Live on
Your Voice, Your Power
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ । कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै खर्चबाट २० हजार रुपैयाँ खर्च गरेर पुल सजाएका छन ।…
काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्
गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ