आजका समाचार : नयाँ दलप्रति ओलीको कडा कटाक्ष, तीन समानुपातिक उम्मेदवारविरुद्ध उजुरी, हिमाली-उच्च पहाडी क्षेत्रमा हिमपात र अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण « Khabarhub

आजका समाचार : नयाँ दलप्रति ओलीको कडा कटाक्ष, तीन समानुपातिक उम्मेदवारविरुद्ध उजुरी, हिमाली-उच्च पहाडी क्षेत्रमा हिमपात र अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा प्रवेश गराउदै अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको भन्दै देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे । नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ ।

उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे । नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे ।

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् ।

शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् ।

काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौं बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट नपुगेको उल्लेख गरे । कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे ।

आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफुले जनताको समस्या सुन्ने उल्लेख गरे ।

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित
नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, तिनका प्रस्तावक, समर्थक र प्रचारकहरूलाई पार्टीबाट निस्कासन गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै सात जनालाई पार्टी सदस्यताबाट हटाइएको जनाएका छन् ।

निष्कासित हुनेमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल छन् । हरिबोल प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य सल्लाहकार थिए । उता दाङका कुलप्रसाद केसी पनि निष्कासित भएका छन् । लुम्बिनीका पूर्वमुमख्यमन्त्री उनले मेटमणि चौधरीविरूद्ध दाङ २ मा बागी हालेका छन् ।

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् ।

रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ । उनले भने, ‘रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।’

यस्तै, डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले विश्वभरका देशहरूमा असमन्जसता र चिन्ता बढाएका छन् ।

ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिएका थिए, तर पछि यसलाई फिर्ता लिए । यसले नाटो जस्ता अमेरिकी मित्र राष्ट्रसँगको सम्बन्धमा अस्थिरता ल्याउने खतरा बढाएको छ । विशेषज्ञहरूले ट्रम्पका निर्णयमा व्यक्तिगत मनोभाव, आफ्ना मनपर्ने वा नमनपर्ने नेताप्रति प्रतिक्रिया, ठूलो भूमिका खेल्ने भनेका छन् ।

ट्रम्पको शासन शैली ‘म मात्र यो समस्या समाधान गर्न सक्छु’ भन्ने दृष्टिकोणमा आधारित छ । आफ्नो दोस्रो कार्यकालमा उहाँले यो दृष्टिकोण अझ खुला र आत्मविश्वासी ढङ्गले देखाए। उनका नजिकका सल्लाहकारहरूका अनुसार, ट्रम्प निरन्तर ‘अत्यधिक रणनीति’ अपनाएर अघि बढिरहन चाहन्छन् ।

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु


























प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ७ : ५६ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको