साताका समाचार : बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, एनपीएल फाइनलमा सुदूरपश्चिम-लुम्बिनी, रास्वपाका २० सांसद चीनमा र अमेरिकालाई इरानको चेतावनी « Khabarhub

साताका समाचार : बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, एनपीएल फाइनलमा सुदूरपश्चिम-लुम्बिनी, रास्वपाका २० सांसद चीनमा र अमेरिकालाई इरानको चेतावनी


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा मंसिर ७ गते सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भारतको विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। तालिकाअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन् । सोही दिन साँझ ६ बजे होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। राजघाटको कार्यक्रमलगत्तै हैदरावाद हाउसमा शाह र मोदीबीच द्विपक्षीय वार्ता हुनेछ।

वार्तापछि सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू

यी हुन् बालेनको भारत भ्रमणमा सहभागी हुने उद्योगी 

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २(३ गते कार्की बैंक्वेट काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ ।

भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प गरेको छ ।

भेलामा अध्यक्ष कमरेड केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष विष्णु पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ सम्बन्धमा र महासचिव शंकर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

नयाँ दलप्रति ओलीको टिप्पणी : मौसमी छिचिमिरासँग डराउनु पर्दैन

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

राजनीतिक चुनौती सामना गर्न तयार रहन पद्मा अर्यालको आग्रह

संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली

 एनपीएल उपाधिका लागि शनिबार लुम्बिनी र सुदूरपश्चिम भिड्दै
 नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त शनिबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यो रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको भिडन्तका रुपमा हेरिएको छ ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भेट पक्का गरेको हो। उता लुम्बिनी भने मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै सिधै फाइनलमा पुगेको हो।


सुदूरपश्चिम पहिलो एनपीएल उपाधिको खोजीमा मैदान उत्रँदैछ । यसअघि टोली पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । शनिबारको खेल सुदूरपश्चिमका लागि गत सिजनको फाइनल र यसै सिजनको पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिने अवसरसमेत हुनेछ । अर्कोतर्फ, लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहनेछ ।

एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएपछि दर्शक आक्रोशित, क्यानले माग्यो माफी

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर)

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने आयोगको प्रस्ताव

निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरेको हो ।

छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् । यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनको भनाइ छ ।

छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापालगायतका नेता सहभागी थिए ।

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ : सुरक्षा सम्मेलनमा गएर बूढीगण्डकी लगानीको चर्चा

सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

राष्ट्रपतिले गरे काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ९ ३।३९९ मिटर० बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् ।

सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ’, राष्ट्रपति पौडेलले भने ।

राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र क्रियाशील रहेको र काठमाडौँ उपत्यकालाई तराईरमधेशसँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उनले विश्वास व्यक्त गरे ।

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- अब समय र खर्च दुवै बचत हुन्छ

सर्वोच्चको आदेशसँगै पशुपति धर्मशाला खाली गराउने बाटो खुल्यो, मारवाडी समितिको मोही दाबी अस्वीकृत

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग बढाउन एडीबीलाई नेपालको आग्रह


बक्यौता तिर्न र अनुमतिपत्र नवीकरण गर्न २९ कम्पनीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र अनुमतिपत्र नवीकरण नगर्ने २९ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नौ सेवा प्रदायकलाई सरकार र प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम दाखिला गर्न तथा २० सेवा प्रदायकलाई अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिएको हो ।

बक्यौता तिर्नुपर्ने नौ कम्पनीले विगतका आर्थिक वर्षदेखि सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवाना बुझाएका छैनन् ।

बक्यौता तिर्नुपर्ने सूचीमा बेनी कम्युनिकेसन्स, ब्रोडब्यान्ड नेपाल, फर्स्टलिंक कम्युनिकेसन्स, क्षिरेश्वर नेटवर्क, लुम्बिनी म्याक्स डिजिटल केबल नेट, मेड इन्फो टेक, प्राइम नेटवर्क, सुबिसु लिमिटेड र युनिफाइड कम्युनिकेसन रहेका छन् ।

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते

त्रिविका १२ क्याम्पस मात्र विकेन्द्रीकरणमा जान बाँकी, नियम परिमार्जनसहित समेट्ने तयारी

कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी)का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गरे।

‘हामी न युद्धको अवस्था स्वीकार गर्छौं, न त युद्ध र शान्तिबीचको अनिश्चित अवस्था । युद्धको विषय एक पटक र सधैँका लागि टुङ्ग्याउनेछौँ । यसको निर्णय युद्धमैदानबाट हुनेछ वा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ’, उनले भने।

जीवाश्म इन्धनको भविष्यबारे विवाद, कोप-३१ सम्मेलन लम्बिने संकेत

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु

युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न युरोपेली नेता तयार

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

















प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ७ : ५९ बजे

५०+ प्रकारका मःम र २०+ अचारसहित ‘बोटा मःम’ को भव्य कमब्याक

काठमाडौं- नेपालको सबैभन्दा परिचित स्वदेशी फुड ब्रान्डमध्ये एक बोटा मःम

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

वीरगन्ज– प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा

नेपाललाई भारतले दियो भीमकाय लक्ष्य

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि