आजका समाचार : शिक्षामन्त्री नियुक्त हुँदा ऊर्जा राज्यमन्त्री बर्खास्त, शिक्षकका मागमा लचिलो बन्दै सरकार र कश्मीर आक्रमणले भारत तरंगित | Khabarhub Khabarhub

आजका समाचार : शिक्षामन्त्री नियुक्त हुँदा ऊर्जा राज्यमन्त्री बर्खास्त, शिक्षकका मागमा लचिलो बन्दै सरकार र कश्मीर आक्रमणले भारत तरंगित


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

पूर्णबहादुर तामाङ भन्छन्-अब बर्खास्त हुने पालो केपी ओलीको
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बर्खास्तीको पालो आउने बताएका छन् । ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीबाट बुधबार हटाइएपछि उनले अब प्रधानमन्त्री ओलीको बर्खास्तीको पालो आउने बताएका हुन् ।

‘अब हामी केपी ओलीलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्नेतर्फ लाग्छौँ । उहाँले पनि जीवनभर प्रधानमन्त्री खाने होइन,’ नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका तामाङले भने, ‘मलाईं उहाँले जसरी बर्खास्त गर्नुभयो, अब बर्खास्त हुने पालो उहाँको हो । यो अभियानमा लाग्छु ।’

पदबाट बर्खास्त गरिनुअघि उनलाई गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आग्रह गरेका थिए । तर, उनले प्रधनमन्त्री ओलीले भन्दैमा राजीनामा नदिने अडान राखेका थिए ।

‘दशबुँदे’लाई पहिलो पटक ओलीको माया, संकटका बेला रघुजीलाई मन्त्री

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

कुलमान जोगाउन मन्त्रीसँगै भिडेका पूर्णबहादुरले सचिवलाई स्पष्टीकरण सोध्दा गुमाए आफ्नै पद

रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ

ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त

मन्त्रिपरिषद्को निर्णय- शिक्षकका जायज माग पूरा गर्न सरकार तयार

भूमिमन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी


बजेट अधिवेशनको पहिलो बैठकमा सबै शीर्ष नेताहरूको सम्बोधन
यही वैशाख १२ गते बस्ने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा संसद्मा रहेका दलहरूका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

पहिलो बैठकका क्रममा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

बुधबार बसेको प्रमुख सचेतक र सचेतकहरूसँग सभामुखको बैठकमा यस्तो सहमति जुटेको अधिकारीले बताएका छन् ।

सभामुख घिमिरेले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग बुधबार राखेको बैठकमा यस्तो सहमति बनेको हो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी वर्षे अधिवेशन बोलाएको हो । यी अधिवेशनमा २२ दिनदेखि आन्दोलित शिक्षकको माग सम्बोधनका लागि विद्यालय शिक्षा ऐन पेश हुने सम्भावना छ ।

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंहलाई

सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिन्छ : मन्त्री यादव

रास्वपाले बोलायो संसदीय दलको बैठक 

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको भेटवार्ता

पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने छ : महासचिव पोखरेल

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्रीबीच भेट

मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा
भारतको जम्मू(कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् ।

मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू(कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् ।

ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ ।

उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक ९सुदीप न्यौपाने० को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न ।

राज्य व्यवस्था समितिबाट पारित भयो निजामती विधेयकको प्रारम्भिक बुँदा

कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने 

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

आमा, बहिनी र ज्वाइँसहित घुम्न कश्मीर गएका थिए सुदीप

तीनकुने घटना : सरकारले पत्रकार रजक र महर्जनका परिवारलाई १०-१० लाख दिने

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंहलाई

एमालेले गर्ने ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको तयारी पुरा

सभामुखले दलहरूलाई भने- संसद्‍बाट ऐन पास नभएसम्म शिक्षकहरूले काठमाडौं नछोड्ने भए
सभामुख देवराज घिमिरेले सार्वजनिक बिदा र शनिबारबाहेक साताका सबै दिन संसद् बैठक चलाउन दलका प्रमुख सचेतक र सचेतहरूसँग प्रस्ताव गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको उक्त बैठकमा घिमिरेले संसद्लाई नतिजामुखी बनाउने गरी सार्वजनिक बिदा र शनिबारबाहेकका सबै दिन बैठक राख्ने प्रस्ताव गरेका हुन् ।

घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

प्रमुख सचेतक र सचेतहरूको उक्त बैठकले सभामुख घिमिरेकव प्रस्ताव अनुमोदन गरिसकेको छ । अब सभामुखको प्रस्ताव अनुसारकै क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश हुनेछ ।

कामको प्रकृति अनुसार श्रमिकको न्यूनतम ज्याला तोक्नु पर्छ : श्रममन्त्री

सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री 

प्रधानन्यायाधीशले पूर्वराजा भेटेको भन्दै समाचार, सर्वोच्चले बोलायो सम्पादकलाई बयानमा

माओवादीले भन्यो- कांग्रेस-एमाले गठबन्धनले औचित्य पुष्टि गर्न सकेन, तत्काल सरकार छाडे हुन्छ

सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्छ : पूर्णबहादुर खड्का

प्रधानमन्त्री र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह- आन्दोलनका कार्यक्रम रोक्नुस्

शिक्षकहरू २२ दिनदेखि सडकमै
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ ।

आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

२२ दिन देखि जारी शिक्षक आन्दोलनको क्रममा शिक्षकहरुले ३ वटै लेन ढाकेर प्रदर्शन गर्ने गरेकोले यातायात र सर्वसाधारणमा असर परेको गुनासो बढेसँगै शिक्षकहरुले अहिले १ लेन खुल्ला गरेका छन् । अहिले बानेश्वरदेखि माइतीघर तिर जाने लेन खुल्ला गरिएको छ ।

उनीहरूले संघीय सांसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । महासंघले अनुशासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

पुल्चोकमा यसरी बन्दैछ रातो मछिन्द्रनाथको रथ (तस्बिरहरू)

मुख्यमन्त्री कँडेलको सुझाव- विद्यालय नगएका बालबालिकाको हितमा आवाज उठाऔँ

आन्दोलनरत शिक्षकले सडकमै रक्तदान गर्ने

विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमाथि छानविन गर्न माग

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

आगामी अधिवेशनमा सार्वजनिक बिदा बाहेक सधैँ संसद् चल्ने

सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन खाँडाचक्र नगरपालिकामा तालाबन्दी

काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी
दर्जनौँको ज्यान जाने गरी काश्मीरमा आतङ्कवादी हमला भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किएका छन्। उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण भइसकेका छन्।

घटनालाई लिएर भारत र संसारभर नेताहरूले दुःख व्यक्त गरिरहेका छन् बेलायती प्रधानमन्त्री केइर स्टरमरले घटनामा ज्यान गुमाउनेमा समवेदना व्यक्त गरेका छन्।

काश्मीरमा मुख्य मन्त्री ओमार अब्दुल्लाहले सो घटनालाई अमानवीय र पाशविक भनेका छन्। पर्यटकीय क्षेत्रमा भएको सो हमलामा मर्नेहरूको विवरण आउने क्रम सुरु भएको छ।

चरमपन्थीको बन्दुक खोसेर पर्यटकलाई बचाउन खोज्दा मारिए कश्मीरी युवक सैयद हुसैन

जम्मू–कश्मीर आक्रमणका शङ्कास्पद तीन व्यक्तिको स्केच सार्वजनिक

युक्रेनमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

चीनले ‘शेन्जोउ-२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

युक्रेन वार्ताको नयाँ चरण बेलायतमा

टर्कीको ठूलो सहर इस्तानबुलमा ६.२ म्याग्निच्यूडको भूकम्प

श्रीलंकामा गरिबी उच्च : विश्व बैंक





























प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : ५४ बजे

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय

तराईमा आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी

कश्मिरमा मारिएका सुदीपको शव आजै लखनउ हुँदै बुटवल ल्याइने

काठमाडौं – काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश