकारकै प्रतिवेदन भन्छ : अर्थतन्त्रका सबै सूचक नकारात्मक, आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने
बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो
शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीनदिन लागेको थियो । सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्तीसहित सिन्धुलीतर्फका आँपघारी र नेपालथोक क्षेत्रमा रहेका डाइभर्सन बगाएका थिए ।
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो । हालका लागि अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ ।
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
माइतीघरमा श्रीमतीमाथि हातपात भयो, निष्पक्ष छानबिन होस्, नत्र प्रतिरोध गरिनेछ : महेश बस्नेत
शोभा र पत्नी अम्बिकाबीच कुटाकुटपछि महेश भन्छन् : माइती घरलाई चरित्र हत्या गर्ने ठाउँ बनाइयो
समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न
विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)
बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन
पछिल्लो २४ घण्टामा विपदका घटनामा परी १० जनाको मृत्यु, २५ जना घाइते
भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त
भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको सुरुवात भएको छ । दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर गरेका छन्, जसले व्यापार, लगानी र रोजगारको क्षेत्रमा आमूल परिवर्तन ल्याउनेछ।
यो महत्त्वपूर्ण सम्झौतालाई वाणिज्य मन्त्री पीयूष गोयल र उनका न्यूजील्याण्ड समकक्षी टोड म्याकलेको उपस्थितिमा आधिकारिक बनाइएको थियो। यो सम्झौतालाई भारतीय अर्थव्यवस्था र निर्यातकर्ताहरूका लागि विश्व बजारमा ठूलो कूटनीतिक र आर्थिक विजय मानिन्छ।

यस एफटिएको सबैभन्दा उल्लेखनीय विशेषता यसको गति हो। सन् २०२५ मार्च १६ मा सुरु भएको वार्ता नौ महिनाभित्र सम्पन्न भएको थियो । यो सम्झौता लागू भएसँगै भारतीय सबै उत्पादनहरूमा तत्काल शत प्रतिशत कर मिनाह हुनेछ । बदलामा न्यूजील्याण्डबाट भारत आउने कुनै पनि वस्तुमा कर लाग्ने छैन ।
हाल न्यूजिल्याण्डले भारतबाट निर्यात हुने करिब ४५० वस्तुमा १० प्रतिशत कर लगाउने गरेको छ । नयाँ सम्झौता अन्तर्गत यो शुल्क हटाइनेछ, जसले भारतीय कपडा र तयारी पोशाक, छाला उद्योग, टोपी, सेरामिक्स, कार्पेट र सवारी साधन र तिनका पार्टपुर्जाको निर्यातलाई ठूलो बढावा दिनेछ । यसको बदलामा भारतले न्यूजील्याण्डबाट आउने ९५ प्रतिशत सामानमा पनि छुट दिएको छ वा ट्यारिफ घटाएको छ ।
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
इजरायलमा नेतन्याहूलाई कडा चुनौती: दुई पूर्वप्रधानमन्त्री मिलेर घोषणा गरे नयाँ पार्टी
इरान–अमेरिका तनावबीच रुस पुगे अब्बास
इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प













प्रतिक्रिया