प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार
प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबार सिंहदरबारमा संवाद गरिरहेका छन् ।
उक्त संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलका सांसदहरू सहभागी छन् ।
छलफलमा एमाले सांसदहरू सुहाङ नेम्बाङ र राजेन्द्रकुमार राई पनि सहभागी छन् । उता उक्त संवादमा श्रमसंस्कृत पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने सहभागी भएका छैनन् ।

शाहले बोलाएको बैठकमा यसअघि नै श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सहभागी नहुने बताइसकेका थिए । हर्कले प्रतिनिधिसभाको बैठक बोलाउन मागसहित कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफ्ना पार्टीका सांसद सहभागी नहुने बताएका थिए ।
प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा
प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्
प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा
प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्
प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने
सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह
संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह
संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय
बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान संशोधन कार्यदल गठन गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एकल सरकार भएको बेला १०० दिनभित्रमा संविधान संशोधनको बहसपत्र तयार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको थियो।

त्यसैअनुरूप प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री पोखरेलका अनुसार उनको संयोजकत्वमा सबै सबै दललाई सहभागी गराएर राष्ट्रिय सहमतिको कार्यदल गठन गरिने भएको छ ।
संसद् अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’
सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन
ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने
समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो
शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने
भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’
एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !
नयाँ सरकार पनि पुरानै बाटोमा : थप पाँच देशमा श्रमिक युवा पठाउन श्रम सम्झौता
लेखकपछि ओलीलाई पनि छोड्न मानेन सर्वोच्चले, सरकारका नाममा देखाऊ आदेश
सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासलेबन्दी प्रत्यक्षीकरणमा ओलीलाई छाड्न अस्वीकार गरेको हो ।
सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि छाड्न अस्वीकार गरेको थियो । न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकको मुद्दामा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।
पत्नी यशोदाले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश मात्रै आएसँगै लेखक काठमाडौं जिल्ला अदालतको आइतबारको आदेशअनुसार अब पाँच दिन हिरासतमा रहनेछन् ।
अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी
महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति
पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ
लेखकपछि ओलीलाई पनि छोड्न मानेन सर्वोच्चले, सरकारका नाममा देखाऊ आदेश
हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पताल पुगिन् विद्यादेवी
सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो
कांग्रेस सांसदहरूको भूमिका संसद्मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौँमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै नेता खड्काले संसद्मा आफ्ना सांसदहरूको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताए ।

पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसद्मा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिए । नेता खड्काले संख्याको हिसाबले केही कम भए पनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरूको भूमिका निकै महत्त्वपूर्ण हुने धारणा राखे ।
यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।
बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह
बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का
ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने
जापानस्थित नेपाली राजदूतावासले नागोयामा वृहत घुम्ती शिविर सञ्चालन गर्दै
इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको छ । सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य कमान्डर अलिरेजा ताङ्सिरीे गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली हवाई आक्रमणमा ताङ्गसिरीको मृत्यु भएको घोषणा गर्दै उनलाई हर्मुजको अवरुद्ध गर्ने प्रत्यक्ष जिम्मेवार व्यक्तिको रुपमा वर्णन गरेका छन् ।

हाल इरानले प्रमुख जलमार्गमा नाकाबंदी लगाएको छ भने नाकाबन्दीले विश्वव्यापी ऊर्जाको मूल्य बढाएको छ । तटीय सुरक्षाका लागि तैनाथी अवस्थामा सन्यै कमान्डरको मृत्यु भएको जनाइएको छ ।
उनी युद्धमा मारिने मध्य पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ । यस अघि सर्वोच्च नेता अली खामेनी फेब्रुअरी– २८ मा युद्धको पहिलो दिन, र शक्तिशाली सुरक्षा प्रमुख अली लारिजानी यस महिनाको सुरुमा एक दर्जन भन्दा बढी प्रमुख व्यक्तित्वहरूसहित मारिएको बताइएको छ ।
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा
मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो
ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो
लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु
विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट
अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति
इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर
पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?













प्रतिक्रिया