अमेरिका / क्यानडा « Khabarhub

उत्तर कोरियाली राजदूतावासमा छापा मार्ने पूर्व सैनिक अमेरिकामा पक्राउ

स्पेनको राजधानी मड्रिडमा रहेको उत्तर कोरियाको राजदूतावासमा गत फेब्रुअरी महिनामा छापा मारेको अभियोग लागेका अमेरिकी सेनाका पूर्व सैनिक अमेरिकामा पक्राउ परेका छन् । उनलाई बिहीबार पक्राउ गरी शुक्रबार क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा रहेको संघीय अदालतमा हाजिर गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा अमेरिकी सेनाको मरिनका पूर्व सैनिक क्रिष्टोफर एन रहेको बताइएको छ…