आजका समाचार : ओलीले मागे प्रतिवेदन, कर्णालीमा ठेक्का तोडिए, अमेरिका-इरान तनाव चर्कियो र विश्वकप समीकरण रोचक मोडमा « Khabarhub

आजका समाचार : ओलीले मागे प्रतिवेदन, कर्णालीमा ठेक्का तोडिए, अमेरिका-इरान तनाव चर्कियो र विश्वकप समीकरण रोचक मोडमा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त तुलसी सहकारीका १५८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएको जानकारी दिएकी छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रावलले सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको बताएकी हुन्।

उनका अनुसार तुलसी सहकारीका १५८ जना बचतकर्तालाई पनि सोही प्रक्रियाअनुसार बचत रकम फिर्ता गरिएको हो।

मन्त्री रावलले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको उल्लेख गरेकी छन्।

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

 मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र त्यससँग सम्बन्धित दस्तावेज उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा पत्र पठाएका छन् । पत्रमा उनले आयोगको निर्णय र निष्कर्ष विरोधाभासपूर्ण रहेको टिप्पणी गर्दै सत्यतथ्य थाहा पाउनु आफ्नो अधिकार भएको जिकिर गरेका छन् ।

पत्रमा पूर्वप्रधानमन्त्री ओलीले २०८२ साल भदौ २३ गते स्कुले बालबालिकालाई मानव ढाल बनाई संसद् भवनमा आक्रमण गर्ने, प्रहरी ब्यारिकेड तोड्ने र अराजकता फैलाउने कार्य भएको स्मरण गराएका छन् ।

सो घटनाको भोलिपल्ट भदौ २४ गते मुलुकभर आतङ्क फैलाई राज्यका तीन वटै अङ्ग, सुरक्षा निकाय, सरकारी भवन, राजनीतिक दलका कार्यालय, सञ्चार माध्यम र नेताहरूका निजी घरमा समेत आगजनी, तोडफोड र लुटपाट गरिएको उनले उल्लेख गरेका छन् । उक्त हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय मानव अधिकार आयोगले छानविन र अनुसन्धान गरेको कुरा सार्वजनिक भएको सन्दर्भ पत्रमा जोडिएको छ।

आयोगको बैठक नम्बर १७७ बाट भएको भनिएको निर्णयको सिफारिस खण्ड र तथ्य खण्ड आपसमा मेल नखाएको ओलीको दाबी छ । आगजनी गर्ने र राज्य संयन्त्र कब्जा गर्न खोज्नेहरूका विषयमा आयोग मौन रहेको र अमुक व्यक्तिसामु नतमस्तक भएको आरोप लगाउँदै उनले संविधानविपरीत कार्यको सिफारिस गर्ने पदाधिकारीहरूले आफ्नो अयोग्यता प्रदर्शन गरेको जनगुनासो सुन्नुपर्दा दुःख लागेको बताएका छन्।

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा
फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आज बिहान मेक्सिकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भएको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो ।

स्पेनका लागि आलेक्स बाएनाले गोल गरेका थिए । उनले खेलको ४२औँ मिनेटमा गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बनेको थियो ।

स्पेनले समूह चरणका तीनमध्ये दुईमा जित र एकमा बराबरी खेल्दै ७ अंक जोडेको छ । यसअघि दुई खेलमा बराबरी खेलेको पाराग्वे दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश
फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टन रंगशालामा आज बिहान भएको समूह एच को अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै केप भर्डेले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

योसँगै केप भर्डेले समूह चरणका आफ्ना तीनवटै खेलमा बराबरी खेलेको छ । यसअघिको पहिलो खेलमा स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो ।

आजको बराबरीसँगै तीन खेलबाट ३ अंक जोडेको केप भर्डे समूह उपविजेता बनेको छ भने पराजित भएको साउदी अरेबिया प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा न्युजिल्याण्डविरुद्ध बेल्जियमलाई १–० गोलको अग्रता, इरान र इजिप्ट १–१ गोलको बराबरीमा

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ ।

जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो ।

उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारीसाधनलाई बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

उनका अनुसार आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण प्रक्रियालाई केही ढिलाइ गर्न लगाइएको हो । समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्नेसमेत जनाएको छ ।

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

दरवाङमा सडक कालोपत्र गर्न थालियो

नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको घोषणा गरेको इरान समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

यसैबीच इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामका लागि प्रतिबद्ध नभएको उल्लेख गर्दै दोषारोपणको खेलले अबका दिनमा काम नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले वार्ताको प्रक्रिया चलिरेको समयमा इरान माथि अमेरिकाले पुनः आक्रमण गरेको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति वार्ता वा युद्धविरामको सिद्धान्तप्रति कुनै प्रतिबद्धता नभएको बताए ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यदि इरानसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति छ भने उनीहरूले फोन मार्फत पनि सल्लाह गर्न सक्ने बताए ।

उनले इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको विषयमा सम्मान गर्दै उनीहरूसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति रहेमा फोन मार्फत समाधान गर्नु पर्ने तर हिंसाको सामना हिंसाका साथ नै हुने बताए ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबिच त्रिपक्षीय फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका थिए।

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता













प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : ०७ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक