काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
यो साता नेपालको नीतिले नै नचिन्नेगरी चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर, कुलमान नभएको मौकामा कार्यकक्ष बनाएर प्राधिकरण छिरे ऊर्जामन्त्री, माओवादी अध्यक्ष प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान, देउवाको निर्देशन मानेनन् शेखरले, जनप्रतिनिधि बोलाएर कोशीमा शक्ति प्रदर्शन, रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी, राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान, रोचक बन्दै एनपीएनलगायत समाचार हाबी भए ।
नेपालको नीतिले नै नचिन्नेगरी चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
चौथो कार्यकालमा भारतको निम्तो कुर्दाकुर्दै थाकेर उत्तरी छिमेकी चीन हान्निएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिनिधिमण्डललाई नेपालको मौजुदा कानूनले नै नचिन्नेगरी चीनसँग बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्न लगाएको खुलेको छ ।
नेपाल चीन बिजनेस समीट – विदेशी लगानी बढाउन सुधार प्रतिबद्धता
बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली
प्रचण्ड भन्छन्- मुलुकलाई फेरि नयाँ क्रान्ति चाहिएको छ
माओवादी अध्यक्ष प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको प्रोस्टेटको शल्यक्रिया
चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो ।
सानो पाइलामा ३३ करोड हिनामिना : फरार जीबी, रवि र छविसहित १४ जना तानिए
रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी
चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन
के हो वाइडबडी प्रकरण ? कसरी मुछिए उच्चपदस्थ ?
विशेष अदालतले बिहीबार नेपाल वायुसेवा निगमका लागि वाइडबडी वायुयान खरिद गर्दा एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्यो ।
वि.सं. २०७४ बैशाख ७ गते तत्कालीन मन्त्रीपरिषद्ले निर्णय गरी खरिद प्रकृया अघि बढाइएको यो प्रकरणमा विशेष अदालतले मुद्दा दायर भएको आठ महिनापछि फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २२ गते यो प्रकरणमा संलग्न ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर
लीलावल्लभको पद गएपछि रेवतीरमण बने कोशीका आन्तरिक मामिलामन्त्री
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्।
मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन्। भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ९क० बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानून पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन्।
देउवाको निर्देशन मानेनन् शेखरले, जनप्रतिनिधि बोलाएर कोशीमा शक्ति प्रदर्शन
माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमा जान तयार छ : माधव सापकोटा
राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान
बजेट अभावमा खानेपानी योजना रोकिँदैनन् : खानेपानीमन्त्री
शंकर पोखरेललाई वर्षमानको प्रश्न : रेखा शर्मासँग चुनाव हार्नेले प्रचण्डलाई हरुवा भन्ने ?
कामको प्रगति विवरण पेस गर्न मन्त्री यादवको निर्देशन
पर्यटनमन्त्रीको निर्णय : १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै गर्ने
सञ्चारमन्त्री नै भन्छन्- चार महिना बित्दा पनि नतिजा आउने काम गर्न सकिएन
साताका आर्थिक खबरहरु :
उत्पादन क्षेत्र हुँदाहुँदै पनि आयातित कफीकै भर
नेपालमा कफी पारखी बढ्दैछन् । युवादेखि प्रौढ पुस्तासम्म ‘क्याफे कफी कल्चर’मा रमाउन थालेका छन् । देशका मुख्य शहरमा जताततै क्याफे खुलेका छन् । देशभर क्याफेकै सङ्ख्या सात हजार हाराहारीमा छ ।
दैनिक जीवनमा चियाको सट्टा कफी रोज्ने बानी विकास भइसकेको देखिन्छ । शारीरिक र मानसिक थकान मेटाउन वा निन्द्रा भगाउन पनि कफी पिउनेहरू बढ्दैछन् ।
कुलमान नभएको मौकामा कार्यकक्ष बनाएर प्राधिकरण छिरे ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा कार्यकक्ष बनाएर छिरेका छन् ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौं उपत्यकाबाहिर भएका बेलमा ऊर्जामन्त्री खड्का दलबलसहित कार्यकक्ष बनाएर छिरेका हुन् ।
कृषक बाहुल्य नेपाली परिवार : भान्सामा पाक्छ आयातित आलुप्याजको तरकारी
वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर
अलैँचीको भाउ लाख नाघ्यो, उत्पादन आधा घट्यो
अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार
योजना आयोगको दुरुपयोग : बैठक राख्दै, बहुवर्षीय ठेक्का सहमति दिँदै
ललितपुर महानगरका २० सहकारीमा समस्या
ललितपुर महानगरपालिकाको कार्यक्षेत्र भित्रका २० वटा सहकारीमा समस्या देखिएको छ । ती मध्ये अधिकांश सहकारीका सञ्चालकले बचतकर्ताको रकम नै फिर्ता दिएका छैनन् ।
ललितपुर महानगर, सहकारी विभागले खबरहबलाई उपलब्ध गराएको सूचनाअनुसार महानगरभित्रका २० वटा सहकारीमा बचत फिर्ता र बिना धितो ऋण प्रवाहलगायत विषयलाई लिएर ५०० भन्दा बढी बचतकर्ताको निवेदन परेको हो ।
प्राप्त सूचनाअनुसार; समस्या देखिएका ललितपुर महानगरका अधिकांश सहकारीमा बचत फिर्ताको समस्या देखिएको छ । त्यस्तै, केही सहकारीहरूमा बिना धितोको ऋण लगानी र पदाधिकारीले नै आफूखुसी पैसा चलाएको विषयमा समस्या देखिएको छ ।
बीआरआईबारे ओली : न ऋण भन्छन्, न अनुदान !
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीन भ्रमण गरी बिहीबार अपराह्न काठमाडौं फर्किए ।
स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरी ओलीले चीनसँग भएको ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ सम्झौता ऋणकेन्द्रित नभएको दाबी गरे ।
रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु
हाम्रो सिफारिस : यो साता खबरहबमा प्रकाशित सामग्री, जुन यहाँलाई मन पर्न सक्छ
चिसो बढ्यो, विज्ञ भन्छन्- रुघाखोकी लाग्दैमा जथाभावी औषधि नखानू
चिनियाँ स्कुल र विश्वविद्यालयमा ‘लभ र रोमान्स’ पढाइने
चिसो बढ्दैछ, खोकी लाग्दा के खाने, के नखाने ?
चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा
नेपाल प्रहरीमा एक हजार २२३ जनालाई जागिर खुल्यो
कोलकातामा नेपालका सुन्तलाको प्रदर्शनी (तस्बिरहरु)
विवाहपञ्चमी : स्वयम्वर सकियो, जानकी मन्दिरमा ओइरिए श्रद्धालु (तस्बिरहरू)
चिसो बढेसँगै माछामासुको कारोबार बढ्यो
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
पातारासीमा फोरजी सेवा, स्थानीय सञ्चारको पहुँचमा
अन्तर्राष्ट्रिय…
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता
दक्षिण कोरियाली राष्ट्रपति योन सुक युयोलको विरुद्धमा महाअभियोगको प्रक्रिया सुरु भएको छ । देशमा सैन्य शासन लगाउन गरेको प्रयासका कारण उनी माथि महा अभियोग दर्ता हुन लागेको हो ।
राष्ट्रपतिले उत्तर कोरियाबाट खतरा भएको भन्दै सैनिक शासनको घोषणा गरेका थिए । तर, उनको त्यो प्रयास २ घण्टा पनि टिकेको थिएन ।
पुटिनले डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्ने
स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता
न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
भारतको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत् राख्ने
न्युयोर्क प्रहरीलाई झुक्याएको त्यो हत्याकाण्ड
विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान
अमेरिकी बीमा कम्पनीका सीईओको गोली हानी हत्या
दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता
न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या
फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित
संसदको विरोधपछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता
साउदी अरेबियामा सन् २०२४ मा ३०० भन्दा बढी मृत्युदण्ड
संसदको विरोधपछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता
सिरियामा रुसको हवाई आक्रमण बढ्दो
खेलकुद : एनपीएलको मौसम जो छ
पोखरा भर्सेस लुम्बिनी : एकछिन टिकेन रोहितको रेकर्ड, अरु के-के बने ?
नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका दुई ओपनर दिनेश खरेल र एन्ड्रिज गौसको ब्याट चल्दा लुम्बिनी लायन्सले १० विकेटको फराकिलो हार व्यहोर्यो ।
त्रिवि कीर्तिपुर मैदानामा टस हारेर जवाफी ब्याटिङमा उत्रिएको पोखराले एक पक्षीय नतिजा निकालेको छ । लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पोखराले १६ दशमलव ५ ओभरमै बिनाविकेटको क्षतिमा पूरा गर्यो ।
ओपनर एन्ड्रिज र दिनेशले दिलाए पोखरालाई पहिलो जित, रोहितको ९५ रनले जोगिएन लुम्बिनी
कर्णालीले तोड्यो हारको खडेरी, बोपाराको अर्धशतकले रोकेन चितवनको हार
१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह
काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी
जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित
एनपीएल : सुदूरपश्चिमको विजयी सुरुवात, विराटनगरको दोस्रो हार
प्रतिक्रिया