आजका समाचार : कांग्रेसमा देउवालाई शेखरका प्रश्नै प्रश्न,  कैलाली-कञ्चनपुरमा वर्षा-बाढी र गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेसमा देउवालाई शेखरका प्रश्नै प्रश्न,  कैलाली-कञ्चनपुरमा वर्षा-बाढी र गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति देउवासामु एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका हुन् ।

‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ कोइरालाले प्रश्न गरे, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’

उनले सभापति देउवालाई एमालेसँग २०८१ असार १७ गते राति भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको विषयमा भएको प्रगतिबारे पनि जवाफ मागे ।

शेखरले सभापतिलाई सोधे– महाधिवेशन समयमै गर्न नसक्नुको कारण के हो ?

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

गगन थापाको प्रस्ताव : तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गरौँ

कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री

कांग्रेस बैठक : सरकारको समीक्षासहित यी १३ विषयमा हुँदैछ छलफल

पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिए देउवा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु 

मन्त्रिपरिषद्को निर्णय

सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले उक्त न्यायाधिकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरु रोहित कुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान- जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य गरौँ

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन सुरू

‘अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित भयो’

युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री

विपद्जन्य सूचना प्रवाह प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

केही वडाध्यक्षको ‘दोहोरो भूमिका’ले झन् लम्बियो काठमाडौं महानगरमा बजेटको अन्योल
देशका छमध्ये पाँचवटा महानगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ को बजेट निर्धारित समय अर्थात् असार १० मै ल्याइसकेका छन् । तर, संघीय राजधानीसमेत रहेको देशकै ठूलो काठमाडौं महानगरपालिमा सोमबार यो समाचार लेख्दासम्म बजेटको अन्योल हट्न सकेको छैन ।

बजेट निर्धारित मितिमै नआएर महानगर एकपछि अर्को अन्योलमा फस्दै जानुमा मेयर बालेन्द्र साहसँगै वडाध्यक्षहरूको भूमिकामा पनि प्रश्न उठ्न थालेको छ । मेयर साह र उपमेयर सुनिता डंगोलबीचको टकराव अर्को कारणका रुपमा छँदैछ । यी दुईजना जनप्रतिधिबीचमै चार महिनासम्म भेट नै नभएको अवस्था पनि छ ।

महानगरका प्रववक्तासमेत रहेका वडाध्यक्ष नवीन मानन्धर र अन्य केही जनप्रतिनिधिको दोहोरो भूमिकाका कारण बजेटको अन्योल झन् गहिरिएको छ । वडाध्यक्षहरूको भूमिकालाई लिएर महानगरभित्रै आलोचना सुरू भएको छ ।

नागार्जुनका मेयरलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दाम ८ वर्ष सजाय, २६ करोड २५ लाख जरिवाना

कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

सकियो सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ

यस्तो छ हवाई नीतिको नयाँ मस्यौदा

बीआटीई–२०२५ : नेपाल पर्यटक स्वागतका लागि तयार

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार
आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए ।

उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलंकाका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।

तमोर नदीमा बगेर एकजना बेपत्ता

कैलालीमा सर्पले टोकेर एक जनाको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

लगातारको वर्षापछि धनगढी आसपासका क्षेत्र जलमग्न

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  

कञ्चनपुरमा डुबानमा परेको परिवारको उद्धार

फुटपाथबाट मोटरसाइकल हुइँक्याएको देख्दैन ट्राफिक प्रहरी (तस्बिरहरू)

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी
इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त स्थान छाड्न चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको कुरा गरिरहेको समयमा इजरायलले उत्तरी गाजामा रहेकालाई सो स्थान छाड्न भनेको छ।

गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई दक्षिणमा जान भनिएको छ। आइतबार हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो स्थानमा कम्तीमा ८१ जनाको ज्यान गएको छ।

शनिबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु हमाससँग युद्ध विराम गर्न गइरहेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। आइतबार इजरायली डिफेन्स फोर्स (एडिएफ)का प्रवक्ता आभिचाय आद्रीले आतङ्ककारी र आतङ्ककारी संरचनालाई नास गर्ने भन्दै गाजामा आक्रमण गर्ने बताए।

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

मुम्बई विमानस्थलमा १६ जिउँदो सर्पसहित एक यात्रु पक्राउ

तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता

क्यानडाद्वारा अमेरिकी प्रविधि फर्महरूमाथिको कर लगाउने घोषणा फिर्ता

चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम राख्ने































प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ०३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस