साप्ताहिक ब्रिफिङ : प्रधानमन्त्रीलाई जिम्मेवारीको भारी, माओवादीसँग मिल्ने नेकपा एसको निर्णय, प्रचण्ड-जनार्दन टकराव बढ्दै, नाउपा फुट्यो, संसद् विघटनमा आएन अन्तरिम आदेश र ट्रम्प-सी भेटले व्यापार युद्ध रोकिन सक्ने | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : प्रधानमन्त्रीलाई जिम्मेवारीको भारी, माओवादीसँग मिल्ने नेकपा एसको निर्णय, प्रचण्ड-जनार्दन टकराव बढ्दै, नाउपा फुट्यो, संसद् विघटनमा आएन अन्तरिम आदेश र ट्रम्प-सी भेटले व्यापार युद्ध रोकिन सक्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

प्रधानमन्त्रीको काँधमा बाघ संरक्षण समितिदेखि निर्वाचनसम्मको जिम्मेवारी

(जेनेरेसन–जी) अर्थात् जेन–जी आन्दोलनपछि उनीहरुकै रोजाईमा देशले कार्यकारी प्रमुख प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाएको छ ।

पहिलो महिला प्रधानन्यायधीस हुँदै देश विषम परिस्थितीमा परेका बेला मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्की ऐतिहासिक जिम्मेवारी सम्हाल्न पुगेकी छन् ।

न्यायीक क्षेत्रबाट सकारात्मक चर्चा कमाएकी उनका लागि प्रधानमन्त्रीको कार्यकाल पनि उस्तै सफल बनाउन भने अनेकौँ चुनौति सामना गर्नुपर्ने देखिन्छ । जेन–जी आन्दोलनको मर्म, भदौ २३ र २४ गतेको घटनाको छानबिन र कारबाही, दलको सर्मथनमा अबको करिब पाँच महिनाभित्रै सम्पन्न गर्नुपर्ने निर्वाचन तयारी, शान्ति, सुरक्षा, शक्ति सन्तुलन लगायतका चुनौती उनले स्वीकार गरेरनै यो सरकारको नेतृत्वमा पुगेकी हुन् । उनको कार्यकाल सफल सावित गर्ने आधारभूत मानक पनि यिनै चुनौतीको सामना गर्नु हो भन्दा फरक नपर्ला ।

जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा बेचियो

पुस १६ गते नियमित महाधिवेशन गर्न दबाब बढाउँदै महामन्त्रीद्वय, तयार छैनन् कार्यवाहक सभापति खड्का

जेन-जीको प्रदर्शन आन्दोलन होइन, नागरिक विद्रोह हो : रेशम चौधरी

माओवादीसँग मिल्ने निर्णयविरुद्ध उभिए एकीकृत समाजवादीका यी नेता, विद्रोह गर्ने चेतावनी

मा‌ओवादीमा प्रचण्ड-जनार्दन टकराव छताछुल्ल, सुशीलाले सुदनलाई लगाइन् गम्भीर आरोप

पार्टी छाडेकालाई ओलीको आह्वान- आफ्नै घर फर्किनुस्, एमालेको जग जनताको रगत र पसिनाबाट बनेको छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पार्टी छाडेर गएका पूर्वसहकर्मी र कार्यकर्तालाई फर्किन आह्वान गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ओलीले यस्तो आह्वान गरेका हुन् । ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो’, उनले भनेका छन्।

उनले एमालेलाई निरंकुशता हटाएर लोकतन्त्रको उज्यालो फैलाउने आन्दोलनको अगुवा संगठनका रूपमा चित्रण गर्दै पार्टीले राष्ट्रिय स्वाधीनता र जनकल्याणका कार्यक्रमको नेतृत्व गरेको दाबी गरेका छन्।

ओलीले लेखेका छन्, ‘एमाले केवल एउटा राजनीतिक संगठन होइन, यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्।’

एकीकृत समाजवादीले गरेन माओवादीसँग एकताको निर्णय, सबै जिम्मा सचिवालयलाई

वामदेवले भने- सबै कम्युनिस्ट पार्टी नमिले सकिन्छौँ, एमालेसँग पनि मिल्न तयार हुनु पर्छ

फुट्यो विप्लव नेतृत्वको नेकपा : चिरनले लगे ७५ केन्द्रीय सदस्य, माओवादीमा मिसिने तयारी

ल्यान्डफिल्ड साइटका स्थानीयले भने : बालेन्द्रसँग अब विश्वास छैन, कुलमान नै बन्चरेडाँडामा आउनुपर्छ

जब झलनाथले बोल्दा बोल्दै माइक काटियो…

‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’

‘जेन-जीले बिदा हुनु भनेका छैनन्, उनीहरूले नै ७४ वर्षकालाई प्रधानमन्त्री बनाए’

रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ

मा‌ओवादीमा प्रचण्ड-जनार्दन टकराव छताछुल्ल, सुशीलाले सुदनलाई लगाइन् गम्भीर आरोप

गृहमन्त्री हटाउन दबाब आएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको जनाएको छ ।

सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको उल्लेख गर्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको स्पष्ट पार्दै अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा सङ्गठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिइरहेका उल्लेख छ ।

सरकारले तत्काल राजदूत नियुक्त नगर्ने

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : महासचिव पोखरेल

जेन-जीका माग सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी : महासचिव पोखरेल

निर्वाचन र विशेष महाधिवेशनबारे कांग्रेस नेताहरूमा बाझियो मत

सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती 

माधवलाई झलनाथको शुभकामना : माओवादीकै पछि लाग्न मन भए जानुस्

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई स्पष्ट सन्देश दिएका छन् । ‘क्रान्तिकारी पार्टी बनाउन छोडेर माओवादीकै पछि लाग्ने हो भने जानुस्,’ दुई दिनदेखि जारी पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले यस्तो भने ।

खनालले हालको राजनीतिक परिस्थिति र पार्टीको कमजोरीमाथि कडा टिप्पणी गर्दै यो एकीकरणको बेला नभएर पार्टी निर्माण र वैचारिक सुदृढीकरणको बेला भएको सम्झाए ।

‘अहिलेको अवस्था क्रान्तिकारी पार्टी बनाउने बेला हो, एकीकरणमा जानु ठीक समय होइन,’ उनले सम्बोधनका क्रममा भने।

उनले जेन(जी आन्दोलनको उथलपुथललाई राजनीतिक नेतृत्वको असफलतापछि उत्पन्न असन्तोषको संज्ञा दिए । यो भयानक असफलताको जिम्मेवारी हरेक दलका नेतृत्वले लिनपुर्ने उनले बताए ।

‘माधव नेपाल असफल भइसके, माओवादीसँग मिलेर कुनै चमत्कार हुँदैन’

झलनाथको आक्रोश : माधव नेपाल सत्ताको लोभमा फस्दा चार वर्ष खेर गयो, हामीले पार्टी बनाउनै सकेनौँ

श्रीमतीलाई जिउँदै आगो लगाउनेहरूप्रति झलनाथको आक्रोश : सेनाले नलगेको भए एकदुई जनालाई चिथोरेर मार्थेँ

रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई 

रेशमलाई सम्झिँदै रञ्जिता, ‘राजनीतिक दूरी बढेपनि सम्बन्धको आत्मीयता मेटिँदैन’ 

ईःईः को विश्लेषण : गृहमन्त्री अर्याललाई हटाउने बालेनको कसरतले प्रधानमन्त्री नै फेरिन सक्छन्

सामाजिक अभियन्ता ईःईः ले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि सिर्जना भएका उथलपुथल र नयाँ सरकार गठन प्रक्रियामा रहेका केही अदृश्य खेलको व्याख्या गरेका छन् । उनले नयाँ सरकारको प्रारम्भिक प्रयास सानो समूहभित्र सीमित रहेकाले ठूला दल र शक्ति केन्द्रहरू त्यति सक्रिय नभएका बताएका छन् ।

ईःईःले भदौ २४ को उथलपुथलपछि पहिलो प्राथमिकता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने तयारी भएको खुलाएका छन् ।

तर परिस्थिति बिग्रँदा बालेनले प्रधानमन्त्री हुनबाट पछि हटेका पनि उनले खुलाएका छन् । केपी शर्मा ओलीको तत्कालीन सरकार ढलेपछि दोस्रो प्राथमिकतामा रवि लामिछाने भए पनि विकराल परिस्थितिले उनको ओज घटाइदिएको उनले उल्लेख गरेका छन् ।

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

राष्ट्रिय सभाका सचिव डा. अर्यालले दिए राजीनामा

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो
नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि पार्टीका लागि ऐतिहासिक दिन भएको बताएका छन्।

दल दर्ताका लागि निवेदन दिएपछि पत्रकार सम्मेलन गरेर प्रकाण्डले संसदीय निर्वाचन प्रणालीमा आफ्नो उपस्थिति रहने भएकाले आजको दिनलाई ऐतिहासिक दिन भनेको बताए ।

प्रकाण्डले अहिलेको आवश्यकतालाई नीतिलाई, जनताको मागअनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्ने माग समेत गरेका छन्।

उनले जनताको मुद्दाको कुरा, सिस्टमको कुरा चाहनाको कुरालाई आफै फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन भएको दाबी समेत गरेका छन्।

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

नेपाल लिबरल पार्टी गठनको घोषणा

विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 

औपचारिक रूपमै फुट्यो नाउपा, दल दर्ता गराउन गए रेशम, अध्यक्षमा कबीर सोप  

बिपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल-जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र जापान सरकारबीच बिपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आज मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।

महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाई भएको वि।पी। राजमार्ग नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो।गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो ।

जसमा विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए।ती क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गरेको छ।

खगेन्द्रलाई ५० हजार धरौटीमा छोड्न काभ्रे अदालतको आदेश

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको भेट

इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिने

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार भैरहवामा भाषण गर्दागर्दै अचानक ढलेर निधन भएको छ।

रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालयअगाडि आयोजित उद्योगका मजदुरहरूसहितको धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला ढलेका ६५ वर्षीय गौतमको निधन भएको हो।

भाषण गर्दा गर्दै ढलेका गौतमलाई सभास्थलबाट मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । तर उक्त अस्पतालका चिकित्सकहरूले गौतमलाई मृत घोषित गरे।

श्रीमती र दुई छोराका पिता उनी रुपन्देहीकै बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी हुन् । वि।सं। २०५४ सालदेखि जिफन्ट लागेका उनी एमालेको राजनीतिमा पनि सक्रिय थिए ।

कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन 

हिउँदे वर्षाले जलमग्न रिङरोड क्षेत्र (तस्बिरहरू)

सुधा र बब्लुले लिए मन्त्री पदको शपथ, नाम सिफारिस भएर पनि छुटे खगेन्द्र र गणपतिलाल

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गौतमले शीतल निवासमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष शथप लिएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी गरेकी थिइन् ।

दुई मन्त्रीले लिए शपथ (तस्बिरहरू)

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

खगेन्द्रविरुद्ध काभ्रेबाट यही साउनमा जारी भएको थियो पक्राउ पुर्जी

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने (तस्बिरहरू)

यी चार पात्र, जसले गुमाए आफ्नै विवादका कारण मुखमा आइसकेको मन्त्री पद

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

बालुवाटारमा त्रिपक्षीय छलफल

सरकारले बुधबार राजनीतिक दल र जेन-जीहरूबीच वार्ता गरिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ ।

निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन रहेका छन्।

बैठकमा दलको तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत लगायतका नेताहरूको सहभागिता रहेको छ ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी

बालुवाटारभित्र त्रिपक्षीय बैठक, बाहिर धर्ना (तस्बिरहरू)

सरकार, राजनीतिक दल र जेन-जीबीच बालुवाटारमा छलफल सुरु (तस्बिरहरू)

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

राष्ट्रपति पौडेल कतार जाँदै

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइ सकेपछि विपक्षीहरूका नाममा कारण देखाऊ आदेश मात्रै दिएको हो ।

भदौ २३ र २४ को जेन-जी उथलपुथलपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर उनकै सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गरेका थिए ।

पौडेलको उक्त निर्णयविरुद्ध परेका १६ वटा रिटमाथि एकमुष्ट सुनुवाइका क्रममा विपक्षीका नाममा सात दिनभित्र कारण देखाऊ आदेश सर्वोच्चले दिएको हो ।

विभिन्न अधिवक्ता र विद्यार्थीलेसमेत हालेको १६ वटा रिटमाथि प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्माको इजलासमा सुनुवाइ हुँदा अन्तरिम आदेश दिन अस्वीकार भएको हो ।

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन 

ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन

आगजनी तथा लुटपाटमा संलग्नलाई कारबाही गर्नुपर्छ : आयोग अध्यक्ष कार्की

पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ । बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेन-जी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट आफूहरू अलग भएपछि चार वर्षको अवधिमा भएका कामले पार्टी विभाजनको औचित्य पुष्टि भएको जिकिर गरे ।

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरे ।

निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत

दिवंगत पत्रकार सुरेश रजकको परिवार भेट्न पुगे सञ्चारमन्त्री खरेल

आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गरौँ : प्रचण्ड 

सञ्चारमन्त्री खरेलले भने- अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन

स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’ 

सरकारी सुरक्षाबिना केन्द्रीय कमिटी बैठकमा पुगे माधव नेपाल (तस्बिरहरू)

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताए ।

आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उनले बताए ।

उनले मंसिर ७ गते दिल्लीमा दलहरू र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेरो अवस्थामा आइपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गरे ।

पाल्पामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

डेडिकेटेड लाइन विवाद : उद्योगमा बिजुली काटेपछि थप २ सय मेगावाट विद्युत् खेर

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

निजी स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति अफिनको ध्यानाकर्षण

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ थाई पार्टीले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले आफ्नी नेत्री तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामापछि पूर्वउपअर्थमन्त्री जुलापुन अमोर्नभिवाटलाई नयाँ पार्टी प्रमुखका रूपमा चयन गरेको घोषणा गरेको हो ।

अगस्ट महिनामा कम्बोडियासँगको सीमा विवादसम्बन्धी ‘नैतिक उल्लङ्घन’ को आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि पेटोङटार्नले गत हप्तामात्रै पार्टी नेतृत्व छोड्ने घोषणा गरेकी थिइन् । ३९ वर्षीया पेटोङटार्न पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । राजनीतिक विश्लेषकहरूका अनुसार उनको राजीनामालाई पार्टीले सम्भावित कानूनी विवाद र न्यायिक चुनौतीबाट जोगिने रणनीतिक निर्णयका रूपमा लिएको देखिन्छ ।

यस घटनाले थाइल्यान्डमा सिनावात्रा परिवारको लामो राजनीतिक प्रभाव क्रमशः कमजोर हुँदै गएको सङ्केत गरेको पनि तर्क गरिएको छ । फेउ थाई पार्टीको आधिकारिक फेसबुक पृष्ठमा प्रत्यक्ष प्रसारण गरिएको मतदानपछि ५० वर्षीय जुलापुन अमोर्नभिवाट नयाँ पार्टी प्रमुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

केन्यामा खडेरी : गाईको सट्टा उँट पाल्दै किसान

ट्रम्पको आणविक परीक्षण आदेशले चर्कायो विश्वव्यापी तनाव

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

भारत र अमेरिकाले गरे दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

बुसानमा ट्रम्प-सी वार्ता : व्यापार तनाव, युक्रेन युद्ध र फेन्टानिलबारे महत्त्वपूर्ण सहमति, ताइवानबारे कुनै कुरा भएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियाको बुसान सहरमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

यो भेटमा दुई देशबीचका सम्बन्ध सुधार र विश्वका प्रमुख मुद्दाबारे विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै नेताले युक्रेन संकट समाधानका लागि संयुक्त पहल गर्ने सहमति जनाएका छन्। ट्रम्पले सञ्चारकर्मीहरूसँग भने, ‘युक्रेनबारे लामो र गम्भीर छलफल भयो। हामी दुवै मिलेर केही ठोस नतिजा निकाल्ने प्रयास गर्नेछौं।’

उनले ताइवानबारे भने कुनै चर्चा नभएको बताए । बैठकमा व्यापार र शुल्क सम्बन्धी विषय प्रमुख एजेन्डा बनेको थियो।

ट्रम्पसँगको भेटपछि सी भन्छन्- व्यापारिक सहमति भयो

आणविक परीक्षणलाई निरन्तरता दिन ट्रम्पले दिए युद्ध मन्त्रालयलाई निर्देशन

रुसी तेल नकिन्ने भारतीय रिफाइनरीको घोषणा

इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना

पाकिस्तानी जेलबाट ३ सयभन्दा बढी अफगान कैदी रिहा भई स्वदेश फिर्ता : मन्त्रालय

लुभ्रको गहना चोरीमा मुख्य सहित पाँच जना नयाँ संदिग्ध पक्राउ

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ०८ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी