साप्ताहिक ब्रिफिङ : संसदमा विरोध यथावत्, प्रसाईँ जेलतिर, भारतमा भयानक विमान दुर्घटना र मध्यपुर्वमा युद्धको त्रास | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : संसदमा विरोध यथावत्, प्रसाईँ जेलतिर, भारतमा भयानक विमान दुर्घटना र मध्यपुर्वमा युद्धको त्रास


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास र आर्थिक क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।

नेपाल कसैको मातहतमा रहँदैन, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए ।

‘दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधीनता बचाएका हुन्’, काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने । उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ : प्रधानमन्त्री ओली

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक

देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो : संस्कृतिमन्त्री पाण्डे

महासचिव पोखरेलको गृहजिल्लाबाट एकसाथ ७० नेता-कार्यकर्ताले छाडे एमाले

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन आफ्नो कारण प्रभावित नहुने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधबीच बोल्ने क्रममा उनले आफूलाई राजनीतिक रुपमा फसाउन खोजिएको पनि बताएका छन् ।

‘भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएका कर्मचारी जोडिँदैमा मेरो संल्नता भएको भनेर मलाई बदनाम गर्न खोजियो’, उनले भने, ‘उक्त प्रकरणमा मेरो संलग्नता एक छैन, दुई छैन, तीन छैन। यसमा म प्रष्ट छु ।’

गृहमन्त्रीको तर्क- म न्यूनतम् नैतिक आचरणमा बस्ने मान्छे हो, भिजिट भिसा प्रकरण समाचार पढेर थाहा पाएँ

रास्वपा सांसदहरूलाई होच्याउँदै लेखकले भने : सा-सानो कक्षमा पढ्दै गरेका नानीबाबु

भिजिट भिसा प्रकरणमा कुनै दल गम्भीर देखिएनन् : स्वर्णिम वाग्ले

माओवादीका हितराजको माग- भिसा प्रकरणमा समिति बनाउनुपर्छ

मा‌ओवादीले खुट्टा झिकिसकेपछि मधेशी मोर्चाले भन्यो- भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्छ

संसद्को रोचक दृश्य : मौनधारण गराएर सभामुखले चुप बनाए नारा लगाइरहेका रास्वपा सांसद

रास्वपाले भन्यो- माओवादीसँग अहिलेलाई डिभोर्स भयो, दुई बुँदेमा हाम्रो सहमति छैन

राजेन्द्र लिङ्देनले भने- माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो

माओवादीले संसद्‍मा भन्यो- सरकारले भ्रष्टाचारको छानबिन गर्ने विश्वासमा संसद् खोलेका छौँ

राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

कृषिमन्त्रीको जवाफ- सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छ

पुनः स्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छ : मन्त्री पौडेल

‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलबीच सहकार्यमा जोड’

भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

मानव तस्करीको आरोपबारे आरजु : करोड-करोड तिर्दा रहेछन्, शिक्षक पनि जागिरै छाडेर हिँड्ने रहेछन् !

सन्‌ २०२४ जुलाईमा संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले ‘मानव बेचबिखन प्रतिवेदन,२०२४’ सार्वजनिक गर्‍यो ।

उक्त प्रतिवेदनसँगै अमेरिकाले मानव बेचबिखनमा नेपालकेन्द्रित प्रतिवेदन पनि जारी गर्‍यो । प्रतिवेदनमा नेपाल सरकारले बेचबिखन उन्मूलनका लागि न्यूनतम मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाउँदै नेपाललाई निगरानी सूचीमै राखिदियो ।

प्रतिवेदनमा अमेरिकाले यतिसम्म लेखिदियो कि नेपालका केही प्रहरी र राजनीतिक नेताहरू यौन प्रयोजनका लागि मानव तस्करीमा सङ्लग्न छन्‌, त्यस्तो तस्करीमा आर्थिक पक्ष जोडिएको छ ।

आरजुले भनिन्- अवैध रूपमा विदेश पुगेका नेपालीबारे अध्ययन भइरहेको छ

सगरमाथा संवादको उपलब्धि के ? संसदीय समितिमा आरजुको जवाफ – ‘राम्रो डायलग र छलफल भयो’

इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक

श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्‍याउनुपर्ने

सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. मिश्र नियुक्त

‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’

बालेनविरुद्ध अख्तियारमा उजुरी, एक करोडको लिफ्ट जोड्दा भ्रष्ट्राचार गरेको आरोप
अखितयार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ९बालेन०विरुद्ध उजुरी परेको छ । युवराज सफलले बिहीबार मेयर शाहविरुद्ध महानगरपालिका कार्यलयमा जडान गरिएको ‘लिफ्ट’ मा अनियमितता भएको दाबी गर्दै अख्तियारमा उजुरी दायर गरेका हुन् ।

उजुरीमा केही महिना अघि महानगरमा प्रतिस्पर्धा, टेण्डर र कोटेसन बिना झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको ‘लिफ्ट’ जडान गरेको दाबी सफलले गरेका छन् ।

‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेको प्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११० बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा बिना टेण्डर र बिना कोटेसन अपारदर्शी अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो,’ उनले उजुरीमा लेखेका छन् ।

सूर्यविनायक-साँगा सडक सीमाभित्र बनेका संरचना भत्काइँदै (तस्बिरहरू)

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईँको पनि उपस्थिति रहेको थियो।

निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू) 

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

रास्वपा सांसदले राज्यकै निकायको मिलेमतोमा नागरिक बेचिए भनेपछि सांसदहरूबीच भनाभन

अदालतमा अनुपस्थित भएपछि मिश्र र राणाविरुद्ध जारी गरिँदै पक्राउ पुर्जी

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनमा हिंसा भड्काउन भीड उचालेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई नेतालाई पक्राउ पुर्जी जारी गरिने भएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवम् सांसद धवलशमशेर राणाविरुद्ध फरार अरोपीका रूपमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न लागिएको हो ।

‘मुद्दा अदालतमा लैजाँदा अनुपस्थित रहेका उनीहरूलाई उपस्थित हुन म्यादसहित पक्राउ पुर्जी जारी हुन्छ’, जिल्ला अदालत काठमाडौंका एक अधिकारीले भने, ‘यदि ७ दि‌नभित्र पक्राउ परेनन् भने घर वतनमा ७० दिने म्याद तामेल हुन्छ ।’

उनका अनुसार उक्त म्यादभित्र पनि दुवैजना हाजिर भएनन् भने पक्राउ गरेर अदालतले बिहीबार राति दिएको आदेशअनुसार पुर्पक्ष अघि बढाइनेछ ।

पोखराको पर्यटन बसपार्कमा कालो नम्बर प्लेट निषेध, चर्कियो असन्तोष

गण्डकीमा रोजगारी, लगानी र उद्यमशीलताको सम्भावना खुम्चिँदो 

एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न इजाजत

बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

इरानमाथि इजरायली आक्रमणपछि विश्वको सन्देश : द्वन्द्व नबढाऊ

इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या गरेपछि विश्व नेताहरूले शुक्रबार संयम अपनाउन आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई इजरायलले इरानमाथि आक्रमण गर्नेभन्दा पहिले नै आफूलाई जानकारी भएको बताए । उनले भने, “इरानसँग आणविक बम हुन सक्दैन र हामी वार्ता टेबलमा फर्कने आशा गर्दैछौँ । हेरौँ के हुन्छ ।” फक्स न्युजले ट्रम्पले इरानले बदला लिएमा अमेरिका आफू र इजरायलको रक्षा गर्न तयार रहेको पनि बताएको पनि उल्लेख गरेको छ ।

इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए

इरान सङ्कटबीच ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन

इजरायलले इरानमाथि आक्रमण गरेसँगै ‘शान्ति स्थापक’ बन्ने ट्रम्पको वाचामा ठूलो धक्का

मोसादका जासुसले लुकाएर लगेका हतियारले इरानी भूमिबाटै हमला गर्‍यौँ : इजरायली सुरक्षा स्रोत

इजरायली आक्रमणपछि इरानी राजगद्दीका उत्तराधिकारी : इस्लामिक गणतन्त्र फालौँ

साउदी अरबद्वारा इरानमा भएको इजरायली आक्रमणको निन्दा

इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो

मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए

अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु

गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए । लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।

अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।

लण्डनका लागि उडान भरेको यात्रुवाहक विमान गुजरातको अहमदावादमा दुर्घटना

अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

भारतमा दुर्घटनाग्रस्त बोइङ ७८७-८ ड्रिमलाइनरको सुरक्षामा यसअघि नै उठेका थिए प्रश्न

यसअघि पनि दुर्घटनामा परेका थिए एअर इन्डियाका ५ जहाज

डाक्टरको होस्टेलमा बज्रिएको थियो दुर्घटनाग्रस्त विमान, निगरानी गर्न प्रधानमन्त्री मोदी आफैँ सक्रिय

अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो

स्कटल्यान्ड विरुद्धको हाइ स्कोरिङ खेलमा नेदरल्यान्ड्सको सनसनीपूर्ण जित

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : ०२ बजे

पत्नी सुशीलालाई बीपीको सन्देश– ‘देह र मनको सुखबाट अज्ञानीहरू मात्र गदगद हुन्छन्’

प्रिय सुशीला,हाम्रो दुःख अन्त्य हुने भएन । तिमीलाई मैले यसअघि

प्रभावकारी बन्दै ‘एक वडा, एक नमूना’ कार्यक्रम

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सञ्चालन गरेको ‘एक वडा, एक नमूना

दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार

जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

ललितपुर– जनता समाजवादी पार्टी (जसपा), नेपालको नेवाः राष्ट्रिय समितिको प्रथम

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ– शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका– ५ अस्तु बतासेडाँडामा भएको