बयानपछि केपी ओलीको स्थानहद फुकुवा
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद फुकुवा गरिएको छ।
गत भदौ २३-२४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद सोमबार फुकुवा गरेको हो । आयोगले आइतबार ओली निवास गुण्डूमै पुगेर उनको बयान लिएको थियो। बयान सकिएसँगै स्थानहद फुकुवा गरिएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनेक उठाउँदै सिंहदरबारमा गएर बयान दिन तयार थिएनन्। तर आयोगले आइतबार एकजना सहसचिवलाई गुण्डू पठाएर लिखित बयान लिएको हो ।
पत्र लिएर गएको आयोगको टोलीलाई ओलीले लिखित बयान नै दिएका हुन् । उनले आइतबार नै उक्त प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा पनि अढाई घण्टा लामो बयान दिएका छन् ।
स्थानहद फुकुवापछि ओलीले चुनावी प्रचार गर्ने बाटो खुल्यो, विदेश पनि जान पाउने
नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा
धमाधम उम्मेदवार छान्दै एमाले, यी हुन् एकल सिफारिस भएका २६ नेता
झापा २ बाट युवा संघका नेता भण्डारीदेखि सभामुखसम्मको नाम सिफारिस
एमालेको सचिवालय बैठक मंगलबार बस्ने
दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो
केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ
कांग्रेसका प्रदेश सभापति पनि विभाजित, पाँचजना विशेष महाधिवेशनको विपक्षमा उभिए
नेपाली कांग्रेसमा देखिएको कलह प्रदेश कार्यसमिति सभापतिसम्म पुगेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी ५ जना प्रदेश कार्यसमिति सभापतिहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।

उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावअनुसार आगामी वैशाख २८ गतेदेखि पन्ध्रौँ महाधिवेशन हुनुपर्ने पक्षमा आफूहरूलाई उभ्याएका हुन्। सुदूरपश्चिम कार्यसमिति सभापति वीरबहादुर बलायरले सानेपामा सञ्चारकर्मीहरूसँग बोल्दै विशेष महाधिवेशनको औचित्य सकिएकाले कार्यसम्पादन समितिको निर्णयअनुसार अब नियमित महाधिवेशनमै जानुपर्ने बताए ।
उनीसहित कोशी प्रदेश कार्यसमिति सभापति उद्धव थापा, मधेशका कार्यसमिति सभापति कृष्णप्रसाद यादव, बागमती सभापति इन्द्र बानियाँ, कर्णाली सभापति ललितजंग शाहीले संयुक्त वक्तव्य निकालेर विशेष महाधिवेशनविरुद्ध उभ्याएका हुन् ।
चुनाव नजिकिएसँगै सुरू भयो दिल्ली दौड, प्रचण्डपछि आरजु पनि उडिन्
विभाजनको आशंकाबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण
दुई घण्टा ढिलो गरेर सुरू भयो रास्वपाको एकता सभा (तस्बिरहरू)
राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह (बालेन)र कुलमान घिसिङ गएका छैनन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको सभामा ती दुई नेता नगएका हुन् । बालेन र कुलमान आजको एकता सभामा उपस्थिति नभएपनि रास्वपा र सबै पार्टीहरूबीचमा भएको एकताअनुसार बृहत् एकतासभाको तयारी भने भइरहेको जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुपदेव साहले आजको कार्यक्रम पश्चिमका केही जिल्लाबाट पार्टीमा प्रवेश गर्नेहरूलाई लक्षित गरेर भएको र बृहत् एकतासभाको तयारी भइरहेको बताए । साथै, उनले केही दिनभित्र नै त्यस्तो सभा हुने बताए ।
पछिल्लो समयमा रास्वपासँग कुलमान घिसिङ आबद्ध भएको उज्यालो नेपाल पार्टी, विवेकशील पार्टी, खगेन्द्र सुनार नेतृत्वको पार्टी, बालेन साहको समूह लगायतले एकता गरेका छन् । सो एकताको बृहत् सभा गर्ने तयारी पार्टीले गरिरहेको भुपदेव साहले खबरहबलाई बताए ।
पद बाँडफाँटको दबाबमा रवि, बालेनलाई मिलाउँदा कुलमानले खोजे लिखित सहमति
दिल्लीमा प्रचण्डले भने- भदौ २४ को विध्वंश जेन-जीले गरेका होइनन्, निक्कै ठूलो डिजाइन थियो
राष्ट्रियसभाको ८ सिटमा कांग्रेसको दाबी, एमाले र नेकपा दुवैसँग समानान्तर वार्ता
रास्वपाको समानुपातिक सूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिए
राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र
रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको पाँडेको घोषणा
अमेरिकी राजदूत थम्प्सनले भेटे प्रधानमन्त्री कार्की
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ भेटका क्रममा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
सो क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।
सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल
महिलामैत्री नीति व्यवहारमा कार्यान्वयन हुनुपर्छ : मन्त्री सिन्हा
सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी : गृहमन्त्री
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले
सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन्।धितो रहेको जग्गा लिलामी प्रक्रियामा गएपछि इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणी लालबहादुर पौडेलले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन् ।
इटहरीको आइतबारेका पौडेलले सोमबार एनआईसी एसिया बैंकको इटहरीस्थित शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोजेका थिए । उनी बोतलमा पेट्रोल बोकेर बैंकभित्र छिरेका थिए ।

आफ्नै शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैंकका कर्मचारी र दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानका सदस्यले जोगाए । उनले आफ्नो जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको खुलेको छ । झापामा मदिरा उद्योग चलाउन साहले पौडेलसँग ब्याज दिने सहमतिमा धितो मागेका थिए । साढे २ करोड रूपैयाँमा आफ्नो जग्गा धितो राखेपछि साहले ब्याज र किस्ता दुवै नतिरेको पौडेलले बताए ।
मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति
वीरगञ्ज महानगरमा निषेधाज्ञा, भेला र प्रदर्शनमा रोक
म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता
भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको दाबी गरेका छन्। उनले अहिले भनेजुएलामा सरकारविहीन अवस्था रहेको तर यही अवस्थामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ हुने बताएका छन्।
शनिबार अमेरिकी सेनाले मदुरोलाई अपहरण शैलीमा न्युयोर्क पुर्याएको थियो। अब भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ।

भेनेजुएलामा अझै समस्या भएको र त्यसलाई ध्यानमा राखेर अमेरिका अगाडि बढेको उनको दाबी छ। उनले भनेका छन्, , “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ। हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ। हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ।”
भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको धम्की : हाम्रो कुरा नमाने मादुरोभन्दा खराब हालत हुन्छ
भेनेजुएलामाथि कूटनीतिक र आर्थिक दबाब कडा बनाउँदै अमेरिका
भेनेजुएलामा अमेरिकी आक्रमण हुँदा क्युबाका ३२ सुरक्षा अधिकारी मारिए
चीन र पाकिस्तानले अफगानिस्तानबारे भने : चरमपन्थीलाई समाप्त गर्न कडा कदम चालियोस्
उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु
पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु
दक्षिण अफ्रिकी सङ्गठनहरूद्वारा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा
इरानले भन्यो : भेनेजुएलामा अमेरिकी आक्रमण ‘उपनिवेशकालीन सोच’को उपज
यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान













प्रतिक्रिया