आजका समाचार : विनियोजन विधेक पारित, रास्वपालाई फकाउँदै प्रचण्ड, इरानबाट दुई नेपालीको उद्धार र ट्रम्पको घोषणाले रोकियो मध्यपूर्वको तनाव | Khabarhub Khabarhub

आजका समाचार : विनियोजन विधेक पारित, रास्वपालाई फकाउँदै प्रचण्ड, इरानबाट दुई नेपालीको उद्धार र ट्रम्पको घोषणाले रोकियो मध्यपूर्वको तनाव


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यसअघि बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि सांसदहरूले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो ।

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्रीले भने- अहिलेको व्यवस्थाप्रतिको अपमान सहन सकिँदैन

रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ?

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गर्छौँ : सञ्चारमन्त्री

आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री

गणेशमानको नाममा बजेटबारे प्रकाशमानको जवाफ- महामानवलाई सम्झिनु राज्यको दायित्व हो

भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन : ठाकुर गैरे

सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन  

आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी तवरले अघि बढाउन लागेका छौँ : श्रममन्त्री

छानबिन समितिमाथि नै रास्वपा र राप्रपाको शंका- भिजिट भिसा प्रकरणमा यसले न्याय दिन सक्दैन
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका दुवै प्रतिपक्षी दलहरूले सरकारले गठन गरेको छानबिन समितिमाथि नै प्रश्न उठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रिपरिषद् बैठकबाट सोमबार गठन भएको पूर्व मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समितिमाथि नै प्रश्न उठाएका हुन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनका कसैको निगाहमा सोमबार गठित समितिले भिजिट भिसा प्रकरणमा न्याय गर्न नसक्ने आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले बैरागी सक्षम निकायमा भएका व्यक्तिहरूको राडारमा भएकाले छानबिन गर्न नसक्ने टिप्पणी गरे ।

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 

दुई बुँदे सहमतिअनुसार समिति गठन गरेको भन्दै माओवादीले दियो सरकारलाई धन्यवाद

उच्चस्तरीय समितिलाई नौ कार्यादेश तोकियो

रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ?

छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो   

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन् ।

उनले नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गल्ती गरेको भन्दै पछुतो व्यक्त गरेका छन् ।

मंगलबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले बाहिर बसेर समर्थन गरे पनि असफल भएको निष्कर्ष निकालेर पछि हट्न लागेको बताए । उनले पार्टीको संसदीय समितिलाई समर्थन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको छ, अब त्यहीअनुसार निर्णय हुन्छ’, उनले भने ।

रास्वपालाई फकाउँदै प्रचण्ड, भने- रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु

बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय

एमाले सचिवालय बैठक बुधबार बस्ने

विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन 

विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थाले

श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता

सरकारको ध्यान सत्ता जोगाउने र पद बाँड्नेमा भएकाले  समर्थन फिर्ता लियौँ : उपेन्द्र यादव

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक
सुरक्षा विषयसम्बन्धी भारत(नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ बैठक यही सवमबार र मंगलबार भारतको पुणेमा सम्पन्न भएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए ।

प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयहरूका पदाधिकारीहरू सहभागी थिए ।

बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरूमा छलफल गरे । उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, बिपद् राहत कार्य र सैन्य आदानप्रदानबारे पनि छलफल भएको छ।

अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू

विदेशबाट फर्केका युवाले सिकेको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्न आवश्यक : राष्ट्रपति पौडेल 

‘टेक एण्ड पे’ : सबै राजनीतिक दलका प्रमुख सचेतकलाई एसएमएस पठाएर खबरदारी 

विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थाले

असारे विकास : केहीबेरको पानीले महानगरकै बाटो बन्यो खोलो 

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु
नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । इलाम घर भएकी ३९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका सुचना अधिकारी नवीन दाहालका अनुसार श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो ।

आज बिहान मात्रै अस्पताल आइपुगेकी उनको आकस्मिक कक्षमा उपचार गर्दागर्दै बिहान ६ बजे मृत्यु भएको उनले बताए । मृत्यु पछि उनको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछ : मुख्यमन्त्री पाण्डे

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर-जडिबुटीमा उस्तै चाप (तस्बिरहरू)

भूमिगत विद्युतीकरणको काम तीन महिनालाई स्थगित

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।

दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मंगलबार बिहान कम्तीमा चार जनाको मृत्यु भएको थियो भने इजरायलले बिहान हुनुअघि इरानभरका ठाउँहरूलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न इजरायल सहमत भएको बताएका छन् । नेतान्याहुले सोमबार राति इजरायलको सुरक्षा क्याबिनेटलाई इरानको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको खतरा हटाउन लगायत इरान विरुद्धको १२ दिने अपरेसनमा इजरायलले आफ्ना सबै युद्ध लक्ष्यहरू हासिल गरेको जानकारी दिएको बताए।

इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू

युद्धविरामसँगै इरानी आक्रमणमा ५ इजरायलीको मृत्यु, इरानका अर्का वैज्ञानिक मारिए

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्य घट्यो

इरानी विश्लेषकको नजरमा अमेरिका–इजरायल असफल : न आणविक कार्यक्रम नष्ट गरे न त खमेनाईलाई हटाउन सके

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

अमेरिकी एयर बेसमा आक्रमणपछि ट्रम्पले युद्धविरामका लागि मनाए नेतान्याहूलाई

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 

युद्धविराम गर्न तयार भयो इजरायल, नेतन्याहूले भने- इरानमा सबै उपलब्धि प्राप्त गर्‍यौँ








































प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ५१ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का