ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको च्यासल वार्ता सकिएको छ ।
अपरान्ह सवा ४ बजेदेखि भएको भेटवार्ता करिब डेढ घण्टासम्म चलेर सकिएको हो । ओलीसँगको वार्ता सकिएपछि पूर्वराष्ट्रपति भण्डारी निजी निवास भंगालतिर निस्किएकी छन् ।

भण्डारीलाई सञ्चारकर्मीले ओलीसँगको वार्तामा के भयो ? कुरा मिल्यो, मिलेन ? भनेर सोधेका थिए । तर उनले कुनै प्रतिक्रिया नदिई च्यासलबाट बाहिरिएकी छन् ।
बरू च्यासलमा बाक्लो भिडका कारण सुरक्षाकर्मी र पत्रकारहरूबीच विवाद भएको छ ।
नवीकरणको एक वर्षपछि विद्या भण्डारीको सदस्यतालाई ओलीले बनाए ‘बार्गेनिङ टुल्स’
पूर्वराष्ट्रपतिसँग वार्ताका लागि प्रधानमन्त्री ओली पनि च्यासलमा
ओलीसँग वार्ताका लागि च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी
सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल
शंकर पोखरेलतिर हेर्दै पूर्वराष्ट्रपतिले भनिन्- पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन
‘कुलिङ पिरियड’विरुद्ध संशोधन प्रस्तावबारे शेखरले भने- एमालेले दोहोरो चरित्र देखायो
कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ
एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने
बिरामी मोहन वैद्य भेट्न घरमै पुगे प्रचण्ड
‘कुनै बेला गोल्ड स्टार लाउने गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्राण्ड भयो’
नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पुँजीलाई प्रवर्द्ध गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् ।
गोल्ड स्टार जुत्ता उत्पालक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्वद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा प्रतिपक्षमा रहँदा राष्ट्रिय पुँजीपति वर्गप्रतिको दृष्टिकोण समान रहेको बताए ।

‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस् राष्ट्रिय पुजीलाई प्रबद्र्धन गर्ने हाम्रो खुला नीति छ’, पुनले भने, ‘देशभित्रै लगानी गरेर रोजगारी सृजना गर्ने, मुलुकको आर्थिक विकसमा योगदान गर्नेहरुलाई हामी प्रगतिशील–राष्ट्रवादी उद्योगी व्यवसायीका रुपमा लिन्छौं ।’
त्यस्ता उद्यमी व्यवसायीलाई राष्ट्रिय रुपमा स्थाविपत गर्ने आफूहरु सधैं लापि पर्ने उनको प्रतिबद्धता थियो । पुनले श्रमिकबाट धेरै काम लिएर मुनाफा आर्जन गर्न खोज्ने उद्यमी व्यवसायीको प्रवृत्ति र श्रमको मूल्य बढी लिन खोज्ने श्रमिकको प्रवृत्ति हुने बताए ।
सञ्चारमाध्यममा हुने अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ
मानवअधिकारको आवधिक समीक्षा प्रतिवेदन पेस गर्न समितिको निर्देशन
कानुन, न्याय तथा मानवअधिकार समितिले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा पेस गरिने नेपालको मानव अधिकार अवस्थासहितको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन तयार गरी समिति र सम्बन्धित निकायमा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देश गरेको छ ।
समितिको आजको बैठकमा सभापति विमला सुवेदीले सन् २०२६ जनवरीमा स्विट्जरल्यान्डको जेनेभामा हुने सम्मेलन अघि नै सम्बन्धित निकायमा पेस गर्नु पर्ने समयसीमा रहेकाले निर्धारित समयमा प्रतिवेदन तयार गरी पेस गर्न निर्देश गरिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘समितिमा भएको छलफल र सदस्यहरूले दिनुभएको सुझावका आधारमा सरकारलाई सहजीकरण गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्देश गरिएको हो । पहिलोदेखि तेस्रो आवधिक समीक्षामा गरिएका प्रतिबद्धता र कार्यान्वयनका लागि स्वीकार गरिएका सिफारिसबारे समयसीमासहितको राष्ट्रिय कार्यायोजना निर्माण गरी नतिजामूलक कार्यान्वयन गर्न निर्देश गरिएको छ ।’
मानवअधिकारसम्बन्धी तेस्रो विश्वव्यापी आवधिक समीक्षा कार्यान्वयन र चौथोको तयारी अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समितिले आज छलफल गरेको हो ।
भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण
रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन
‘विद्यालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हैन’
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न प्राधिकरणलाई आग्रह
दूधकोशी थुनिएर निम्तिएको संकट तत्काललाई टर्यो
स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा
प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने
नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर आफ्नो चहानाविपरीत गठबन्धन बनाएको भन्दै असन्तुष्ट रहेको भारतले बल्ल ओलीलाई स्वागत गर्ने तयारी गरेको हो ।

ओलीको भारतविरोधी छविका कारण भ्रमणका लागि लामो समय कुर्नुपरेको हो । साधारणतया नेपालका प्रधानमन्त्री नियुक्त भइसकेपछि पहिलो भ्रणम छिमेकी भारतबाटै गर्ने चलन थियो ।
तर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा जारी गरेयता भारतीय पक्ष ओलीसँग रुस्ट छ । अर्कातिर कांग्रेससँग मिलेर एमालेले आफ्नो चहानाविपरीतको सरकार बनाएका कारण रुस्ट रहेको भारतले छिमेकी प्रधानमन्त्रीलाई बोलाउन १४ महिना लगाएको हो ।
देउवाले भने- प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै
स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।
संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थी र शिक्षकहरूले आन्दोलन गरेका हुन् । शिक्षकहरूले गत १९ असारदेखि आन्दोलन सुरु गरी २५ असारदेखि पठनपाठन बन्द गरेका छन् ।

आइतबार दिउँसो विद्यार्थीहरू विभिन्न नारा लगाउँदै कीर्तिपुर पुगेका थिए । स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ ।
विद्यार्थीहरूले कक्षाको ढोका खोल्देऊ सरकार, अबको लडाइँ इन्जिनियरिङ अध्ययन संस्थानको बचाइ लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए।
चक्रपथ विस्तारको दोस्रो खण्ड घाँस र झारले सडक छोपियो तर भएन काम (तस्बिरहरू)
गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल
लाङ्दी पहिरो : दम्पतीको शव भेटियो
राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् ।
उनले शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने गरि गरेको निर्णयलाई आयोगमा कानुनी चुनौती दिएका हुन् ।

मनोनित उपाध्यक्ष गिरीले आफूलाई अध्यक्ष लिङ्देनले स्वेच्छाचारी ढंगबाट जिम्मेवारीदेखि हटाएको बताएका छन् ।
उहाँ (अध्यक्ष) ले कसैलाई पदमुक्त गर्न केन्द्रीय कार्यसमितिबाट निर्णय गराएर अनुशासन समितिमा पठाउनुपर्छ’, उनले भने, ‘अनुशासन समितिले छानबिन गर्दा चित्त बुझे नबुझेको विवरण केन्द्रीय समितिमा पठाउनुपर्छ । त्यसपछिमात्रै केन्द्रीय कार्यसमितिले कारबाहीको निर्णय लिने हो ।’
वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत
वित्त आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्य मिश्रले दिए राजीनामा
जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप
भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य
सिरियाका सशस्त्र बेदुइनहरू एक हप्ता लामो लडाइँपछि ड्रुज बहुल सहरबाट फिर्ता
सिरियाका सशस्त्र बेदुइन समुदायले आइतबार अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार एक हप्ताभन्दा बढीको झडपपछि दक्षिणी सहर स्वेइदाबाट फिर्ता भएको घोषणा गरेका छन् ।

ड्रुज धार्मिक अल्पसङ्ख्यक र सुन्नी मुस्लिम समुदायका मिलिसियाहरूबीचको झडपमा सयौँको मृत्यु भएको थियो र सिरियाको पहिले नै कमजोर युद्धपछिको सङ्क्रमणकाललाई बिगार्ने खतरा उत्पन्न भएको थियो ।
सिरियाको ड्रुज अल्पसङ्ख्यक समुदायको बाहुल्य रहेको स्वेइदा प्रान्तमा गत सातादेखि जारी हिंसामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ९४० पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेमा ३२६ ड्रुज लडाकु र २६२ ड्रुज नागरिक रहेका छन्, जसमध्ये १८२ जनालाई रक्षा र गृह मन्त्रालयका कर्मचारीले मृत्युदण्ड दिएका छन् ।
विषाक्त खाना खाँदा बिरामी परे इजरायली प्रधानमन्त्री नेतान्याहू
इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु
भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै
कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा
प्रेम विवाह गर्ने जोडीको सार्वजनिक ह*त्या
जापानको माथिल्लो सदनको चुनाव, प्रधानमन्त्री इशिबाको परीक्षा
रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता
इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त
श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकामा एक वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित दुई सय ७९ जनाको मृत्यु भएको थियो ।

राष्ट्रिय प्रहरी आयोगले इस्लामिक चरमपन्थीहरूको आसन्न आक्रमणको पूर्व चेतावनीलाई बेवास्ता गरेकामा तत्कालीन राज्य गुप्तचर सेवा एसआइएसका प्रमुख निलन्था जयवर्दनालाई बर्खास्त गरेको छ ।
अदालतको रेकर्डले जयवर्दनालाई सन् २०१९ अप्रिल २१ मा तीनवटा होटल र तीनवटा चर्चलाई लक्षित गरी भएको समन्वित आत्मघाती आक्रमणको १७ दिनअघि सम्भावित आतङ्कवादी हमलाका बारेमा सचेत गराइएको देखाएको छ ।
बम विस्फोटमा पाँच सयभन्दा बढी मानिस घाइते भएका थिए ।
सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै
प्रतिक्रिया