आजका समाचार : सार्वजनिक भयो समानुपातिक सांसदको सूची, नयाँ सांसदलाई तालिम दिँदै रास्वपा, आपूर्ति नहुँदा ग्यास अभाव र तेल आपूर्ति खुलाउने ट्रम्पको प्रयास « Khabarhub

आजका समाचार : सार्वजनिक भयो समानुपातिक सांसदको सूची, नयाँ सांसदलाई तालिम दिँदै रास्वपा, आपूर्ति नहुँदा ग्यास अभाव र तेल आपूर्ति खुलाउने ट्रम्पको प्रयास


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारामा भुइँचालो गएको छ। बारा क्षेत्र नम्बर ३ मा उठेका सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई हराउन अन्तरघात गरेको भन्दै जिल्ला सभापतिसहित १६ जनालाई कारबाहीका लागि क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

कारबाही सिफारिसमा पर्ने १६ जनामा सभापति राजेश राय यादवसमेत छन् । उनीहरूलाई कारबाहीका लागि केन्द्रीय कार्यसमितिसमक्ष क्षेत्रीय समितिले सिफारिस गरेर पठाएको हो ।

बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरेको क्षेत्रीय सचिव राजेश भण्डारीले बताए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार सह-महामन्त्री मन्सुरलाई असहयोग र अन्तरघातमा संलग्न जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको हो ।

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

पौने ४ करोडको भ्रष्टाचार मुद्दामा कांग्रेस पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी मागियो

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद


नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदलाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको हो ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। पार्टीका तर्फबाट प्रत्यक्षतर्फ १२५ जना सांसद निर्वाचित भएका छन् भने समानुपातिकबाट ५७ जना सिफारिस भएका छन्।

सबै दलका समानुपातिकतर्फ सांसदले भने निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छैनन् ।

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको जनाएको छ ।  राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले अनावश्यक सञ्चय भन्दा पनि माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका हुन् ।

उनले दैनिक १३० बुलेट ग्यास आउँदा पर्याप्त हुने भए पनि हाल दैनिक ९० बुलेट मात्रै ग्यास आउने गरेको जानकारी विभागमा प्राप्त भएको उल्लेख गरे ।

निर्देशक तिवारीले ग्यासका अभाव भएपछि गरिएको बजार अनुगमनका क्रममा समेत व्यापारीले ग्यास लुकाएको नभेटिएको उल्लेख गरे ।

उनले ग्यासको अभाव बढ्ने मनोवैज्ञानिक त्रासले उपभोक्ताले केही सञ्चय गरेको देखिएको धारणा राखे । निर्देशक तिवारीले ग्यासका साथै इन्डक्सन चुलो बिक्री वितरणका विषयमा समेत विभागले आवश्यक अनुगमन गरिरहेको बताए । 

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

राष्ट्रिय परिचय नम्बरमार्फत स्वास्थ्य बीमा सेवा डिजिटल बनाइँदै

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ?
जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन-जी मुभमेन्ट एलायन्स, नेपाल जेन-जी फ्रन्ट र जेन-जी सिभिक फोरमले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरूले प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र आन्दोलनसँग सम्बन्धित घटनाबारे पारदर्शी जानकारी दिन सरकारसँग माग गरेका छन् ।

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गरेका छन् । तर अहिलेसम्म कुनै देशले स्पष्ट प्रतिबद्धता दिएको छैन । तेलको मूल्य युद्धको कारण अत्यधिक बढेको छ ।

ट्रम्पले भने, ‘म यी देशहरूलाई आफ्नो क्षेत्रको सुरक्षा गर्न आग्रह गर्दैछु । किनभने यो उनीहरूको आफ्नो क्षेत्र हो ।’

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले केही देशहरूले आफ्ना जहाजहरूको सुरक्षित मार्गका लागि संपर्क गरेको बताएका छन्, तर निर्णय पूर्ण रूपमा इरानी सेनाको अधिकारमा रहेको छ ।

इरानले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरू बाहेक अन्य सबै देशका जहाजहरूलाई स्ट्रेट प्रयोग गर्न खुला राखेको छ । उनले भने, ‘हामीसँग अमेरिकासँग वार्ता गर्ने कुनै कारण छैन । यस युद्धको सुरुवात इजरायल र अमेरिकाले मिलेर फेब्रुअरी २८ मा गरेका हमलाबाट भएको हो ।’

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

होर्मुज बन्द : विश्व बजारमा दबाब

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 
















प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ५५ बजे

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन