विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए।

मन्त्री पन्तले भने, ‘माध्यमिक तहसम्मको शिक्षा पालिका तहको अधिकार क्षेत्रभित्र पर्छ भन्नेमा हामी ढुक्क हुनुपर्छ । शिक्षक सङ्गठनले उठाएका मर्यादासहितका कतिपय पक्षमा पालिका नेतृत्वले ध्यान पुर्याउनेछ, एसइई परीक्षा सञ्चालनको अधिकार भने प्रदेशलाई दिन उपयुक्त हुनेछ ।’
संसद् सचिवालयको सचिवमा दुराको बढुवा
राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली
असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड
गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ
सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक
दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार भएको दुई बुँदे सहमति राष्ट्र हितका लागि गरिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले राष्ट्र हितका लागि सहमतिबाट कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले विद्रोह गर्ने काम चलिरहने भएकाले यसलाई जसरी बुझे पनि हुने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले लामो समयसम्म संसद् अवरूद्ध हुँदा समस्या पर्ने ठानेर खुलाउन आवश्यक ठानी सहमति गरिएको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिनाभित्र समिति बनाएर जाने कुरा मिलेपछि आफूहरूले दुई बुँदे सहमतिमा हस्ताक्षर गरिएको बताए ।
पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
सत्तापक्षसँग भएको दुई बुँदे सहमतिको समीक्षा हुन्छ : नारायणकाजी श्रेष्ठ
भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड
‘विश्वविद्यालय सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक’
डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण
भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा फैलिएका विभिन्न स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ ।
एम्बुलेन्स हस्तान्तरण समारोह काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजस्थित भारतको महावाणिज्य दूतावास र पोखरा र धरानस्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयहरुसहित चार स्थानमा एकसाथ आयोजना गरिएको थियो ।

नेपालका विभिन्न ३३ जिल्लालाई समेट्दै कुल ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको हो । यी मध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको थियो । साथै, भारत सरकारका प्रतिनिधिहरूद्वारा वीरगञ्जमा ७ वटा, पोखरामा ७ वटा र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।
काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।
नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार
ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न
गण्डकीमा साइबर अपराधका घटना बढ्दै, चार वर्षमा २ हजार ९५१ उजुरी
गर्मी बढेसँगै पौडी खेल्दै केटाकेटी (तस्बिरहरू)
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा
हाँडीगाउँमा बृहत् रक्तदान
अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको धन्यन्तरी युवा समूहका संरक्षक एवं वरिष्ठ अधिवक्ता उद्धव केसीले जानकारी दिए ।
रक्तदान जस्तो मानवीय कार्यमा सबैलाई सक्रिय सहभागिताको आह्वान गर्दै यस्ता अभियानले जनचेतना र जीवन रक्षा दुवैमा महत्त्वपूर्ण भूमिका खेल्ने धन्यन्तरी युवा समूहका सहसचिव धर्मराज खड्काले विश्व व्यक्त गरे । रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको धन्यन्तरी युवा समूहका अध्यक्ष धर्म नारायण श्रेष्ठले बताए।
गण्डकीका सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण
भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती
आठ सय ७२ औद्योगिक प्रतिष्ठानलाई अनुमतिपत्र प्रदान
ब्लड डोनर्स सोसाइटी चितवनद्वारा रक्तदान महोत्सव
जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
इरानद्वारा इजरायलमा जबाफी आक्रमण
इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जबाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।

इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ । इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ ।
टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान
इजरायलविरुद्ध तत्काल कदम चाल्न संयुक्त राष्ट्रसंघलाई इरानको आह्वान
इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?
आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब
प्रतिक्रिया