प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते अन्तरिम सरकार बनेयता पहिलो पटक राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् । राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुईजना पर्यवेक्षक पनि राखेकी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ जना पर्यवेक्षक पनि सहभागी भएका हुन् ।

पर्यवेक्षकका रुपमा प्रधानमन्त्री कार्कीले केदारभक्त माथेमा र विद्याधर मल्लिक दलहरूसँगको छलफलमा सहभागी गराएकी हुन्। कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा नेकपा ९एमाले०बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी भएका छन् ।
प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन
‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी : छानबिनमा परेपछि के के बोल्दै हिँड्न थालेका छन्
दीपक खड्काबारे गृहमन्त्रीको टिप्पणी : लुक्न नसकेपछि भागेर गएकाहरू ‘नेपालमै छु’ भनेर देखा पर्न थाले
प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू)
एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने
प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन
माओवादी चुनावमा जान्छ, कांग्रेस-एमाले पनि सहभागी हुनुपर्छ : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् । तिहार, नेपाल सम्बत र छठ लगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे । ‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौं, अरू दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं ।’

केही दिनअघि आफू र नेता वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए ।
‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेड र म गएका थियौं । हामीले भन्यौँ चुनावको पक्षमा छौं । हामी चुनावको वातावरण बनाउछौं’, उनले भने, ‘तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं । आज पनि सात पार्टीलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ । हामी जान्छौँ । हामी यही कुरा भन्छौँ ।’
सरकारलाई माधव नेपालको सुझाव : दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्नुहोस्
महेश बर्तौलाको आरोप : गृहमन्त्रीकै कारण शान्ति सुरक्षा बिग्रिँदैछ, निष्पक्ष निर्वाचन नहुने डर बढ्दैछ
सरकारले निर्वाचनको वातावरण बनाए कांग्रेस सहभागी हुन्छ : कार्यवाहक सभापति खड्का
पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ : उपमहासचिव ज्ञवाली
चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
नर्सको आन्दोलन तिहारमा पनि जारी, आज हातमा कालोपट्टि बाँधेर काम गर्ने
नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सहरूले तिहारमा पनि आन्दोलन जारी राख्ने भएका छन् । नेपाल नर्सिङ संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आज हातमा कालोपट्टि बाँधेर काम गर्ने जनाएको छ ।
आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्रा।डा।श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन साथै सातै प्रदेशमा अनुगमन समिति गठन गरेको विषयलाई स्वागत गर्दै नेपाल नर्सिङ संघ आफ्नो योजनाअनुसार विरोधका चरणबद्ध कार्यक्रम घोषणा गर्दछ ।

यस आन्दोलनबाट सर्वसाधारणको स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ । आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी सरकार तथा सरोकारवाला निकायले बेहोर्नुपर्नेछ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघका अनुसार आज कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा नर्सहरूले कालोपट्टी बाँधेर काम गर्नेछन् ।
बिजुली काटिएका उद्योगी भन्छन् – प्रमाण नै नभएको बिलको भुक्तानी किन गर्ने ?
विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी
इलामका बाढी प्रभावितलाई पाकिस्तानी दूतावासको सहयोग
जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन
जेन-जी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
सयपत्री फूलको माग धान्न धौ–धौ
महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत
सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेपछि ज्यान गुमाएका कञ्चनपुरका २३ वर्षीय युवक विपिन जोशीको महाकाली नदीको तटमा दाहसंस्कार गरिएको छ। विपिन जोशीलाई पार्थिव अवशेषलाई बुवा महानन्द जोशी र ठूलोबुवाका छोरा किशोर जोशीले दागबत्ती दिएका थिए। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी दिएको थियो ।

त्यसक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीप्रति सम्मान व्यक्त गरे । अन्तिम संस्कारका क्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बास घाटसम्मै पुगेका थिए । विपिनको शरीरमा सम्मानस्वरुप इजरालको झण्डा पनि ओढाइएको थियो । त्यसक्रममा इजराली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाइयो।
प्यालेस्टाइनको गाजा क्षेत्रमा बन्धक अवस्थामै मारिएका जोशीको शव सोमबार नेपाल ल्याएर अन्तिम संस्कार गरीएको हो ।
नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त
‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु
विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि
विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता
उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)
इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण
इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको छ । प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले स्थानीयवासीहरूमा त्रासको वातावरण सिर्जना गरेको थियो ।

इजरायली सेनाले दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहको ’आतङ्कवादी संरचना’ लक्षित गरी हमला गरिएको दाबी गरेको छ । सेनाका अनुसार हिज्बुल्लाह फेरि सक्रिय हुन खोज्दैछ, जुन इजरायल–लेबनानबीच भएको समझदारीको खुला उल्लङ्घन हो ।
गत वर्ष नभेम्बर २७ गतेदेखि दुवै पक्षबीच युद्धविराम लागू भए पनि इजरायलले समय–समयमा लेबनानी भूभागमा आक्रमण गर्दै आएको छ । साथै, फेब्रुअरी १८ गतेभित्र फौज हटाउने सर्त भएको भए पनि इजरायली सेना अझै पाँच वटा सीमावर्ती स्थानमा तैनाथ रहेको बताइएको छ ।
गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ
रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि
जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक
अमेरिका र अष्ट्रेलियाबीच दुर्लभ खनिज तथा धातु खरिदका लागि सम्झौता
जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक
शान्तिको पक्षमा ट्रम्प : युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह
प्रतिक्रिया