आजका समाचार : ओलीले जाँचबुझ आयोग र मानव अधिकार आयोग दुवैमा दिए बयान, रास्वपाले थप्यो चार नयाँ पदाधिकारी र भेनेजुएलामा अमेरिकी आक्रमणको चौतर्फी आलोचना  « Khabarhub

आजका समाचार : ओलीले जाँचबुझ आयोग र मानव अधिकार आयोग दुवैमा दिए बयान, रास्वपाले थप्यो चार नयाँ पदाधिकारी र भेनेजुएलामा अमेरिकी आक्रमणको चौतर्फी आलोचना 


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पत्र लिएर पुगेको जाँचबुझ आयोगको टोलीले गुण्डूमै लियो ओलीसँग बयान

गत भदौ २३ र २४ गते जेन(जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ।

आयोगको टोलीले भक्तपुरको गुण्डूस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको थियो । तर ओलीले तत्कालै आयोगको टोलीलाई विभिन्न ६० वटा प्रश्नमा केन्द्रित रहेर गुण्डूमै लिखित बयान दिएर पठाएका हुन् ।

पत्र लिएर पुगेको टोलीसँग ओलीले ‘लिखित भनाइ’ दिएको उनको सचिवालयका एकजना सदस्यले बताए । जाँचबुझ आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले आइतबार गुण्डूमा पत्र पुगेको बताएका थिए ।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न सबैजसोसँग बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको छ। तर ओलीले सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिन अस्वीकार गरेका थिए ।

सात दिनभित्र बयानमा आउन ओलीलाई जाँचबुझ आयोगको पत्र

राजनीतिमा लागेका मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गरून् : रघुवीर महासेठ

दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल एकल सिफारिस

केपी ‍ओलीसँग मानवअधिकार आयोगले लियो बयान

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपप्रति एमाले महासचिवको आपत्ति

उम्मेदवार सिफारिसले एमाले दोलखामा भाँडभैलो, उपसचिवसहित १० नेताको राजीनामा घोषणा

रास्वपाको दोस्रो महामन्त्री पद कुलमानलाई होइन बालेन पक्षलाई !

राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय कमिटी बैठकले चारजना नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ। थपिएका चार पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एकएकजना रहेका छन् ।

थपिएकामध्ये महामन्त्री पद काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पक्षका नेतालाई दिने तयारी सभापति रवि लामिछानेले गरेका छन् । उपसभापति पदमा यसअगाडि नै उज्यालो नेपाललाई गाभेका कुलमान घिसिङलाई ल्याउने सहमति भइसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सचिवालय सदस्यका अनुसार बालेनपक्षका नेतालाई महामन्त्री दिएर सह(ममन्त्री र सह(प्रवक्ताको जिम्मेवारी कुलमान पक्षलाई दिने तयारी गरिएको छ ।

रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै

उम्मेदवार छनौट र पार्टी एकता अघि बढाउन रास्वपाले बनायो दुई उपसमिति

रञ्जु दर्शनासहित सात नेता बने रास्वपा केन्द्रीय समिति सदस्य

जेलबाट छुटेयता रविको उपस्थितमा रास्वपाको पहिलो केन्द्रीय कमिटी बैठक

प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकियो

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ । बैठक भोलि सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बस्ने भएको छ।

पार्टीले बैठकमा पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशन अनुसार उपस्थित हुन अनुरोध गरेको छ।

बैठकसम्बन्धी सूचना पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेका छन्।

कांग्रेस बैठक : विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष

‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’

सरकारले आफ्ना माग सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी

युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सहभागिता बढ्यो : सुरेन्द्र बस्नेत

दीर्घकालीन लक्ष्यप्राप्तिलाई केन्द्रमा राखी योजना अघि बढाउनुपर्छ : मुख्यमन्त्री शाह

भेनेजुएलामा आक्रमणविरुद्ध अमेरिकी दूतावाससामु उत्रिए विद्यार्थी

भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप हुनु हुँदैन र त्यहाँको सार्वभौमसत्ताको रक्षा गरिनुपर्छ भन्ने माग राखेका थिए।

उनीहरूले अमेरिकामाथि तत्काल आफ्नो नीति फिर्ता लिन र भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने आवाज उठाएका छन्।

छोटो समयको लागि आयोजित यो प्रदर्शनमा विद्यार्थीहरूले नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए र दूतावासको वरिपरि शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए।

शुक्लाफाँटा निकुञ्जबाट बस्ती पसे हात्ती, घर र बालीमा क्षति

हत्या गरिएका वनपालेको टाउको भेटियो 

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै

अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया अपहृत, चार दिनदेखि अवस्था अज्ञात

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा हिमपात

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु

अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको मान्यताविपरीत

संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलामाथि हालै गरिएको सैन्य आक्रमणप्रति अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक बैठक गरेर अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूको अन्तरक्रियाबाट उक्त निष्कर्ष निकालिएको डा। हरि प्रकाश चन्दले बताए ।

कुनै पनि सार्वभौम राष्ट्रको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा सार्वभौमिकताको सम्मान गर्नु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त भएकोले यस प्रकारको बल प्रयोग संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २९४० विपरीत रहेको उनीहरूले जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय विवादहरूको समाधान संवाद, कूटनीति र शान्तिपूर्ण उपायहरू मार्फत खोजिनुपर्ने मान्यतामा दृढ विश्वास राख्दछौं । एकपक्षीय सैन्य हस्तक्षेपले विश्व शान्ति, क्षेत्रीय स्थायित्व तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई कमजोर बनाउने जोखिम रहेको हाम्रो ठहर छ’, विज्ञप्तीमा उल्लेख छ।

‘हामी हाम्रो देशको परराष्ट्र नीतिमा दृढ विश्वास गर्दछौँ । असंलग्नता, पञ्चशीलका सिद्धान्तहरू, विश्व शान्तिको मान्यता, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्र हाम्रो देशको परराष्ट्र नीतिका आधारस्तम्भहरू हुन्’, वक्तव्यमा भनिएको छ, ‘यी आधारस्तम्भले विश्वका हरेक मुद्दालाई शान्तिपूर्ण संवादमार्फत् समाधान गर्न जोड दिन्छन्। अमेरिका र भेनेजुएलाबीचका मुद्दालाई पनि शान्तिपूर्ण कूटनीतिक मध्यमबाट समाधान गर्न हामी अपील गर्दछौँ ।’

अमेरिकी सांसदको प्रश्न– पुटिनले जेलेन्स्कीलाई ‘गिरफ्तार’ गरे भने के हुन्छ ?

दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

ट्रम्पको पहिलो कार्यकालमै बनेको थियो मादुरो हटाउने योजना

राष्ट्रपति मादुरोलाई अमेरिकाकै बदनाम जेलमा राखियो

भेनेजुएलामा विकसित घटनाक्रमबारे भारतले के भन्यो ?

भेनेजुएलामा अमेरिकी हमलाप्रति भारतको गम्भीर चासो, भन्यो : शान्तिपूर्ण संवाद थालियोस्

सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण

भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

अमेरिकी कदमबारे चीनको कडा प्रतिक्रिया, भन्यो : मादुरोलाई तुरुन्त रिहा गरियोस्

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू प्रायः खाली

निकोलस मादुरो : गाडी चालकबाट उदय, बन्दी बनाएर अन्त्य 

अब अमेरिकी तेल कम्पनीले भेनेजुएलामा लगानी गर्न पाउनेछन् : ट्रम्प




































प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ५३ बजे

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

काठमाडौँ – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६