आजका समाचार : रविलाई करोड धरौटी, केबलकारले ताप्लेजुङमा तनाव र घर हिँडेका प्यालेस्टाइनीलाई इजरायलले रोक्यो | Khabarhub Khabarhub

आजका समाचार : रविलाई करोड धरौटी, केबलकारले ताप्लेजुङमा तनाव र घर हिँडेका प्यालेस्टाइनीलाई इजरायलले रोक्यो


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई एक करोड धरौटी लिएर छाड्न आदेश

रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

लामिछाने यसअघि गत पुस २५ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । ती दुवै अदालतमा प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि रवि रिहा भएका थिए ।

रास्वपा सांसद् कठायतले मागिन् पोखरामा एनजीओले दिएको पार्टीको बिल र सीसीटीभी फुटेज

नक्कली शरणार्थी प्रकरण : सर्वाेच्चको झिकायो झाको मुद्दाका कागजात

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : पक्राउ परेकामध्ये एकजना रास्वपाका जिल्ला नेता, अर्का शुभेच्छुक

रविको मुद्दामा सोविताले कांग्रेस-एमालेलाई भनिन्- सत्ताको आडमा अदालतलाई आदेश दिन नखोज्नू

राष्ट्रिय स्वन्त्र पार्टीकी सांसद सोविता गौतमले ठूला दलका नेताहरूलाई राजनीतिक संस्कार कायम राख्न सुझाएकी छन् ।

आइतबार सामाजिक सञ्जालमा भनाइ राख्ने क्रममा गौतमले वरिष्ठ नेताहरूलाई न्यूनतम् राजनीतिक संस्कार कायम राख्न भनेकी हुन् ।

रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दालाई नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले प्रभावित पार्न खोजेको आरोप पनि उनले लगाएकी छन् ।

क्रान्तिकारीको चुनावमा फेरि झमेला, मतपत्रमा पानी खन्याएपछि गणना स्थगित

ज्ञानेन्द्र शाही भन्छन्- एजेण्डा बिर्सिएको राप्रपा बैठक रमिता हेर्ने थलो बन्यो

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल (एक्स) मार्फत प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी मोदी र भारतीय जनतालाई आफ्नो न्यानो बधाईका साथै शुभकामना व्यक्त गरेका हुन् ।

संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

गगन थापा भन्छन्- अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु 

कर्मचारीलाई भौतिकमन्त्रीको निर्देशन- कानुनले दिएको अधिकार उपयोग गर्नुस्

हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाउँछौँ : सञ्चारमन्त्री

एमाले र कांग्रेसबीचको सहकार्य मजबुत छ : महासचिव पोखरेल

जनताले मत दिएर गोरु जस्तै जोतिएर देशको सेवा गर्ने इच्छा छ : विप्लव

आर्थिक समृद्धिका लागि अध्यादेश ल्याइएको हो : एमाले महासचिव

जसपाको संघीय परिषद् भेला चैतमा

सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त

सभामुखलाई विपक्षी दलको सुझाव- विधेयक फिर्ता नगरी अध्यादेश ल्याएकोबारे सरकारसँग कुरा गर्नुस्

संघीय संसदमा रहेका विपक्षी दलहरूले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका छन् ।

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका हुन् ।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई रेस्पोन्स नगरेको र संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुखसंग छलफल भएको बताए ।

राप्रपा केन्द्रीय समिति बैठक सकियो, पत्रकार सम्मेलनमार्फत निर्णय सुनाइने

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

गलत नियत राखेर कसैले पनि सूचना माग्न हुँदैन : प्रमुख आयुक्त आचार्य

सूचनाको हकले शासन प्रणालीलाई पारदर्शी बनाउँछ : मुख्यमन्त्री कार्की

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारित : मुख्यमन्त्र

बालयौन दुरुपयोग मुद्दामा मदन राई दोषी ठहर, सजाय निर्धारण हुन बाँकी

केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो

ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माण अघि बढेपछि तनाव पनि बढ्न लाथेको छ ।

मुक्कुमुलङको नामले समेत चिनिने पाथीभरा क्षेत्रमा केबलकार निर्माण अघि बढेपछि शनिबार ठूलो झडप भएको छ । विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच शनिबार झडप हुँदा कयौँ घाइते भएका छन् ।

झडपका क्रममा २० जना प्रहरी घाइते भएका छन् भने ‘नो केबलकार समूह’का ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । झडपमा प्रहरी नायक उपरीक्षक पनि घाइते भएका छन् ।

पाथीभरामा केबलकार निर्माण रोक्न राजेन्द्र महतोको माग

स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरू

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

ललितपुरमा सुरु भयो ट्राफिक सचेतना अभियान (तस्बिरहरू)

ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।

आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो ।

सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री

म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ ।

उनका अनुसार क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट २४ करोड भित्रिएको थियो ।

जिल्लामा आठ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ ।

सरकारी वेबसाइट, डाटा र नेट्वर्क सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’

पृथ्वीको सतहमुनि भेटियो सगरमाथा भन्दा अग्लो पहाड

घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध

इजरायल – हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध सिर्जना गरेको छ। हमासले चार बन्दी तथा इजरायलले जेलबाट दुई सय जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो।

सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टाइनीलाई उत्तरी क्षेत्रमा जान नदिने जनाएको छ।

इजरायली आक्रमणबाट लेबनानमा तीन जनाको मृत्यु, ४४ घाइते

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ

प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्ने ट्रम्पको विचारको लडाकूहरूद्वारा आलोचना

दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ०१ बजे

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको

अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग

अछाम– अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जंगलमा मृत अवस्थामा

उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध

उदयपुर – जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट,

२१७ वर्षअघिको त्यो माझकिरात विद्रोह

पहिले काठमाडौँ उपत्यका एउटा दहका रुपमा थियो र पछि यहाँको

प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो

तेह्रथुम – पूर्वी पहाडको भ्रमणमा निस्किएका पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार तेह्रथुमको