प्रधानमन्त्री भन्छन्- एमाले सिद्याउन खोज्नेहरू नै फेल भए

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिद्ध्याउँछु भन्ने स्वार्थी तत्त्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन् ।
नेकपा (एमाले) को रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्त्वहरूले एमालेलाई विभाजनको कोसिस गर्नेहरू असफल भएको टिप्पणी गर्दै भने, ‘एमालेलाई सिद्ध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्य रेखा हामी आफै कोर्छौँ । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’
शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिहरहनु पर्दैन : प्रधानमन्त्री
प्याण्डोराको बाकस खोलेजस्तो प्रतिगमनका लागि ढोका खुल्दैनः प्रधानमन्त्री
सिके राउतसँग मिल्न रेशमको एकलौटी, रिसाइन् रञ्जिता
‘चैत १५ को घटनामा प्रसाईंसँगै ज्ञानेन्द्र शाहलाई पनि कठघरामा तानौँ’
रास्वपाको तर्क : रविको मुद्दा झूटो, प्रहरीको ज्यादती
राजा फर्काउने जगमानको अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी
बालुवाटारको भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी
प्रसाईं पक्राउपछि गृहमन्त्री भन्छन्- अनुसन्धान जारी छ, अझै अरू पनि तानिन्छन्

गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रर्दशनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन् ।
उक्त प्रर्दशनमा मुख्य आरोपी दुर्गा प्रसाइलाई पक्राउ गरिएको जानकारी दिदैं गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरु पनि पक्राउ पर्ने क्रम जारी रहेको उनले बताए ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले उक्त घटनामा अरोपित पक्राउ गर्ने क्रम र अनुसन्धानको क्रम जारी रहेको जानकारी दिए ।
गृहमन्त्रीले भने- तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ, व्यक्तिगत खर्च भए फिर्ता हुन्छ
ओलीको कार्यशैलीबाट दिक्क गगन, भन्छन्- बिँड तातेर के गर्नु, ताप्के नै तात्दैन
८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : गगन थापा
गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ?
राष्ट्रपति पौडेलले भने- संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिबद्धता छ
तयारी नपुगेकाले कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र हुँदैन : प्रवक्ता महत
उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री
आर्थिक कूटनीतिलाई अघि बढाएका छौँ : परराष्ट्रमन्त्री
समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्रीको प्रतिबद्धता
पूर्वराजाका नाममा अराजकता स्वीकार्य छैन, मृत भइसकेको राजतन्त्र फिर्ता हुँदैन : उपाध्यक्ष ज्ञवाली
समकक्षी अधिकारी र प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए भारतीय कृषिमन्त्री चौहान
भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान दुई दिने नेपाल भ्रमण सकेर फर्किएका छन् ।

काठमाडौंमा आयोजित तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बीएएमएम) मा सहभागिता जनाउन उनी मंगलबार नेपाल आएका थिए ।
बितेका एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चको रूपमा उदय भएको सन्दर्भमा यो बैठक भएको हो ।
समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता हो : उपराष्ट्रपति यादव
आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगे रवि
सञ्चारमन्त्री भन्छन्- संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ
माया लागे पूर्वराजाले आफ्नो सम्पत्ति जनतालाई दिउन् : सिटौला

नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले साँच्चिकै जनताको माया लाग्छ भने आफ्नो सम्पत्ति जनतालाई दिन पूर्वराजालाई चुनौती दिएका छन् ।
नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा बिहीवार राजधानीमा आयोजित ‘संघLय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सबै सम्पत्ति जनतालाई बाँड्न चुनौती दिएका हुन् ।
कार्यक्रममा उनले भने, ‘‘साँच्चिकै जनताको माया लाग्छ र कल्याण गर्न मन भए उनको सम्पती जनतालाई दिए भो नि ! आँट छ ? हिम्मत छ ?’’ उनले अब राजतन्त्र र राजा सुन्दा मात्रै मजा आउने दन्ते कथा भइसकेको टिप्पणी गरे ।
बाँके र बर्दिया आउन चाहे कर्णालीमा स्वागत गर्छौँ : मुख्यमन्त्री कँडेल
मुख्यमन्त्री कँडेलको एक वर्ष : सडक निर्माण र भूकम्पको पुनर्निर्माण (पूर्णपाठ)
शिक्षामन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच छलफल जारी
‘मुलुकको समान विकासका लागि संघीय शासन प्रणाली बलियो बनाउनुपर्छ’
प्रचारबाजी हैन जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
माओवादी उपाध्यक्षले भेटे पत्रकार रजकको परिवारलाई
नवनिर्वाचित अध्यक्ष मिश्र भन्छन्- संविधान संशोधनमा बारले रचनात्मक भूमिका खेल्छ

नेपाल बार एशोसियशनकाे नव अध्यक्ष विजय मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिस्पर्धी रमण श्रेष्ठलाई अत्यधिक मतले पराजित गरेर विजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन् ।
नेपाल बारमा कांग्रेस एमालेका प्यानलै विजयी, अबको नेतृत्व विजय मिश्र
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
राजनीतिक अस्थिरता देश विकासमा बाधक बनेको छ : शंकर पोखरेल
भक्तपुरमा बिस्का जात्राको उल्लास (तस्बिरहरू)

आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा बिहीबारबाट सुरु भएको छ ।
बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।
भृकुटीमण्डपमा फूलदेखि जडीबुटीसम्मको मेला (तस्बिरहरू)
भूकम्प प्रभावित म्यानमारलाई नेपालको २७ टन राहत
सदर चिडियाखाना अब बेलुका ८ बजेसम्म सञ्चालन हुने
काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो ।
बालेनका स्वकीय सचिव र नगरप्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग
खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस
गण्डकी प्रदेशसभा : दश विधेयक विषयगत समितिमा
एमाले नेता सूर्य थापालाई मार्ने धम्कीसहितको म्यासेज, पक्राउ परे २९ वर्षीय युवक
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।
प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ ।
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
म्याद दिँदै अदालतले भन्यो- क्यान्सरका बिरामी प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू
रवीन्द्र मिश्र र धवल शमशेर थप १५ दिन हिरासतमा रहने
तीनकुने प्रकरणमा कांग्रेस सांसद यादव- म मन्त्री भए दुर्गा प्रसाईंमाथि गोली हान्न आदेश दिन्थेँ
तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत, सविनकी श्रीमतीलाई जागिर
दशौँ दिन पनि सडक छाडेनन् शिक्षकले (तस्बिरहरू)

दश दिनदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज दशौँ दिन पनि शिक्षकहरू आन्दोलित भएका हुन् ।
सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।
चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज दशौँ दिन पनि जारी, माग पूरा नभए नफर्किने चेतावनी शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलन उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् ।
कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान
आफू अतिथि भएको कार्यक्रममा उपस्थित नभएका ऊर्जा सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण
मुन्धुम पदमार्गमा असुरक्षित पर्यटक : चखिया घुम्न जाँदा मरनासन्न हुने गरि कुटिए भारतीय युवा

पछिल्लो केही वर्षयता माझ किरातको भूगोलमा पर्यटक तान्ने माध्यम बनिरहेको मुन्धुम पदमार्गकै बदनामी हुने गरि एउटा घटना बाहिरिएको छ ।
भोजपुर सदरमुकाम आयोजित एक नृत्य प्रतियोगितामा भाग लिन आएका भारतीय भ्लगर रतुल रोक्स मरनासन्न हुने गरी चार दिनअघि कुटिएका हुन् ।
यसअघि पनि पटक पटक विवादित भएर पक्राउसमेत परिसकेका सन्तोष चाम्लिङ राईसहितका युवाले भोजपुरको चखियामा ती भारतीय युवालाई कुटपिट गरेका हुन् ।
भारतीय भ्लगर तथा नृत्यकार रोक्सले भोजपुरबाट ज्यान बचाएर देश फर्किएपछि उक्त घटनाको खुलासा गर्दै भिडियो बनाएका छन् । उनले आफूलाई ती सन्तोष नाममा युवासहित ६ जनाले ‘काले’ भन्दै वर्णविभेद गरेर बोलाएको पनि उनले भिडियोमा खुलाएका छन् । चखिया घुमेर ओरालो फर्किने क्रममा सन्तोषसहितले आफूलाई मरनासन्न हुने गरी कुटेको कुरा उनले आफ्नो भिडियोमा उल्लेख गरेका छन्।
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई सरकारी दक्षता विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् । हेगसेथले अघिल्लो प्रशासनबाट कार्यक्रमहरू जरैदेखि उखेलेर फाल्न डोजको पहुँच व्यापक हुने बताएका छन् ।
गत महिना उनले जलवायु परिवर्तन र विविधता, समानता र समावेशीकरण डीईआई क्षेत्रसँग सम्बन्धित अनुदानसहित पाँच करोड ८० लाख डलर अमेरिकी डलर खर्च अन्त्य गर्न आदेश दिएका थिए ।
हेगसेथले बिहीबार सार्वजनिक गरेको एक भिडियोमा विभागले ‘डीईआई, जलवायु, कोभिड–१९ प्रतिकार्य र सम्बन्धित गैर–आवश्यक गतिविधिका लागि ११ वटा सम्झौता’ अन्त्य गर्न लागेको बताएका छन् ।
व्यापार युद्ध चुलिँदै गर्दा चीनले पनि भन्सार शुल्क बढायो
ओबामा दम्पत्तिको सबन्धविच्छेद हुन लागेको हो ?
अन्तर्राष्ट्रिय बजारमा सुनले राख्यो कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?
चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता
ट्रम्पले भन्सार महशुल बढाएपछि चिनियाँ राष्ट्रपति सीले भियतनाम, कम्बोडिया र मलेशियाको भ्रमण गर्ने
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
चीनको चोङकिङमा माओवादी र सिपिसीका नेताबीच भेटवार्ता
अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
अमेरिकालाई चीनको जवाफ- हामी डराउँदैनौँ, कसैसँग झुक्दैनौँ

अमेरिकाले लगाएको एकपछि अर्को करलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले सामाजिक सञ्जालमा भनेकी छन्, ‘चीन पछि हट्नेवाला छैन ।’
उनले कोरियाली युद्धका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओत्से तुङको एक पुरानो भिडियो पोस्ट गरेकी छन् ।
युक्रेनको दाबी- रूसका लागि युद्ध लड्दैछन् चिनियाँ नागरिक, दुईजना समातिए
अमेरिकाले अरु करहरूको पनि समीक्षा गरोस् : जापान
ट्रम्पको ट्यारिफ स्थगनको निर्णयपछि शेयर बजार चुलियो
जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने
प्रतिक्रिया