आजका समाचार : बागमतीमा कांग्रेसभित्र किचलो, रेशमले रन्जितालाई अध्यक्षबाट निकाले र रसियामा शक्तिशाली भुकम्प, सुनामीको त्रास | Khabarhub Khabarhub

आजका समाचार : बागमतीमा कांग्रेसभित्र किचलो, रेशमले रन्जितालाई अध्यक्षबाट निकाले र रसियामा शक्तिशाली भुकम्प, सुनामीको त्रास


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

शेखरको स्पष्टीकरण- सरकार फेरबदलको खेलमा लागेको छैन, दलको नेता फेर्ने अंकगणित मसँग छैन
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलका नेताहरूलाई भेट गरेको बताए ।

तर आफूले सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको पनि स्पष्टीकरण उनले दिएका छन्। कोइरालाले कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने बताउँदै आफूहरूसँग त्यो नभएको उल्लेख गरेका छन् ।

कोइरालाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके पनि अर्को बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताएका छन् ।

शंकर पोखरेलको दाबी- विद्या भण्डारीलाई उसबेला राष्ट्रपति नहुनु भनेको थिएँ, उहाँ धैर्यता रहेनछ

सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री

प्रधानमन्त्रीले भने- आर्थिक सुचकांक सकारात्मक हुँदै गएका छन्

जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री देउवा

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

‘विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य हुन्छ, आत्मनिर्भरताको नयाँ बिहानी खुल्छ’

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

सहज छैन बागमतीमा बानियाँको मुख्यमन्त्री यात्रा
नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार प्रदेश राजधानी हेटौंडामा भएको निर्वाचनबाट उनी बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।

बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ । एक मत भने बदर भएको छ। यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता अविश्वासको मत बहुमतले पारित भएको थियो ।

दलका नेता एवम् मुख्यमन्त्री लामाविरुद्ध बानियाँले २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ९ गते प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएकै दिन लामाले मुख्यमन्त्री पद सम्हालेको ठीक एक वर्ष पनि पूरा भएको थियो ।

कांग्रेस प्रदेश संसदीय दलको विधानको धारा १८ ९६० मा ‘संसदीय दलका २५ प्रतिशत सदस्यले नेतामाथि अविश्वास प्रकट गरी उक्त प्रस्तावमा छलफलका निम्ति संसदीय दलको बैठक बोलाउन सदस्य सचिवसमक्ष लिखित निवेदन दिन सक्ने’ व्यवस्था छ ।

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

दलको नेतामा पराजित मुख्यमन्त्री भन्छन्- ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप

मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी : महासचिव पोखरेल

रास्वपाको निर्णय‍- भिजिट भिसा प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन रोकिँदैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति नबनेम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन अघि बढाउने निर्णय गरेको उनले बताएका छन् । यस्तै बैठकले भूमि, निजामति, शिक्षा लगाएतका विधेयकमाथि संसदको क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा शसक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले बताए ।

बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठ्यारा लगायतलाई सदनममा लैजाने निर्णय गरेको छ ।

रेशमले पारित गराए रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव, बुवा लालवीरलाई नेतृत्वमा ल्याउने तयारी

मधेशका पूर्वप्रमुख झालाई बलात्कार मुद्दामा थुनामा पठाउने आदेश

नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो

रञ्जितालाई रेशमले भने- कार्यवाहक अध्यक्ष तोक्नु पार्टी विधानविपरीत

पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
 

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ
नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालयले धुलिखेल नगरपालिका वडा नं. १२ बाट नक्कली सरकारी कागजात र छाप नक्कली बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोरखाको लखन गाउँपालिका–९, घर भई हाल काठमाडौं बस्दै ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका–१२ का ३८ वर्षीय जितेन्द्र तामाङ छन् ।

प्रहरीले जिल्ला अदालत काभ्रेको अनुमतिमा वडाअध्यक्षको नाममा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने कार्यालयमा छापा हानेको थियो।

प्रहरीको टोलीले विभिन्न सरकारी तथा निजी संस्थाका २६ थान छापहरू, नेपाली नोट ६८ हजार ७०० राहदानी, नागरिकता, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, हार्डड्राइभ, सीपीयू, प्रिन्टर, र फोटोकपी मेसिनहरू पनि बरामद गरेको छ।

मानव बेचबिखनको रोकथामलाई प्रभावकारी बनाउन आग्रह

चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाच

वाईसीएलले बनायो मनोहरामा अस्थायी तटबन्ध (तस्बिरहरू)

उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटेबाघहरू नामकरण गरिए

भगवती-बेगखोला सडक स्तरोन्नति सुरु

बेलिब्रिजले जोडिए मुगु र हुम्ला 

हात्ती प्रकोपको दुई दशक : कोशीमा ९७ जनाको मृत्यु
कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ ।

निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२र६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनको भनाइ छ ।

सापकोटाका अनुसार प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापाका छन् । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले बताए । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी

सिरहामा ८० वर्षीय वृद्धको हत्या

बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडक फेरि बन्द

जग्गाको विवरण पेश गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको पत्राचार 

भरतपुर अस्पतालमा घट्यो प्रसूति सेवा लिनेको सङ्ख्या

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

रसियालाई घेर्न भारतमाथि ट्रम्पले लगाए २५ प्रतिशत ट्यारिफ, पेनाल्टी पनि तिराउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि फेरि कडा व्यापारिक नीति घोषणा गरेका छन्। उनले २४ घण्टाभित्र दोस्रो पटक भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘भारत हाम्रो मित्र हो तर पछिल्ला केही वर्षमा व्यापार असन्तुलन बढेको छ। भारतले अमेरिकी वस्तुहरूमा अत्यधिक ट्यारिफ लगाइरहेको छ, जुन अस्वीकार्य छ।’

भारतले अहिले पनि आफ्नो अधिकांश हतियार रुसबाट किनिरहेको आरोप ट्रम्पले लगाएका छन्। चीनसँग मिलेर रुसबाट ठूलो मात्रामा तेल र ग्यास किनिरहेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। ‘जब विश्वले रुसलाई युक्रेनमा हिंसा रोक्न दबाब दिइरहेको छ, भारत उसैसँग व्यापार गरिरहेको छ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले ट्यारिफ लगाउनुमा बाहिर जे भने पनि भित्री कारण रसियासँगको सम्बन्ध हो । ट्रम्पले भारतबाट आउने सबै वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणासहित आवश्यक परेमा थप पेनाल्टी पनि लागू गरिने बताएका छन्। उनले भने, ‘अब हामी पनि कदम चाल्नेछौं, किनभने सबै कुरा ठिकठाक छैन’, उनले भनेका छन् ।

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

रूसमा आएको भूकम्पले अमेरिका र जापानसहित कयौँ देशमा असर, तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी

रूसी भूकम्पको असर विश्वभर, यी हुन् यसअघि संसार हल्लाउने पाँच ठूला कम्पन

रूसी भूकम्पपछि कम्तीमा १५ देशमा सुनामी चेतावनी : कहाँ कहाँ पर्छ प्रभाव ?

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु






























प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ५८ बजे

विपद् व्यवस्थापनसम्बन्धी कामको प्रगति समीक्षा सम्पन्न

महेन्द्रनगर– मधेसमा जलसंकट समाधानका लागि मधेस प्रदेश सरकारका गृह, सञ्चार

बालुवाटार बैठकमा बागमती प्रदेश सरकारबारे प्रधानमन्त्रीको चाँसो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक

भायानेटको स्वतन्त्र संचालकमा बैंकर क्षेत्री नियुक्त

काठमाडौं– इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले

बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनको चर्चाकाबीच बालुवाटारमा बसेको बैठक सकिएको छ ।

प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३