मन्त्रिपरिषद्का ५ निर्णय : सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ।
सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव छन्।
त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय भएको छ।
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट
जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री
डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै
नेपाल–अष्ट्रेलिया सहकार्यलाई थप परिणाममुखी बनाउन मन्त्री बादीको जोड
प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि प्रस्तावित आधार तय गरेका छन्।
दुई दलबीच गत साउन ९ गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडको आधार तय गरिएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको प्रस्तावित आधारमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा दलहरूको सिट संख्या मुख्य आधार बनाउने उल्लेख छ।
मन्त्रालय बाँडफाँट पनि सामान्यतः प्रदेशसभामा दलहरूको सदस्य संख्याको अनुपातमा गरिने भएको उक्त निर्देशनमा उल्लेख छ। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र शक्ति सन्तुलनमा गणना गरिने प्रस्ताव दुई नेताले गरेका छन् ।
शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार
२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने
संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने
कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने
कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ
बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल
संसद् सुरु हुनेबित्तिकै विपक्षीको विरोध
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारलाई बोल्न समय दिएका थिए ।

सांसद स्वारले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे जिम्मेवार अभिव्यक्ति नदिएको आरोप लगाउँदै संसद्मा माफी माग्नुपर्ने माग गरे । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुको साटो आफू ‘नाकाबन्दी वा घेराबन्दीमा परेको’ भन्दै अभिव्यक्ति दिएकोप्रति उनले आपत्ति जनाए ।
लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको भूभाग भएको स्पष्ट हुँदाहुँदै पनि सरकारले यस विषयमा मौनता साँधेको आरोपसमेत स्वारले लगाए ।
सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ
टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)
अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह
घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए
ग्यास पर्याप्त, माग अस्वाभाविक
नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई कप्तानी कार्यकालमा पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।
क्यानले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवको रूपमा रहने उल्लेख गरेको छ।

“नेपाल र नेपाली क्रिकेट प्रशंसकको आशालाई बोकेर लगनशीलता, समर्पण र दृढ संकल्पका साथ टोलीको नेतृत्व गर्नुभएकोमा धन्यवाद,” क्यानले भनेको छ, “देश, टोली र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको छ।”
क्यानले कप्तानीको जिम्मेवारीबाट अलग भए पनि रोहितले आगामी दिनमा उही भावना, गर्व र समर्पणका साथ नेपाली टोलीको प्रतिनिधित्व जारी राख्ने विश्वास व्यक्त गरेको छ। साथै क्यानले रोहितको योगदानको उच्च सम्मान गर्दै ‘एकपटकको नेता, सधैँको नेता’ हुने उल्लेख गरेको छ।
रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’
नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?
रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्याएको क्षतिको क्षतिपूर्ति इरानले नै तिर्नुपर्ने बताएका छन्।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र उक्त जलमार्ग अहिले ‘शतप्रतिशत’ अमेरिकी नियन्त्रणमा रहेको दाबी गरे।

इरानसँगको पछिल्लो तनाव र असमझदारीबारे बोल्दै ट्रम्पले तेहरानले अमेरिकी कारबाहीका कारण भएको क्षतिको क्षतिपूर्ति मागिरहेको उल्लेख गरे। त्यसको जवाफमा अमेरिकाले पनि इरानसँग क्षतिपूर्ति माग गर्ने उनले बताए।
यसअघि ट्रम्पले अमेरिका–इजरायलको सैन्य कारबाहीका क्रममा इरानमा भएको आर्थिक क्षतिका लागि तेहरानले गरेको क्षतिपूर्तिको माग अस्वीकार गरेका थिए। बरु, इरानले आफ्नै गतिविधिका कारण हुने मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द
सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै
पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड
भुटानका दुई मन्त्रीले दिए राजीनामा
भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना












प्रतिक्रिया