आजका समाचार : सर्वोच्चको आदेशप्रति ओली आक्रोशित, शंकरको गृहजिल्ला दाङमा एमालेभित्रै भाँडभैलो, एनपीएलमा जनकपुर-पोखरा विजयी र इमरान खान जेलमा जीवितै, बहिनीले भेटिन् « Khabarhub

आजका समाचार : सर्वोच्चको आदेशप्रति ओली आक्रोशित, शंकरको गृहजिल्ला दाङमा एमालेभित्रै भाँडभैलो, एनपीएलमा जनकपुर-पोखरा विजयी र इमरान खान जेलमा जीवितै, बहिनीले भेटिन्


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शिक्षामन्त्री महावीर पुनले तिखो टिप्पणी गरेका छन्।

मधेश बस्नेतको फेसबुक स्टाटस शेयर गर्दै शिक्षामन्त्री पुनले आफूले राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको जस्तै कुरा गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। बस्नेतलाई भाइ सम्बोधन गर्दै टिप्पणी गरेका हुन्।

पुनले लेखेका छन्, ‘के के न आफूहरुले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले-म ता हाँसेरै मर्छु की क्या हो।’

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पतालको निरीक्षण

महाधिवेशनका लागि समय कम भयो : शशांक कोइराला

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् ।

एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको वन वातावरण तथा जलवायु परिवर्तन श्रोत पुस्तिका विमोचन कार्यक्रममा ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा सर्वोच्चले दिएको आदेश संविधानविपरीत रहेको बताए ।

उनले सर्वोच्चको आदेशमा असन्तुष्टि जनाउँदै संविधानले प्रदेश सरकार गठन भइसकेपछि एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था गरेको उल्लेख गरे । उनले सर्वोच्चको आदेश संविधानसँग बाझिएको जिकिर पनि गरेका छन् ।

आफूले फैसलाको सम्मान गर्ने भन्दै उनले अदालतले व्यक्तिभन्दा संविधान, कानुन, न्याय हेरेर फैसला गर्नुपर्नेमा जोड दिएका छन् ।

शंकर पोखरेलको गृहजिल्लामा एमालेभित्र भाँडभैलो, योग्यता नै नपुगेका ८ जना महाधिवेशन प्रतिनिधि

जन्मदिनको शुभकामना दिँदै ईश्वरले खोजे विष्णुको साथ

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

सरकारले खारेज गरेको भूमि आयोग यथास्थितिमा राख्न सर्वोच्चको आदेश

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

एमाले महाधिवेशन : उद्‌घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ

लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ । नेकपा ९एमाले०बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रूपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो।

समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन भएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

नेपाली नागरिक बोकेको बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

किसानको धान खरिदमा चुनौती

घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने

बजेट प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्रीको आग्रह

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने


जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

माज सदाकत र अनिश शाहको अर्धशतकसहितको लयको ब्याटिङले जनकपुरले जित निकालेको हो । माजले ३० बलमा ६३ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे । अनिल शाहले ३६ बलमा ६१ रन जोड्न ४ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर आशिफ शेखले १८, जान निकोल लोफ्टी-इटनले ११ र आदित्य महताले १८ रन जोडे ।

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

पोखराका रोसिङ्टनको अर्धशतक

पोखराले गुमायो दोस्रो विकेट

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक, एनपीएल अरु कसले हाने ?

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह

विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का

कुशलले छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

पोखराले गुमायो पहिलो विकेट, कप्तान भुर्तेल आउट

डविड र अर्जुनको बलियो साझेदारीले चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

कालो पट्टी बाँधेर मैदानमा उत्रिए जनकपुरका खेलाडी (तस्बिरहरू)

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

डविडको अर्धशतक, चितवनका ओपनरको बलियो साझेदारीले जनकपुरलाई विकेट लिनै सकस

१३ सय ५५ मध्ये ४५ खेलाडीको आधार मूल्य २ करोड, क्यामरुन ग्रीन सबैभन्दा चर्चित

रुस र अमेरिकाको आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता
संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने संकेत दिएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ ।

यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण–प्रतिबन्धको मानक नै खस्किन सक्ने र अप्रसार प्रयासमा गम्भीर असर पर्न सक्ने विज्ञहरूको आकलन छ ।

अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ‘अन्य देशहरूको परीक्षण कार्यक्रमका कारण’ पुनः परीक्षण प्रक्रिया तुरुन्तै सुरु गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेपछि तनाव बढेको हो । त्यसको जवाफमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा परिषद्लाई कुनै पनि देश(विशेषतः अमेरिकाले परीक्षण गरे रूस ‘पारस्परिक प्रतिक्रिया’ दिन बाध्य हुने चेतावनी दिए ।

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

भेनेजुएलाको आरोप : आइसिसी जिम्मेवारीबाट पन्छियो

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी






























प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ४७ बजे

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने

वैदेशिक रोजगार ऐन संशोधन गर्न माग

काठमाडौँ- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन

लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्नै नपाइने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गर्न

भन्सार विभागका १७१ कर्मचारी सरूवा

काठमाडौँ– भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय