साप्ताहिक ब्रिफिङ : एमाले विधान महाधिवेशनमा व्यस्त, रामहरि फेरि सभापति, बन्द भए फेसबुकसहितका सामाजिक सञ्जाल र ट्रम्पले पुटिनसँग फोनवार्ता गर्ने | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : एमाले विधान महाधिवेशनमा व्यस्त, रामहरि फेरि सभापति, बन्द भए फेसबुकसहितका सामाजिक सञ्जाल र ट्रम्पले पुटिनसँग फोनवार्ता गर्ने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द !  खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

एमालेको झोलामा के छ ?

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट ८६ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरिँदैछ ।

विधान महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको ‘विधान संशोधन प्रस्ताव’ र महासचिव शंकर पोखरेलले तयार पारेको ‘संगठनात्मक प्रस्ताव’ पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

तीनवटै प्रस्तावहरु केन्द्रीय कमिटीबाट पारित भई पुस्तकका रुपमा प्रकाशित गरेर सहभागीलाई झोलासहित वितरण गरिएको छ ।

विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा १६ वटा विषयहरु समेटिएका छन् । ओलीले राष्ट्र, समाज, उत्पादन पद्दति, जनसंख्या र वर्ग संरचनालाई समेत समेटेर नेपालको इतिहासको व्याख्या गरेका छन् ।

एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन

अब शुल्क तिर्न तयार व्यक्ति मात्रै एमाले सदस्य हुन सक्ने, कमिटीको उम्मेदवार हुन तालिम चाहिने

यी ६ कामबाट एमालेलाई बहुमतसहितको निर्णायक शक्ति बनाउने योजना सुनाए ओलीले

ओलीको विश्लेषण- कांग्रेसको नीतिले समृद्धि आउँदैन, माओ‌वादी पूरै असफल, रास्वपा जसरी आयो, त्यसैगरी सेलायो

ओलीको प्रतिवेदन वाचन गर्दै उपमहासचिव ज्ञवाली, यस्तो छ नेपाली विशेषताको समाजवादको अवधारणा

यस्तो देखियो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

ओलीको गुनासो- कार्यकर्ता बेलगाम भए, अराजक हुन पाउँदा रमाउँछन्

प्रधानमन्त्रीले भने- ०८४ मा एमालेले एकल बहुमत ल्याउँछ

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा निर्विरोध चयन

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन् ।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।

बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले समर्थन जनाएका थिए ।

सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग

जब सचिवालय बैठकमा एकपछि अर्को नेता विद्याको पक्षमा बोले…

महाधिवेशन प्रतिनिधिलाई विद्याको अपिल : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)

कर्णबहादुर थापाको फरक मत : नेतृत्व सच्चिएर आत्मसमीक्षा नगरे एमाले गम्भीर संकटतिर जाँदैछ

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन

सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले खबरहबलाई बताएअनुसार मेटाका प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

‘मेटाका प्रतिनिधिले सूचीकरणमा जानका लागि आवश्यक प्रक्रिया र कागजपत्रबारे जिज्ञासा राख्दै सम्पर्कमा आएका छन्’, ठाकुले भने, ‘तर उनीहरू औ‍पचारिक रुपमा निवेदनसहित आएका छैनन् । उनीहरूले चासो राखेपछि हामीले आवश्यक प्रक्रिया बताइदिएका छौँ ।’

ठाकुरका अनुसार सूचीकरणका लागि आवश्यक कागजपत्र र कानुनी प्रक्रियाको विवरण मेटालाई बिहीबार नै पठाइएको छ ।नेपालसहित विश्वभर सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जालमध्ये एक फेसबुक रहेको छ। तर फेसबुकको मातृसंस्थालाई पटक पटक आग्रह गर्दा पनि सूचीकरण हुन अस्वीकार गर्दै आएको थियो ।

सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा

सञ्चार मन्त्रालय भन्छ : निष्क्रिय गरिएका सामाजिक सञ्जाल सूचीकरण गराएमा खुल्छन्

काठमाडौंका ३० प्रतिशत व्यवसायी फेसबुकमा निर्भर, हतारको निर्णयले अपराध बढ्ने चेतावनी

सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन सर्वोच्चको आदेश

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय 

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आईसपीलाई प्राधिकरणको पत्र

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने

दशैं– तिहार मनाएर माओवादीले सरकारविरुद्ध आन्दोलन थाल्ने

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ठूला चाडपर्व (दशैँ-तिहार) पछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएर सुशासन कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादोन्मुख राज्यव्यवस्थाका स्वरुप र त्यसका प्रष्ट दृष्टिकोणबारे जनमत सिर्जना गर्दै जाने उनले बताए ।

त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुन सुरु हुने पार्टीको मध्यपहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको उनले जानकारी दिए । उनले अभियानका सन्दर्भमा ठूला सभाभन्दा अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको उल्लेख गरे ।

प्रवक्ता सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अध्ययन गर्ने उल्लेख गर्दै प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर उद्यत भएको देखिएको बताए ।

नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङले लगाए दर्ज्यानी चिह्न

कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत

माओवादीले भन्यो- सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो

अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् । काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘उत्साहका लागि लाल सलाम भन्न चाहन्छु । मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ ।’

उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै भने, ‘यदि जनयुद्धमा हजारौँ, लाखौँ महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन ।’

प्रचण्डले जनयुद्धको सुरुवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै भने, ‘यदि उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो ।’ उनले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । ‘म यो विश्वास लिएको छु कि तपाईँहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्व भइरहेको सड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,’ उनले भने ।

सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा जनजागरण अभियान सुरु

समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न प्रचण्डको आह्वान

भारतका प्रधानन्यायाधीश नेपालमा 

देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु

रामहरि खतिवडाले गरे संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता

रास्वपाले उम्मेदवार छान्नेबित्तिकै झमेला, के गर्दैछन् अरु दल ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै विवाद उत्पन्न भएको छ । रास्वपाले उम्मेदवार घोषणा गरेका डा. लेखजंग थापाले ‘बहुविवाह’ गरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।

रास्वपाले आइतबार डा. थापालाई उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको थियो । थापा ०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट समानुपातिक उम्मेदवार थिए । बहुविवाह’को विवाद देखिएपछि उम्मेदवार थापाले सोमबार दिउँसो २ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन अचानक स्थगित भएको थियो ।

रास्वपाका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमलाई ‘ह्वाट्स एप ग्रुप’मार्फत् सन्देश पठाउँदै भनेका छन्, ‘विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको छ। असुविधाका लागि क्षमा चाहन्छौँ ।’

त्यो सन्देश पठाउनुभन्दा झण्डै डेढ घण्टा अघि उनैले उम्मेदवार थापाका पत्रकार भेटघाट तथा अन्तरक्रियामा उपस्थितिका लागि भन्दै सूचना दिएका थिए ।

एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने 

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

कोशीका मुख्यमन्त्रीसँग भौतिक मन्त्रीको टकराव, संघबाट गएका सचिवले २० दिनदेखि हाजिर गर्न पाएनन्

संघीय सरकारको गत साउन २६ गतेको निर्णयअनुसार कोशी प्रदेशको सचिवका रुपमा सरुवा भएका एकजना कर्मचारी मन्त्रीले हाजिर गराउन नमान्दा जिम्मेवारीविहीन भएर बसेका छन् ।

कोशी प्रदेशमा सरुवा पछि मुख्यमन्त्रीको कार्यालयले सचिव मिलन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय खटाउने निर्णय गरेको थियो । तर मुख्यमन्त्री कार्यालयको निर्णयलाई अस्वीकार गर्दै मन्त्री भूपेन्द्र राईले आचार्यलाई हाजिर गराउन नमानेका हुन् ।

साउन २६ को संघीय सरकारको निर्णयअनुसार कोशी पुगेका सचिव आचार्य करिब २० दिनदेखि कामविहीन भएर मुख्यमन्त्रीको कार्यालयमा थन्किएर बसेका छन् । प्राविधिक सचिवका रुपमा रहेका आचार्यलाई आफ्नो मन्त्रालयमा खटाउने मुख्यमन्त्रीको कार्यालयको निर्णयलाई मन्त्री राईले अस्वीकार गर्दै सरकारको नेतृत्वलाई चुनौती दिएका हुन् ।

‘संघीय सरकारले कोशीमा पठाएपछि आचार्यलाई मुख्यमन्त्रीको कार्यालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा खटाउने निर्णय भएको थियो’, स्रोतले भन्यो, ‘तर भौतिक मन्त्री राईले मुख्यमन्त्रीको उक्त निर्णयलाई अस्वीकार र आपत्ति व्यक्त गरेर सचिव आचार्यलाई हाजिर गराउनु भएन ।’

प्राविधिक सचिवको दरबन्दी भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै खाली छ । तर आचार्यलाई त्यहाँ पठाउन खोज्दा मन्त्री राईले मानेका छैनन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- तपाईँहरू लगानी गर्न तयार हुनुस्, वातावरण हामी बनाउँछौ

भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना छ
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो ।

समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।

पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ । यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसमक्ष यसबारे कुरा राखेका थिए । भारत अधिनस्थ लिपुलेकमा नेपालको दाबीलाई नयाँ दिल्लीले अस्वीकार गर्दै आएको छ ।

सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई सरकारले दिएको अल्टिमेटम जनहित विपरीत : रास्वपा

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा 

राष्ट्रिय सभाबाट पारित भएको निजामती सेवा विधेयक प्रतिनिधि सभामा टेबुल हुने

नक्सांकन कार्यमा ढिलाइ : समय सीमा थप गर्न सांसद राणाको आग्रह

सुरेन्द्र पाण्डे भन्छन्- संविधानले रोकेको छैन, पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्काउँछौँ
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टीको राजनीतिमा सक्रिय बनाउन सफल हुने बताएका छन् ।

काठमाडौँमा आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन कुनै प्रतिबन्ध नगरेको स्पष्ट पारे ।

पाण्डेले भने, ‘राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले कतै रोकेको छैन । संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा लाग्न र राजनीति गर्न निषेध गरेको छैन।’

राष्ट्रपति बनेपछि मनोनीत, नियुक्त वा निर्वाचित पद भने त्यही अवस्थामा खाली हुने व्यवस्था भए पनि संविधानमा पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा प्रवेश गर्न रोक्ने प्रावधान छैन ।

‘नेपाल असंलग्न नीतिमै छ, चीनको जीएसआईमा समर्थन गरेको छैन’

राजन भट्टराई भन्छन्- लिपुलेक नेपालको भूमि हो, चीनले हामीलाई सघाउनु पर्छ

‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

सांसद श्रेष्ठको व्यङ्ग : भ्रष्टाचार, अत्याचार बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ

लेखजंगको उम्मेदवारी तलमाथि नहुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा उपनिर्वाचनका लागि अघि सारेका डा। लेखजंग थापाको उम्मेदवारीबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले गत साउन ४ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको प्रावधानलाई हेरेर सामाजिक सञ्जालमा थापाको उम्मेदवारीबारे चर्चा चलिरहेको हो ।

प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश गरिएको नाम यथावत रहेका कारण उनी आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने देखिएको हो । उक्त विज्ञप्तिमा ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको’ उल्लेख छ ।

त्यही बुँदालाई ‘हाइलाइट’ गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बिहीबार बिहानैबाट थापाको तस्बिर राखेर उम्मेदवारीबारे प्रश्न गरिरहेका छन् । थापाको नाम नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश थियो ।

बदन भण्डारीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

सहकारी ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक : मन्त्री अधिकारी

दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको संकेत 

नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण  

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् दिगो हुँदैन : मन्त्री खड्का

पूर्व राष्ट्रपतिको सदस्यता विवाद होइन, आकाङ्क्षा र निर्णयबीच अन्तर विरोध हो : एमाले महासचिव

‘प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठा बढेको छ’

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि
आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ ।

खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो रु पाँच छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात छुट पाइनेछ ।

लुम्बिनी प्रदेश : विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

उपत्यका प्रहरीको उर्दी- राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाऔँ
नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लाएर खाना नपकाउन ‘उर्दी’ जारी गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको हो ।

प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नसमेत भनेको छ ।

सूचनामा मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगेर चालु गर्न पनि भनिएको छ ।

देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु

होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

‘प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठा बढेको छ’

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निर्माण गरिँदै

झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो

पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत र चीनलाई ट्यारिफको नाममा धम्क्याउने काम रोक्न चेतावनी दिएका छन्। उनले भारत र चीन दुवै देशहरू धम्कीबाट डराउने राष्ट्रहरू नभएका पनि बताएका छन् । चीनको भिक्ट्री डे परेडमा सहभागी भएपछि बुधबार मिडियासँग कुरा गर्दै पुटिनले भने, ‘ट्रम्प भारत वा चीनसँग यस किसिमले कुरा गर्न सक्दैनन्।’

रूसी राष्ट्रपति पुटिनले भारत र चीनको इतिहास कयौँ आक्रमणहरूले भरिएको पनि बताए । यदि यी देशका नेताले कमजोरी देखाए भने उनको राजनीतिक करिअर समाप्त हुने पनि बताएका छन् ।

ट्रम्पले पटक–पटक आरोप लगाउँदै तेल खरिद गरेर भारतले युक्रेन युद्धमा रूसलाई साथ दिइरहेको बताइरहेका छन् । ट्रम्पले आफ्नो ट्यारिफलाई युद्ध रोक्ने हतियारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो

उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम

भारत जाने नेपाली र भुटानी नागरिकले यी दस्तावेज बोक्नैपर्ने

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु

गाजा- इजरायली फौजले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको । आक्रमणमा अरु धेरै घाइते भएको चिकित्सा स्रोतहरूले जनाएका छन् ।

गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीहरूको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् ।

आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा एक जनाको मृत्यु हनुका साथै अन्य केही घाइते भएको जनाइएको छ । गाजा सहरको दक्षिणमा ताल अल हवा र साब्राका घरहरूमा भएको इजरायली हवाई आक्रमणमा थप पाँच प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा

अमेरिकी करबीच भारतीय सौर्य उद्योग चीनसँग प्रतिस्पर्धा गर्दै

श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

अदालतको फैसलाअघि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनले अचानक देश छाडे

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : ०९ बजे

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु

एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, ८ सहरमा लगिने (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर