संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि जस्ताको तस्तै राष्ट्रपतिकहाँ
राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै आइतबार फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले जस्ताको तस्तै फेरि शीतल निवासमा पठाइदिएको छ।
सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले आइतबार फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिकहाँ पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको बताएका छन् ।

साता लामो कानुनी परामर्शपछि राष्ट्रपति पौडेलले अन्य अध्यादेश पार गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई नै फिर्ता गरिदिएका थिए ।
संसद्को बर्खे अधिवेशन बोलाएर पनि स्थगित गरेको सरकारले अध्यादेशमार्फत् शासन थालेको थियो । निर्वाचित भएको केही महिनामै संसद् छलेर सिफारिस भएकामध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता भएको थियो । यदि यो अध्यादेश राष्ट्रपतिबाट जारी भएमा प्रधानमन्त्री र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफूअनुकूल निर्णय गराउन सहज हुने थियो । एक पटक राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश फेरि सरकारले पठाएपछि अब जारी गर्न नैतिक दबाब पर्नेछ ।
संवैधानिक परिषद्मा अध्यक्षसहित तीन जनाले निर्णय गर्नेसक्ने प्रावधान समेटेर यो अध्यादेश शीतल निवास पठाइएको थियो ।
संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप
सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने
रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)
प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ
आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले
स्वास्थ्यमन्त्री मेहताले कर्मचारीलाई लगाएको गम्भीर आरोप झुटो साबित, जलेका गाडीका नाममा पेट्रोल नबाँडिएको पुष्टि
गत १५ वैशाखमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको सचिवालयले कर्मचारीहरूमाथि गम्भीर आरोपसहितको एउटा समाचार सार्वजनिक गर्यो ।
उक्त समाचार मन्त्री मेहताको ह्वाट्स एप ग्रुप हुँदै सनसनीपूर्ण बनेर सञ्चारमाध्यममा फैलियो । उक्त समाचारमा भनिएको थियो, ‘जलेका गाडीको नाममा इन्धन दुरूपयोग स् अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ।’ उक्त समाचारमा जलेका गाडीको सन्दर्भमा २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनसँग जोडिन्थ्यो । उक्त आन्दोलनका क्रममा भदौ २४ गते राति राम शाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगजनी गरियो ।

देशभरको स्वास्थ्यसम्बन्धी अनुगमक निकायका रुपमा रहेको उक्त मन्त्रालयमा अराजक समूहले भदौ २४ गते ढिलागरी आगो लगाएर ध्वस्त बनाएको थियो ।
उक्त क्रममा मन्त्रालय परिसरमा रहेका कयौँ सरकारी गाडी पनि खरानी भए । भवन र गाडी जलेर ध्वस्त पारिएपछि अहिले स्वास्थ्य मन्त्रालय विभिन्न देशले दिएका टेन्टमुनि चलिरहेको छ। राम शाहपथबाट अहिले यो मन्त्रालय पनि सिंहदरबारमै सरिसकेको छ।
वैशाख १५ मा उनको सचिवालयले लेखेको थियो, ‘जेन(जी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिनुभएको हो।’
स्वास्थ्यमन्त्री मेहताले कर्मचारीलाई लगाएको गम्भीर आरोप झुटो साबित
शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश
संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव
सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ
दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा
मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्यो
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागद्वारा छापा मारिएपछि अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।
सोमबार जारी विज्ञप्तिमा उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित घर तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको स्वीकारेका छन्। मुख्यमन्त्री बानियाँले आफू पदमा आएपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्।

बागमती प्रदेश सरकारको खर्च कटौती, मितव्ययिता र योजना तथा बजेटमा पारदर्शिता कायम गर्ने नीति अघि बढाइएको उनले बताएका छन्।
उनले राज्यका जुनसुकै निकायले गर्ने अनुसन्धानलाई सकारात्मक रूपमा लिने उल्लेख गर्दै संवैधानिक र कानुनी दायराभित्र हुने सबै छानबिनमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्।
तर, पूर्व जानकारीबिना गरिएको छापा मारिएकोप्रति आपत्ति जनाउँदै उनले यसबाट आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमा असर परेको महसुस भएको बताएका छन्।
बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग
सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह
कपनस्थित साततले क्षेत्रका घरटहरा भत्काउन १३ वटा डोजर
काठमाडौंको कपनस्थित साततले क्षेत्रमा डोजर प्रयोग गरेर घरटहरा भत्काउने कार्य जारी रहेको छ ।
सोमबार बिहानदेखि १३ वटा डोजर परिचालन गर्दै अतिक्रमित संरचना हटाउने अभियान अघि बढाइएको हो ।

स्थानीय प्रशासनका अनुसार सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि यो अभियान सञ्चालन गरिएको हो ।
भत्काउने क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह
नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क
नक्कली सुकुम्वासीलाई कारबाही गर्न हर्क साम्पाङको माग
पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)
लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’
पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय
भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा निर्वाचनमा व्यापक राजनीतिक परिवर्तन देखिएको छ । राज्यमा पुराना र स्थापित दलहरुको गढ भत्किँदा केन्द्रमा शासन चलाइरहेको भारतीय जनता पार्टीले उल्लेख्य जित हासिल गरेको छ । अप्रिल महिनामा भारतका पश्चिम बंगाल, असम, पुद्दुचेरी, तामिल नाडु र केरला राज्यमा मतदान भएको थियो ।
आज सार्वजनिक मतपरिणाम अनुसार पश्चिम बंगालमा भारतीय जनता पार्टीले विशाल जित हासिल गरेको छ । पश्चिम बंगालमा यसअघि राज्यको शासन चलाइरहेकी मुख्यमन्त्री ममता बनर्जी नेतृत्वकोे तृणमूल कांग्रेस टीएमसीले अनपेक्षित हार व्यहोरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाले ११५ सिटमा जित हासिल गरेको आज तकले जनाएको छ । पार्टीले अन्य ८९ सिटमा अग्रता कायम गरेको छ । यस अनुसार भाजपाले राज्यमा २०४ सिटमा जित हासिल गर्ने देखिएको छ । अघिल्लो विधानसभामा भाजपाको ६५ सिट रहेको थियो । कुल २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा सरकार बनाउनका लागि १४८ सिट पर्याप्त हुन्छ ।
यसअनुसार भाजपाले राज्यमा स्पष्ट बहुमत सहित नयाँ सरकार बनाउने निश्चित भएको छ । राज्यमा भाजपाका शीर्ष नेता सुवेन्दु अधिकारी मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी नदीग्राम र भवानीपुर निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । नदीग्राममा अग्रता लिएका उनी भवानीपुरमा भने ममता बेनर्जीसँग पछि परेका छन् ।
पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता
फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके
क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने
पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले हान्यो दुई क्षेप्यास्त्र














प्रतिक्रिया