आजका समाचार : तत्काललाई टर्‍यो माओवादीको संकट, जनार्दनलाई कारबाही भएन, बहुविवाहसम्बन्धी प्रस्तावले तात्यो संसद्, कक्षा १२ को नतिजामा सुधार | Khabarhub Khabarhub

आजका समाचार : तत्काललाई टर्‍यो माओवादीको संकट, जनार्दनलाई कारबाही भएन, बहुविवाहसम्बन्धी प्रस्तावले तात्यो संसद्, कक्षा १२ को नतिजामा सुधार


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तानमा अवतरण गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहरमा अवतरण गरेको हो।

उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार९मप०का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली पुगेका हुन्।

सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

कांग्रेससँग इतिहास मात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ : नेता सिंह

यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाऔँ : मन्त्री दाहाल

बहुविवाहलाई कानुनी मान्यता दिने कुनै कानुन ल्याईदैन : कार्यवाहक प्रधानमन्त्री सिंह

प्रधानमन्त्री ओली दुबई हुँदै तुर्कमेनिस्तान पुग्दै, यस्तो छ भ्रमण तालिका

माओवादी स्थायी समितिको २६ बुँदे निर्णय, सरकारको कडा आलोचना
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले चार दिनसम्म चलेको स्थायी समिति बैठकबाट विभिन्न बुँदे निर्णय गरेको छ।

बैठकपछि पेरिसडाँडामा माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारको कडा आलोचना गरेको छ।

माओवादीले यो सरकारले सहकारी ठगीमा आफ्ना नेता जोगाएर प्रतिपक्षीलाई मात्रै लगाम कसेको, लोडसेडिङ बढाउन थालेको, भिजिट भिसा प्रकरणमा आफ्ना नेतालाई जोगाएको, विद्यालय शिक्षा विधेयकमा ढिलाइ गरेको, त्रिभुवन विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको र सरकार दलाल तथा विचौलियासँग मिलेको आरोप पनि लगाएको छ।

जनार्दनले पार्टीको माइन्युटमा हस्ताक्षर गर्ने, कारबाहीबाट पछि हटे प्रचण्ड

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्न माग

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह

माओवादीले गर्‍यो गाजा क्षेत्रमा भइरहेको नरसंहारको विरोध

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह

पेरिसडाँडामा प्रचण्ड- गुटबन्दी हटेर पार्टी फेरि एक भएको छ, अब आन्दोलनमा जान्छौँ

सुनिता बरालले भनिन्- बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानुनमन्त्रीको जवाफ चाहियो
नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बरालले बहुविवाह असामाजिक र गैरकानूनी विषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी हुन् ।

गम्भीर विषयमा कानून निर्माण हुँदा वा संशोधन हुँदा संवेदनशील हुन र सामाजिक रुपमा उठेका विषयमा उनले सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै अन्य सांसदहरूले पनि बहुविवाहलाई वैधता दिने विषयमा भएका चर्चा परिचर्चाप्रति ध्यानाकर्षण भएको भन्दै कानूनमन्त्रीको जवाफ माग गरेका थिए ।

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

रास्वपा र राप्रपालाई कांग्रेस प्रमुख सचेतकको प्रश्न– भिजिट भिसा भनेको मानव तस्करी हो ?

‘प्रधानमन्त्रीले नै राप्रपा र रास्वपालाई संविधान विरोधी भन्नु खेदजनक’

बहुविवाहको प्रावधानबारे विवाद पुग्यो संसद्‍मा : महिला सांसदहरूले मागे सरकारसँग जवाफ

भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै बिर्सिँदैनन् : रास्वपा

पानी प्रशोधन प्रणाली सुदृढ गर्न सरकारसँग माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले पेस गरे दाबी
नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गरेका हुन् ।

बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेको उनीनिकट कार्यकर्ताहरू तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

तस्बिरमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितका नेताहरू पनि देखिएका छन् ।

धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह

राष्ट्रपति पौडेलले गरे वसन्तपुर क्षेत्रको अवलोकन

गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

एक वर्षमा पौने तीन लाख नेपाली भिजिट भिसामा बाहिरिए
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्य मूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ ।

फाइल फोटो

भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन् । सरकारले यसमा सुधारका लागि छानबिन समिति गठन गरी काम सुरु गरिसकेको छ । अर्कोतिर यही प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा दुई राजनीतिक दलले बैठकलाई अवरोध गर्दै आएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नेपाल प्रवेश गर्ने वा नेपालबाट बाहिरिने यात्रुहरूको राहदानी, भिसा र अन्य कागजातको जाँच गरी आधिकारिकता प्रमाणित गर्ने काम गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा अर्थसमक्ष २१ सय जनशक्ति थप्न प्रस्ताव 

जिरीका आलु सस्ता, किसान मर्कामा

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

पहिरोले बुटवल–नारायणगढ सडक अवरुद्ध

बडिमालिका तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)

सिन्धुलीस्थित मूलकोटडाँडाबाट देखिएको सुनकोसी नदीको दृश्य (तस्बिरहरू)

गाजा युद्ध अन्त्य गरिदिन इजरायलका ५ सय ५० जना पूर्व सुरक्षा अधिकारीले लेखे ट्रम्पलाई पत्र
गुप्तचर निकायका पूर्व प्रमुखसहित सयौं सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सरकारलाई दबाबसहित सहयोग गर्न आग्रह गरेका छन् । हमासले अब इजरायलका लागि रणनीतिक खतरा पैदा गर्दैन भन्ने व्यावसायिक निर्णय गरेको पूर्व अधिकारीहरूले सोमबार मिडियामा पेस गरेको खुला पत्रमा लेखेका छन् ।

सुरुमा युद्ध न्यायपूर्ण रक्षात्मक युद्ध भएपनि हाल युद्ध न्याय विपरित भएको शिन बेट सुरक्षा सेवाका पूर्व निर्देशक अमी अयालोनले बताएका छन् ।

प्यालिस्टिनी लडाकु समूहसँगको लडाइमा इजरायलले आफ्नो सुरक्षा र पहिचान गुमाइरहेको अयालोनले पत्रको साथमा जारी गरिएको भिडियोमा बताएका छन् । शिन बेट र मोसाद जासुसी एजेन्सीका पूर्व प्रमुखसहित ५ सय ५० जनाले हस्ताक्षर गरेको पत्रमा ट्रम्पलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि ‘नेतृत्व’ गर्न आह्वान गरिएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको घातक आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य कारबाही सुरु गरेको थियो ।

बेइजिङमा घातक बाढी : आँधीको सम्भावनापछि सतर्कता बढाइयो

अशक्त इजरायली बन्दीको भिडियो : जो खान नपाएर रोइरहे

आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता

रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण

अमेरिकी विशेष दूत विटकोफले आगामी साता रुस भ्रमण गर्ने ट्रम्पद्वारा पुष्टि

विदेशी हस्तक्षेपको आरोपमा अस्ट्रेलियामा चिनियाँ नागरिकमाथि मुद्दा दायर

१७०० करोड भारुमा बन्दै छ कोसी नदीमा १० किलोमिटर लामो पुल, दुर्घटनाको पुरानो भिडिओ भाइरल

पाकिस्तानमा बाढीका कारण, १ सय ४० बालबालिकासहित २ सय ९९ जनाको मृत्यु































प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ०२ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको