आजका समाचार : राष्ट्रिय सभाबाट नीति-कार्यक्रम पारित, सदनमा बोल्न आएनन् प्रधानमन्त्री, निजी क्षेत्रमाथिको धरपकडप्रति गगनको आपत्ति र ट्रम्प- सी वार्ता सकारात्मक « Khabarhub

आजका समाचार : राष्ट्रिय सभाबाट नीति-कार्यक्रम पारित, सदनमा बोल्न आएनन् प्रधानमन्त्री, निजी क्षेत्रमाथिको धरपकडप्रति गगनको आपत्ति र ट्रम्प- सी वार्ता सकारात्मक


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको राष्ट्रिय सभाले बहुमतबाट सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभा नीति तथा कार्यक्रम पारित गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले तीन दिनअघि संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरेको नीति तथा कार्यक्रममाथिका संशोधन प्रस्तावबारे सांसदहरूले संशोधन राख्दै बोलिरहेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भए पनि संशोधन प्रस्ताव राख्दा प्रतिपक्षले सदन चल्न दिएका छन् । तर संशोधन प्रस्तावको उत्तर दिनचाहिँ प्रधानमन्त्रीले नै दिनुपर्ने अडानमा उभिने तयारी प्रतिपक्षले गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिस्ट पार्टीले संशोधन प्रस्तावमा सांसदहरूलाई धारणा राख्न दिएका छन् । तर अब प्रश्नको उत्तर दिँदा भने प्रधानमन्त्री नै चाहिने साझा अडानको पक्षमा उभिन लागेको एक नेताले बताएका छन् ।

‘हामीले संशोधन प्रस्ताव पेश गर्नमात्रै सांसदहरूलाई दिएका हौँ। उत्तरचाहिँ हामी प्रधानमन्त्रीबाटै माग्छौँ’, प्रतिपक्षी दलका एक नेताले भने, ‘जनताबाट भाग्ने काम प्रधानमन्त्रीले अब गर्नु हुँदैन। हामी जसरी पनि उहाँको जवाफ माग्छौँ ।’

नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

मनिष झाको अभिव्यक्ति सापटी लिँदै निश्कलले सोधे, ‘प्रधानमन्त्रीले क्लास बङ्क गर्न मिल्छ ?

संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकडमाथि आपत्ति जनाएका छन् । बिहीबार पोखरामा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले व्यवसायीमाथि गरेको धरपकड तुरुन्त नरोके देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।

‘कानुनबमोजिम गलत गर्नेले दण्ड पाउनुपर्छ भन्नेमा कांग्रेस आफ्नै पार्टीको मान्छे भए पनि विरोधमा उत्रिँदैन । तर राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने यसको ठूलो मूल्य देशले चुकाउनुपर्छ,’ उनले भने ।

जसलाई मन लाग्यो त्यसलाई समात्ने भन्दापनि सरकारले विवेक, करुणा र कानुन देखाउनुपर्ने उनको भनाइ छ ।

थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनुपर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औँल्याए । उनले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाए ।

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालापानी अतिक्रमित भूमि हुन्’

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

डोजर आतंकविरूद्ध माइतीघरमा खबरदारी

अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको ‘डोजर आतंक’ र ‘संस्थागत हत्या’को विरोध गर्दै बिहीबार माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्।

कार्यक्रममा सहभागीहरूले सुकुम्बासी बस्तीहरूमा उचित व्यवस्थापन र वैकल्पिक आवासको सुनिश्चितता नगरी डोजर चलाइएको आरोप लगाउँदै सरकारको कदमप्रति विरोध जनाएका थिए। उनीहरूले भूमिहीन, सुकुम्बासी तथा विपन्न समुदायमाथि राज्यले दमनकारी नीति अपनाएको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै जबर्जस्ती बस्ती हटाउने कार्य तत्काल रोक्न, सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न तथा प्रभावित परिवारलाई सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका थिए।

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताएका छन् । ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ ।’

भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।”

ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

‘मार्को लु’ बनेर चीन पसे अमेरिकी विदेशमन्त्री रुबियो

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

नेतान्याहुले युएई भ्रमण गरेको दाबी सार्वजनिक भएसँगै खाडी क्षेत्रमा नयाँ बहस सुरु

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु






















प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ७ : ५९ बजे

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

तेहरान – इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका