दमकमा बालेनलक्षित ओलीको टिप्पणी : केटाकेटीको खेलजस्तो आफैंले आफैंलाई प्रधानमन्त्री घोषणा गरेछन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिएका छन्।
सोमबार दमकमा आयोजित नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन्।

ओलीले नेशनल भोलेन्टियर फोर्सले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भूमिका खेल्ने बताए।
उनले भने, ‘कम्तीमा ३० जना स्वयंसेवकलाई प्रत्येक मतदान बुथमा खटाएर निर्वाचन सुरक्षा कायम गरिन्छ। उपद्रो र आतंक फैलिन नदिन यो फोर्स निर्माण गरिएको हो।’
उनले भदौ २३ र २४ गतेको हिंसात्मक र विध्वंसात्मक घटनाहरुको स्मरण गर्दै सर्वोच्च अदालत र अन्य सरकारी संरचना जलेको भन्दै यस्तो दोहोरिन नदिन स्वयंसेवकहरुलाई सक्रिय बनाइने बताए। उनले भदौ २४ मा जस्तो अब प्रहरीको हतियार कब्जा गर्न नदिइने बताए । उनले अबका हिंस्रक गतिविधि नियन्त्रण गर्न फोर्स जिम्मेवार रहने स्पष्ट पारे।
दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी कमाण्ड घोषणा (तस्बिरहरू)
देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार
ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो
हरेक मतदान बुथमा एमालेबाट ३० जना भोलेन्टियर्स फोर्स खटिने
दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
झापा ५ : केपी, बालेन र रञ्जितले कस्तो ल्याए चुनावी घोषणापत्र ?
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ चर्चाको एउटा केन्द्र बन्न पुगेको छ ।
सो क्षेत्रबाट लामो समयदेखि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लगातार निर्वाचन जित्दै आएकोमा उनलाई हराउनकै लागि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धाका लागि गएका छन् । जसका कारण पनि सो निर्वाचन क्षेत्र चर्चाको केन्द्र बन्न पुगेको छ । २४ जना उम्मेदवार रहेको झापा ५ मा सामाजिक सञ्जाल र जनपरिचालनको हिसाबले हेर्दा भने पछिल्लो समयमा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रास्वपाको उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुन सक्ने देखिएको छ ।
झापा ५ का उम्मेदवारहरूमध्ये एमालेका अध्यक्ष केपी ओली, कांग्रेसकी मन्धरा चिमरिया र रञ्जित तामाङले यस अघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका थिए । तर, बालेन्द्र शाहले भने आज सोमबार मात्रै आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

मुख्य प्रतिस्पर्धी दलका चारै जना उम्मेदवारले आफ्नो घोषणापत्रमा स्थानीय मुद्दादेखि केन्द्रीय मुद्दासम्मलाई समेटेका छन् । जसमध्ये एमालेका केपी ओलीले ४२ बुँदामा र कांग्रेसकी मन्धरा चिमरियाले ४ वटा विषय र २ वटा गाउँपालिकाको विषयमा आफ्नो धारणा घोषणापत्रमा उल्लेख गरेकी छन् ।
त्यस्तै, नेकपाका रञ्जित तामाङले ७ भिजन, ३५ भिजन र २१ लक्ष्य र रास्वपाका बालेन्द्र शाहले संघीय सांसदको हैसियतले गर्ने र ११ वटा विषयमा आफ्ना धारणा घोषणापत्रमा उल्लेख गरेका छन् ।
बागमती प्रदेश समिति सदस्य चौलागाईंले पनि छाडे रास्वपा
ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो
रविसँग भिडिरहेकी मीना भन्छिन् : मेरो काम हेरेर मलाई जनताले जिताउने छन्
मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश
बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा
प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल
‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने निर्माण व्यवसायीको अडान
स्वास्थ्य सुधारका लागि बालेनका वाचा : शुद्ध पानीदेखि घर–घर स्वास्थ्य सेवा कार्यक्रम
भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त
‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने निर्माण व्यवसायीको अडान
निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको विरोधमा उत्रिएको छ।
बालेनले धनगढीमा गत फागुन ६ गते आयोजित चुनावी सभामा ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि महासंघ विरोधमा उत्रिएको हो ।

महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।
चुनावी सभालाई सम्बोधन गर्दै साहले ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि-बाटो बन्नु पर्छ’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए।
गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : ओली
बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल
परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा
संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव
सात मुख्य वाचासहित सर्लाही ४ का लागि गगनले ल्याए चुनावी योजना
सर्लाही ४ का लागि गगनको प्रतिबद्धता पत्र : चुनाव जितेपछि थाल्नेछन् यी ९ विशेष अभियान
पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश
काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिज्ञा पत्रमार्फत उनले १४ बुँदामा काठमाडौं ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रुपमा इमानदारीपूर्वक प्रयास गरेको भन्दै उनले रिङ रोड दोश्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमणि करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको उल्लेख गरेका छन् । उनले मेलम्ची खानेपानी रिङरोड बाहिर विस्तार तथा नयाँ लाइन निर्माणका काम समेत भएको उल्लेख गरेका छन् ।
पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी तथा तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ ।
ईश्वर पोखरेल भन्छन्- देश बनाउने सही पार्टी एमाले मात्रै
पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने
चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए
मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश
आयोगको चेतावनी: प्राध्यापक, शिक्षक र कर्मचारीले उम्मेदवारको प्रचारप्रसार गर्दै हिँडे कारबाही
धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनाबारे छानबिन हुने भएको छ।
उक्त बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु र २५ जना घाइते भएपछि गृहमन्त्रालयमा बसेको बैठकले छानबिन समिति बनाएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा निकाय, यातायात विभाग, सडक विभाग, यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरूबीचको बैठकले दुर्घटनाको छानबिनका लागि सहसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो।
गृहह प्रवक्ता आनन्द काफ्लेका अनुसार दुर्घटनाको पूर्ण विवरण र छानबिनका लागि उक्त कार्यदल बनाइएको हो ।
बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार
धादिङ बस दुर्घटना अपडेट : ट्रमामा १२ जना उपचाररत, एकको अवस्था गम्भीर
धादिङमा भएको बस दुर्घटनाप्रति रास्वपाद्वारा दुख व्यक्त
धादिङ बस दुर्घटना : घाइते २२ जनाको काठमाडौंमा उपचार
दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार
चालक र कर्मचारीसहित ३७ यात्रु लिएर पोखरादेखि काठमाडौँ आउँदै थियो दुर्घटनाग्रस्त बस
धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)
धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : १७ जनाको मृत्यु, मध्यरातमा यसरी भयो उद्धार
धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो
दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर
ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषि देखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
लीले स्वास्थ्य क्षेत्रमा नियामक सहयोगलाई बढावा दिन समझदारी ज्ञापनपत्र जारी गरेका छन् । जसले दक्षिण अमेरिकामा पठाइएका के–ब्युटी स्किनकेयर उत्पादनहरूका लागि अवरोधहरू कम गर्ने जनाइएको छ ।
सम्झौता पछि के–ब्युटी उत्पादनहरू “ब्राजिलका उपभोक्ताहरूका लागि अझै बढी पहुँचयोग्य हुने लीले बताए । दक्षिण कोरिया विश्वव्यापी सौन्दर्य प्रसोधन उद्योगमा प्रमुख उत्पादकको रूपमा देखा परेको छ, भने हरेक वर्ष अरबौं डलर मूल्यका स्किनकेयर उत्पादनहरू निर्यात गर्दै आएको जनाइएको छ ।

यसै गरी ब्राजिल संसारमा सौन्दर्य उत्पादनहरूका लागि सबै भन्दा ठुलो बजार हो । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै लीले दुई देश बिचको वार्षिक व्यापार १० अर्ब डलर नाघेको उल्लेख गरे ।
ब्राजिल र दक्षिण कोरियाले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा बढाउन सहमत भएको पनि लीले बताएका छन् । लीले शिखर सम्मेलन अघि लुलाको उद्धारताको प्रशंसा गर्दै दुवै कठिन सुरुवातबाट शीर्ष सम्झौतामा पुगेको बताए ।
आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह
पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की
माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जनाभन्दा धेरैको मृत्यु
इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाद्वारा मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर-३ विमान परिचालन
आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन













प्रतिक्रिया