आजका समाचार : संविधान घोषणाको दशक उत्सवका रूपमा मनाइने, सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले फिर्ता बोलायो दुई मन्त्री र जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी | Khabarhub Khabarhub

आजका समाचार : संविधान घोषणाको दशक उत्सवका रूपमा मनाइने, सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले फिर्ता बोलायो दुई मन्त्री र जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरूले अनुभव आदानप्रदान गर्नुका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको हो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबीच सरकार–सरकार, व्यवसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने

नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ ।

यस वर्ष संविधान जारी भएको दस वर्ष पुगेकाले यस वर्षको दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी त्रिदिवसीयरुपमा दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले फिर्ता बोलायो दुई मन्त्री

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

केन्द्रीय सुरक्षा समिति बैठक सम्पन्न : वीरगञ्जमा हैजा प्रकोप नियन्त्रण गर्न तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक

प्रचण्डले भने- माओवादी र दलाल, नोकरशाही, बिचौलिया सँगसँगै रहन सक्दैनन्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, ‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने यसको मूल आधार उत्पादन हो। उत्पादन सघर्षमा सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।’

अध्यक्ष‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट गरे।

तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल

 जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

पौडेलमाथि केन्द्रबाट आर्थिक वर्ष २०७६/७७ मा ‘हाइ कम्प्युट इन्फास्ट्रक्चर’ खरिद गर्दा गुरुयोजना बिना मिलेमतोमा महँगो मूल्यमा गुणस्तरहीन उपकरण खरिद गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले पौडेलसहित केन्द्रका चार कर्मचारी, ठेकेदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि र त्यसका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध १५ करोड ८८ लाख रुपैयाँ बराबर जरिवाना माग गरेको थियो ।

उक्त मुद्दामा सुनुवाई गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

महिला अधिकार कार्यान्वयनका लागि नाङ्लोसहित प्रदर्शन (तस्बिरहरू)

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी !

विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका हरिया सागसब्जी, फलफूल र तरकारी किनमेल गराउने उद्देश्यले सात महिनाअघि धरानमा ‘केन्द्रीय कृषि प्रयोगशाला विषादी अवषेश द्रूत विश्लेषण प्रयोगशाला इकाइ’ स्थापना भयो ।

तरकारी र फलफूलमा विषादी अवषेश मापन गर्ने यो प्रयोगशाला देख्दा यतिखेर पूर्वी पहाड र तराईका कृषक/व्यवसायी तर्सिन थालेका छन् ।

धरानको कृषिउपज बजार राष्ट्रियस्तरमा आठपटक लगातार उत्कृष्ट घोषित र पुरस्कृत भइसकेको छ । विषादी मापनकै कारण किसान र व्यापारीहरू तर्सिँदै तर्किन थालेपछि अब कृषिबजार सञ्चालन गर्नै समस्या पर्ने देखिएको छ ।

वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको कृषिउपज कारोबार हुने गरेको बजारमा विषादी मापन कडाइ गर्न थालेपछि कारोबार २५ प्रतिशतले घटिसकेको छ ।

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई शुभकामना सन्देश पठाएका छन्‌ ।

युक्रेनले आइतबार स्वतन्त्रताको ३४औँ वर्षगाँठ मनाउँदै गर्दा अमेरिकी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई शुभकामना पत्र पठाएका हुन्‌ । पत्रमा ट्रम्पले युक्रेनी जनताको साहसले धेरैलाई प्रेरणा दिएको उल्लेख गर्दै अब अर्थहीन हत्याको अन्त्य गर्ने समय भएको लेखेका छन्‌ ।

पत्रमा ट्रम्पले लेखेका छन्‌, ‘युक्रेनका जनतामा अटूट भावना छ, तपाईंको देशको साहसले धेरैलाई प्रेरणा दिन्छ। यो महत्त्वपूर्ण दिन मनाउँदै गर्दा संयुक्त राज्य अमेरिकाले तपाईंको लडाइँलाई सम्मान गर्दछ, तपाईंको बलिदानको सम्मान गर्दछ, एक स्वतन्त्र राष्ट्रको रूपमा तपाईंको भविष्यमा विश्वास गर्दछ भनेर जान्नुहोस् ।’

अमेरिकाले रक्तपात अन्त्य गर्ने र युक्रेनको सार्वभौमिकता र मर्यादाको रक्षा गर्ने दिगो, दिगो शान्तितर्फ डोऱ्याउने वार्तालापको समाधानलाई समर्थन गर्ने पनि ट्रम्पले पत्रमा उल्लेख गरेका छन्‌ ।

मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ८ : ०४ बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका