साप्ताहिक ब्रिफिङ : मनाइयो शहीद दिवस, गगन मधेशकेन्द्रित हुँदा सुदूरपश्चिममा बालेनको अभियान, ओलीलाई निर्वाचन निष्पक्ष नहुने डर र चीनले हटायो पाँच बेलायती सांसदमाथिको प्रतिबन्ध « Khabarhub

साप्ताहिक ब्रिफिङ : मनाइयो शहीद दिवस, गगन मधेशकेन्द्रित हुँदा सुदूरपश्चिममा बालेनको अभियान, ओलीलाई निर्वाचन निष्पक्ष नहुने डर र चीनले हटायो पाँच बेलायती सांसदमाथिको प्रतिबन्ध


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ ।

आज को दिन शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बिर राखिएको बग्गीसहितको प्रभात फेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली

शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र शहीदका सपना पूरा हुन्छ : रास्वपा

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावमा गएको भन्दै पाँच वर्षका लागि पार्टीलाई सरकार चलाउने अवसर दिन आग्रह गरेका छन्।

धनुषा क्षेत्र नम्बर ४ मा शुक्रबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘हामी आँखामा सपना र केही गरौँ भन्ने भोक बोकेर आएका छौँ। देशलाई एक ठाउँमा ल्याउने जिम्मा कांग्रेसले लिन्छ।’

उनले विगतमा विभिन्न कारणले पार्टीबाहिर रहेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्नेमा जोड दिए। ‘हिजो घरबाहिर रहनु भएका सबै साथीहरूलाई पार्टीमा बोलाउनुपर्छ,’ उनले भने।

थापाले आफू राम्रो निर्वाचन क्षेत्र छाडेर मधेश आएको उल्लेख गर्दै मधेशलाई नेपालको केन्द्र र मुटुका रूपमा व्याख्या गरे। ‘मधेश नेपाली कांग्रेसको जननी हो,’ उनले भने, ‘हामी हिजोका गल्ती सच्याएर अगाडि बढ्छौँ।’

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

शंकर पोखरेलको विश्लेषण : एमालेको प्रतिस्पर्धा कांग्रेससँँग, रास्वपा काठमाडौंमै कमजोर देखियो

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन
नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारीका क्रममा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमा धारणा राखेका थिए।

उनले एमाले सुदृढ संगठन, व्यापक जनमत र लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै भूकम्पपछिको पुनर्निर्माणलाई पार्टीले उदाहरणीय रूपमा सफल बनाएको दाबी गरे।

अध्यक्ष ओलीले गत भदौमा भएका घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न एमालेले उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए।

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन

सर्वत्र पाका उम्मेदवारको रजगज

राष्ट्रपति पौडेल आइतबार जापान जाने

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए ।

उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे । महिला उम्मेद्वारको संख्यापनि केहि धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ ।

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह 

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अब एकताबद्ध भएरमात्रै स्टन्टबाजहरूलाई रोक्न सकिने पनि उनले बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान पनि गरे । ‘अब पनि एक्ला एक्लै हिँडेर केही हुनेवाला छैन । राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन’, उनले भने ।

भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने बताए । उनले बहस गर्नुपर्ने धेरै कुरा रहे पनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्न अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए ।

नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्धयाउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाइएको धारणा राखे ।

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका उम्मेदवार सुदन गुरुङको सुरक्षा मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गरेको छ।

रास्वपाका गोरखा जिल्ला सचिव मिलन रानाद्वारा प्रमुख जिल्ला अधिकारीलाई पठाइएको पत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार गुरुङ हाल घरदैलो कार्यक्रममा सक्रिय रहेको उल्लेख गरिएको छ।

पत्रमा प्राप्त विभिन्न गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट उम्मेदवार गुरुङलाई व्यक्तिगत सुरक्षा जोखिम बढेको भनिएको छ। सुदनका लागि आवश्यक पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) सहित सुरक्षा व्यवस्था उपलब्ध गराइदिन भनिएको छ ।

रास्वपाले निर्वाचनको संवेदनशील समयमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ।
सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

पर्सा निकुञ्जमा बाघ गणना थालियो

चाँदीको मूल्य अकासिँदा पनि किन्नेको भीड (तस्बिरहरू) 

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण
निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको हो।

बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ बाट उम्मेदवार रहेका छन्।

आयोगका अनुसार उनीहरूले दिएका सार्वजनिक अभिव्यक्ति निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत रहेको भन्दै उजुरी परेको थियो। उजुरीमा उनीहरूबाट घृणात्मक, भ्रामक तथा मानहानि लगायतका अभिव्यक्ति आएको आरोप लगाइएको छ।

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन् ।

भ्रमण दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा फलदायी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार बताएका छन् ।

प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भने, ‘बेलायती प्रधानमन्त्रीको यो आठ वर्षमा पहिलो चीन भ्रमण हो र प्रधानमन्त्री स्टार्मर सन् २०२६ मा चीनले प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यको प्रथम नेता पनि हुन् ।

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

अमेरिकी सरकार सटडाउनतर्फ

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्द हुन्छ

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो निर्वासनबाट देशमा हुन लागेको आम निर्वाचनको कडा आलोचना गरेकी छिन् । आफ्नो दल अवामी लिगलाई चुनावबाट प्रतिबन्ध लगाएपछि आगामी निर्वाचन समावेशी, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने उनको भनाइ छ ।

सन् २०२४ मा विद्यार्थी आन्दोलनमाथि गरिएको दमनका कारण अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले गत हप्ता एसोसिएटेड प्रेसलाई इमेलमार्फत प्रतिक्रिया दिँदै समावेशी चुनाव नहुँदा बङ्गलादेश लामो समयसम्म राजनीतिक अस्थिरतामा फस्ने चेतावनी दिएकी थिइन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले जानाजानी पूर्व सत्तारूढ अवामी लिगलाई चुनाव प्रक्रियाबाट बाहिर राखेर लाखौँ समर्थकलाई मताधिकारबाट वञ्चित गरेको हसिनाको दाबी छ । उनका अनुसार ठूलो जनसमूहलाई राजनीतिक सहभागिताबाट हटाउँदा असन्तुष्टि गहिरिन्छ, संस्थाहरू कमजोर बन्छन् र भविष्यमा थप अस्थिरताको आधार तयार हुन्छ ।

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

डेनमार्क र अमेरिकाबीच ग्रिनल्यान्डको विषयमा रचनात्मक वार्ता

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड

कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ८ : ११ बजे

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।